वार्तालाप:भ्यालेन्टिना नाप्पी

पछिल्लो टिप्पणी: ३ वर्ष अघि हिमाल सुबेदीद्वारा विषय पृष्ठ सार्न अनुरोध →३० जुलाई २०२०मा
तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:१३, १२ अगस्त २०२० (नेपाली समय)


पृष्ठ सार्न अनुरोध →३० जुलाई २०२० सम्पादन गर्नुहोस्

भ्यालेन्टीना नाप्पीभालेन्तिना नाप्पी, सहि नाम भएकाले-हिमाल सुबेदी (कुरा गर्ने) २२:५४, ३० जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्

Biplab Anand ज्यु यस पृष्ठको नाम हाल गलत रहेको छ। सर्वप्रथम त यी व्यक्ति प्रचलित होइनन् भने सञ्चार माध्यममा हामीले यस व्यक्तिको लेखहरू भेटाउँदैनौँ। अङ्ग्रेजी भाषाको उल्टो इटालेली भाषामा शब्दलाई काटेर उच्चारण गरिँदैन जस्तै Cat = कात, Map=माप, Man =मान (अङ्ग्रेजीमा क्रमशः क्याट, म्याप, म्यान) त्यसकारण पनि भ्याको अस्तित्व छैन र इटालेलीमा भन्ने वर्ण छैन जसकारण यसको भालेन्तिना नाप्पी हुन्छ। स्रोत यीनै हुन्-हिमाल सुबेदी (कुरा गर्ने) १९:१६, ३१ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्

  • अधिक स्पष्टीकरणको लागि, हामीले 'भ्यालेन्टिना नाप्पी' प्रयोग गर्नुपर्छ।--Saroj Uprety (कुरा गर्ने) १७:३०, ११ अगस्त २०२० (नेपाली समय)
Saroj Uprety (वार्तालाप · योगदानहरू) कस्तो स्पष्टीकरणका लागि?हिमाल सुबेदी (कुरा गर्ने) ००:२७, १२ अगस्त २०२० (नेपाली समय)
@हिमाल सुबेदी: उनको जन्म देश जुनसुकै भएपनि काम अमेरिकामै गर्छिन् र त्यहाँ उनलाई उनको मुल देशको उच्चारण अनुसार नभएर अमेरिकी शैली अनुसार नै उच्चारण गरिन्छ। सोही कुरा अर्को पृष्ठमा पनि लागू हुन्छ।--Saroj Uprety (कुरा गर्ने) १०:१०, १२ अगस्त २०२० (नेपाली समय)
  • चलचित्र गर्ने क्रममा जो जहाँ पनि गएको हुन्छ। यस पृष्ठ वा अन्य बाह्य सूत्र (विदेशी सामाजिक सञ्जाल)मा उनी अमेरिकी हुन् भनेर भनिएको छैन हैन पनि।
  • एकरूपताको लागि 'भ्यालेन्टिना नाप्पी' उपयुक्त हुने मेरो विचार छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:४६, ११ अगस्त २०२० (नेपाली समय)
  • अरू भाषामा होस् नहोस् नेपाली भाषामा 'ट' वर्ण छ र अन्य नामसँग एकरूपताको लागि 'भ्यालेन्टिना नाप्पी' उपयुक्त हुन्छ। -- निर्मल दुलाल (कुरा गर्नुहोस) २१:०९, ११ अगस्त २०२० (नेपाली समय)
  • एकरूपता हुनेभए त यहाँ शीर्षक विवादनै छैन र अर्को कुरा नेपाली भाषाको सरकारी नीतिमा कहिँकतै पनि एकरूपताको कुरा गरिएको छैन। एकरूपता हुने भए यसमा किन राखिएको छ? एकरूपताको कुरा गरेर अर्काको मौलिक नाम माथि खेलवाड गरिनु म कदापि उचित मान्दिन र यस्तो हुँदा पनि हुँदैन कतैपनि। अरूमा होस् नहोसको कुरा हैन यो हिमाल सुबेदी (कुरा गर्ने) ००:२७, १२ अगस्त २०२० (नेपाली समय)
@हिमाल सुबेदी: अन्तर्वार्तामा स्वयम् अभिनेत्रीलाई भ्यालेन्टिना भनेर बोलाइएको देखिन्छ। थप सबै कम्पनीमा उनलाई सोही नामले बोलाइएको हुन्छ।--Saroj Uprety (कुरा गर्ने) १०:१०, १२ अगस्त २०२० (नेपाली समय)
  • उदाहरणका लागि नेपाली मान्छेको नाम विदेशीहरू राम्रोसँग उच्चारण गर्न नजान्ने भएकाले आफ्नै शैली उनीहरूले उच्चारण गर्ने गर्छन् जुन उनीहरूको कमजोरी हुन पुग्छ। नेपाली भाषाको सन्दर्भमा हाम्रो वर्णमा फ्रान्सेली "र" र अरबी र फारसीका कयौँ वर्णहरू नभएका कारण हामी यसलाई हाम्रै शैलीमा उच्चारण गर्छौँ। अङ्ग्रेजीमा त नभएकार कारण लबजमा पनि कहिलेपनि आउँदैन र उनीहरू त भन्न जान्दैनन् पनि। अङ्ग्रेजी मातृभाषा हुने मान्छेले कहिलेपनि त्रिभुवन भन्दैन सुरुमा उसले ट्रिभुवननै भन्छ। यस अभिनेत्रीको नाम पनि सायद तिमीले अङ्ग्रेजी अनुसार सुनेको हुनुपर्छ जसकारण तिमी भ्रमित भयौ, उदाहरणका लागि नेपाली ठाउँका नामहरू र व्यक्तिहरूको अङ्ग्रेजी उच्चारण सुन सबै स्पष्ट हुन्छ।हिमाल सुबेदी (कुरा गर्ने) १०:३७, १२ अगस्त २०२० (नेपाली समय)
सर्वप्रथम नेपाली विकी फ्रान्सेली, अरबी, इटालीको लागि नभएर नेपालीको लागि हो। अनि अर्को कुरा अभिनेत्रीको अमेरिकी बाहेक कुनै भाषाका चलचित्रमा योगदान रहेको पनि छैन। यस्तो अवस्थामा मैले मूल उच्चारण सुन्ने कुरै भएन। प्रस्तावित नाम (जुन नेपालीले उच्चारण पनि गर्न सक्दैनन्) भन्दा हामीले सुझाव गरेको नाम नै नेपाली बीच लोकप्रिय छ। थप बहस नगरिकन मतको आधारमा जानु उचित हुनेछ।--Saroj Uprety (कुरा गर्ने) १०:४४, १२ अगस्त २०२० (नेपाली समय)
  • मैले अरबी, फ्रान्सेलीको लागि नेपाली विकि भन्ने भनेको छैन। यो, यो, यो, यो, नेपालीले यस्तो उच्चारण गर्दैनन् भनेर अब प्रस्तुत विषयको नाम फेर्ने? दुई वन तीनबाट भाषा जान्नु भनेको कलाकारका लागि ठूलो कुरा हैन भने चलचित्रमा निर्देशन अनुसारको भाषा प्रयोग गरिन्छ। त्यस माथि पनि अप्रचलित विषय स्वत आधिकारिक भाषा अनुसार तय हुन्छ। नेपालीले कसरी उच्चारण गर्न सक्दैनन्, के उच्चारण गर्न सक्दैनन्?हिमाल सुबेदी (कुरा गर्ने) १०:५७, १२ अगस्त २०२० (नेपाली समय)
हिन्दी विकिमा काठमाडौंलाई किन काठमान्डू लेखिन्छ? सहजीकरणका लागि। त्यसरी नै हामीले नेपाली पाठकलाई सहजीकरण रहोस् भन्ने सोचेर उचित नाम र बोल्दा कठिन नहुने नाममा सार्नुपर्छ। प्रस्तावित नाम उच्चारण गर्न गाह्रो हुन्छ जुन नेपालीले बोल्ने बानी छैन। नेपालीलाई अरबी, फ्रान्सेली बनाउने कोसिस नगरौं। यहाँ अङ्ग्रेजी पढाई हुन्छ नकि अरबी, फ्रान्सेली। हरेक कक्षामा एउटा अनिवार्य विषय अङ्ग्रेजी हुन्छ अन्य विदेशी भाषा हुँदैन।--Saroj Uprety (कुरा गर्ने) ११:१६, १२ अगस्त २०२० (नेपाली समय)
  • हिन्दीमा मात्र नभई बाङ्लामा पनि काठमान्डू भनिन्छ त्यसको कारण हो सरकारी दस्तावेज तथा कागज प्राचीन देखिनै काठमान्डू भनिने गरिएकाले। तर यस फरक विषय हो त्यस माथिपनि अप्रचलित पनि हो। ल त्यस्तो हो भने अब ति सबै विदेशी पृष्ठको नाम फेरिदिने, नेपालीलाई बोल्न गाह्रो हुन्छ भनेर?हिमाल सुबेदी (कुरा गर्ने) ११:२३, १२ अगस्त २०२० (नेपाली समय)
यो अप्रचलित विषय हैन। अप्रचलित भएको भए म सिर्जना गर्ने थिइन। थप कसैले अनुरोध नगरेसम्म मलाई अप्रचलित विषयमा लेख बनाउने कुनै बानी छैन। प्रस्ताव नाममा भन्दा धेरै अर्को नाममा मत आएको कारणले पृष्ठ अर्कै नाममा सार्नुपर्छ। मलाई यस विषयमा अब थप वार्ता पर्छ जस्तो लाग्दैन।--Saroj Uprety (कुरा गर्ने) ११:२९, १२ अगस्त २०२० (नेपाली समय)
  • कतै पनि नाम नसुनेको शीर्षक मुल अनुसार हुनु पर्छ हाम्रो भाषामा ट छैन भन्दैमा टाइवान, कटार, त लेख्नु भएननी। अनि शीर्षक एकरूपताको जहाँ सम्म कुरा छ, मलाई एउटा घटना याद छ। सहीद दशरथ चन्दको बङ्गालीमा शीर्षक Dashrath chand को एकरूपताका दशरथ चाँद (দশরথ চাঁদ) लेखिएको थियो र पछि हामीले त्यो महा गलत भएको र एकरुपताको आड लिएर मौलिक नाममा खेलवाड भएको पुष्टि गरेपछि अनुप सादीले त्यसको शीर्षक परिवर्तन गरेका थिए। त्यस्तो संवेदनशील कुरामा एकरूपताको आड लिएर गलत शीर्षक राखिन्छ भने त्यो मुर्खता बाहेक केही होइन भनेर पुष्टि भएपछि वास्तविक बुझेर वा परिक्षण गरेर गरिएको शीर्षक परिवर्तन स्वागतयोग्य छ। एकरूपताले नसमेटेका पक्षहरू पनि हेरौँ, (उदाहरण e= ए,इ, t= ट,त, d = द,ड, dh=ढ,ध, th=थ,ठ, na=न,ञ,ण, r=र,) एउटै वर्णको २,३ थरि उच्चारण छ, यसरी कसरी हुन्छ एकरूपता? अब थप शीर्षक विवाद हुने देखेको छु मैले एकरूपता भनियो भने, चन्द्रविन्दु हुने ठाउँमा हालिन्छ र न वर्ण हुने ठाउँमा चन्द्रविन्दु हालिन्छ, यसरी हामी वास्तविकबाट टाढा हट्दै छौँ। पर्वत सुबेदी (कुरा गर्ने) १२:३९, १२ अगस्त २०२० (नेपाली समय)
'भ्यालेन्टिना नाप्पी' नाम राख्न तीन जनाको समर्थन प्राप्त भएकोले पृष्ठको नाम परिवर्तन गरिएको जानकरी गराउन चाहन्छु।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:१३, १२ अगस्त २०२० (नेपाली समय)

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
"भ्यालेन्टिना नाप्पी" पृष्ठमा फर्कनुहोस्।