भ्यालेन्टिना नाप्पी (इटालेली: Valentina Nappi; जन्म ६ नोभेम्बर १९९०) एक इटालेली अश्लील चलचित्र अभिनेत्रीवयस्क मोडल हुन्।

भ्यालेन्टिना नाप्पी
Valentina Nappi
सन् २०१७ मा भ्यालेन्टिना नाप्पी
जन्म (1990-11-06) ६ नोभेम्बर १९९० (उमेर ३३)[१]
स्क्याफ्याटी, स्यालेर्नो, क्याम्पेनिया, इटाली[१][२]
अन्य नामभ्यालेन्टिना[३]
उचाइ५ फिट ३ इन्च (१.६० मी)
वेबसाइटvalenappi.com
valentinanappi.com

जीवन र करियर सम्पादन गर्नुहोस्

इटालीको सालेर्नो नजिकै रहेको स्काफातीमा जन्मेकी, नाप्पीले सन् २०११ मा निर्देशक रोक्को सिफ्रेडीसँग मिलेर वयस्क उद्योगमा आफ्नो करियरको सुरुवात गरेकी थिइन्, त्यतिबेला उनले ई-मेलको माध्यमले सिफ्रेडीसँग सम्पर्क गरेकी थिइन्। उनले सालेर्नोमा कला स्कूलबाट स्नातक गरिन् अनि अक्टोबर २०१३ सम्म, उनी एउटा विश्वविद्यालयमा कला र डिजाइनको अध्ययन गर्ने गर्थिन्।[१] प्रायः "बौद्धिक पोर्नस्टार" का रूपमा सन्दर्भित, नाप्पीले समकालीन समाजमा पुरुष र महिलाको स्थितिमाथि अनेकौं निबन्ध लेखेकी थिइन् र एउटा दर्शन समारोहमा समेत भाग लिएकी थिइन्। जून २०१२ मा उनी प्लेबोय इटालीका मुद्दामा प्लेमेट र नोभेम्बर २०१३ मा पेटहाउस पेट अफ द मन्थ थिइन्। मार्च २०१५ सम्म, उनी राजनीतिक र सामाजिक पत्रिका माइक्रोमेगामा एउटा कोलम लेख्ने गर्थिन्। उनी डक्यूमेन्ट्री आइ ओ सोनो मा भ्यालेन्टिना नाप्पी (२०१८) को विषय रहेकी छन्।

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

नाप्पीको पहिचान सर्वयौनिकता र जीवनभरि नास्तिकका रूपमा रहने भनेर गरिन्छ। उनले टेडएक्स टक्समा भनेकी थिइन् कि "पोर्नोग्राफी हाम्रो समाजमा एउटा हेटरोटोपियाका रूपमा विद्यमान रहेको छ, जो कि विशिष्ट सीमाहरुका साथ एउटा स्थानमा रहेको छ, जसको भित्र सामान्य नियम, प्रथाहरु, अपेक्षाहरु अनि अन्तर्विरोध निलम्बित, रूपान्तरित वा यहाँसम्म कि विकृत समेत हुने गर्दछ। टेडएक्स ब्यारीको मञ्ज बाट, विश्व प्रसिद्ध वयस्क चलचित्र अभिनेत्री भ्यालेन्टिना नाप्पी स्वयम् सँग नै यो प्रश्न गरेकी थिइन् कि: के यो अझसम्म पनि त्यस स्थानबाट अगाडी बढेर पोर्नको "अतिचार" को कल्पना गर्नलाई सम्भव छ जसलाई यसले सुम्पिएको छ? यदि हो भन्ने, के शर्तमा?" यी कुराहरु उनले टेडएक्स टक्सको कार्यक्रममा भनेकी थिइन्।[४][५]

पुरस्कार सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ Basilio Puoti (१ अक्टोबर २०१३), "Faccio i soldi con le tette", Minformo, अन्तिम पहुँच १ अक्टोबर २०१३ 
  2. Priscilla Del Ninno (११ मे २०१२), "Valentina che usa il suo corpo citando Kant", Il Secolo d'Italia, अन्तिम पहुँच २ नोभेम्बर २०१३ 
  3. इन्टरनेट वयस्क चलचित्र डेटाबेसमा Valentina Nappi
  4. टेडएक्स टक्सको आधिकारिक साइटमा भ्यालेन्टिना नाप्पीले भनेका कुराहरु....https://www.ted.com/talks/valentina_nappi_porn_and_common_space/info-details
  5. युट्युबमा टेडएक्सटक्सको आधिकारिक च्यानलमा अपलोड गरिएको भिडियो.... https://www.youtube.com/watch?v=j10BPz6Bhmk&list=PLocdJpfYTGLTT8WLvFsTh875PNoq3QZsZ&index=4&t=0s&app=desktop
  6. Sam Machado (जनवरी २४, २०१६), "AVN Award Winners 2016: See Who Won In Porn At The Raciest Ceremony In Entertainment", अन्तिम पहुँच अप्रिल २४, २०१६ 
  7. "2017 XBIZ Award Winners Announced", XBIZ, अन्तिम पहुँच मार्च १९, २०१७ 

थप पढाइ सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्