तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:५५, २१ अगस्त २०२० (नेपाली समय)


पृष्ठ सार्न अनुरोध →१९ अगस्त २०२० सम्पादन गर्नुहोस्

इफेल स्तम्भइफेल टावर – "Tower" को नेपाली नाम स्तम्भ नभई टावर हुन्छ, स्तम्भ भनेको खामो वा खम्बा वा थाम हो जसको अङ्ग्रेजीमा "Piller" हुन्छ, अनि यो "Eiffel Tower" हो "Eiffel Piller" हैन। नेपालीकरणको नाममा जे पायो त्यही नलेखौं। निर्मल दुलाल (कुरा गर्नुहोस) २२:२०, १९ अगस्त २०२० (नेपाली समय)

  •  समर्थन Bishal Shrestha कुरा गर्नुहोस् Bishaldev २२:४८, १९ अगस्त २०२० (नेपाली समय)
  •  असमर्थन हरेक शीर्षकलाई अङ्ग्रेजी र नेपालीमा अनुवाद गरि शीर्षक गलत छ भनेर भन्नुको आशय के हो? सबैलाई अङ्ग्रेजीको। अनुवाद अनुसार गर्ने हो भने टेलीको दूर र भिजनको दर्शन किन हुँदैन? (टेलीकमिउनिकेसनको फेरी कसरी दूरसञ्चार हुन्छ?) फेरी श्रव्यदृश्य कसरी भिडिओ भएन? (यद्यपिको आवाज र दृश्य छ भने त्यस्ता थुप्रै विषयलाई श्रव्यदृश्यले समेट्छ चाँहे भिडिओ, वा अडियो भिजुअल होस् वा पावार प्वाइन्ट होस्)। शीर्षक फेर्नु आवश्यक छैन त्यसमाथि पनि अनुवाद गरि गलत तुल्याई।हिमाल सुबेदी (कुरा गर्ने) २३:२२, १९ अगस्त २०२० (नेपाली समय)
भाई तिमीले चाहिँ स्तम्भ के आधारले बनायौ? मेरो तिम्रो जस्तो कुनै भाषालाई घृणा गरेर त्यसलाई गलत बनाउन खोज्ने आशय छैन। मैले पृष्ठ सार्न अनुरोध गरेको कारण त्यही लेखिसकेका छु, तिमीलाई अनावश्यक स्पष्टीकरण दिनु आवश्यक छैन। तिमीले ज्ञान प्राप्तिको लागि यही प्रश्न सोधेको भए म उत्तर दिन्थे होला तर तिम्रो मनसाय त्यो हो जस्तो लागेन। -- निर्मल दुलाल (कुरा गर्नुहोस) ००:४९, २० अगस्त २०२० (नेपाली समय)
  • स्तम्भको अर्थ (column or pillar) रहेको छ। त्यसैगरी धरहराको अर्थ (tower) रहेको छ। हालको शीर्षक एकदमै गलत रहेको छ। धरहरा भएको भए केही हदसम्म सही मान्न सकिन्थ्यो तर यहाँ पुरै गलत अनुवाद गरिएको रहेछ। अन्य विकिपिडियाले टावर शब्द प्रयोगमा ल्याएको देखिन्छ। त्यसैले पृष्ठ सार्ने अनुरोधमा मेरो  समर्थन छ।--Saroj Uprety (कुरा गर्ने) २३:३९, १९ अगस्त २०२० (नेपाली समय)
  • 'टावर' शब्द नेपाली बृहत् शब्दकोशमा समेत रहेको र यसको मूल नेपाली शब्द नभएको कारणले यसको स्थानमा 'टावर' नै उपयुक्त हुन्छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:४१, २० अगस्त २०२० (नेपाली समय)
  • tower को मुल नेपाली शब्द नेपाली बृहत् शब्दकोशका अनुसार मिनार हुन्छ र सोही अनुसार शीर्षक परिवर्तन गर्नेमा सिफारिस गर्दछु। (मिनार = शब्दउत्पत्ति= अरबी भाषा = मीनारे स्तम्भका आकारमा बनेको उच्च इमारत, धरहरा)। हरेक शब्दको अर्थपूर्ण नेपाली शब्द हुन्छ कुरा यति हो कि खोज्न कस्ले कत्तिको महत्त्व दिन्छ र नयाँ शब्दलाई कत्तिको सम्मान गर्छ भन्ने मात्र हो। मलाई मिनार र धरहरामा जे प्रयोग भएपनि स्वीकार्य छ भने यी शब्दहरू अर्थपूर्ण नेपाली शब्दहरू हुन्।पर्वत सुबेदी (कुरा गर्ने) ०८:३१, २० अगस्त २०२० (नेपाली समय)
पर्वत सुबेदी जी, अङ्ग्रेजी शब्द 'टावर' को लागि तपाईँले सुझाव दिनुभएको शब्दहरू 'मिनार' र 'धरहरा' दुवै उपयुक्त देखिन्न किनभने उल्लेखित विषय नेपाल वा एसियासँग सम्बन्धित छैन। 'इफेल टावर' भन्दा बढी खोज परिणाम त मैले 'आइफिल टावर' को भेट्टाएँ। यसकारण प्रस्तावित शीर्षक सुधारमा कुनै दुविधा छैन। एसियाली विषयसँग सम्बन्ध राख्ने एउटा लेख बनेको देखियो- जामको मिनार र पुरातात्विक सम्पदा, अब यसलाई 'टावर' वा 'धरहरा' बनाउनु उपयुक्त हुन्छ आफैँ विचार गर्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:५६, २० अगस्त २०२० (नेपाली समय)
  • यस लेखको शीर्षक पहिलेदेखिनै गलत थियो भन्ने मलाई जानकारी थियो (शीर्षक फेरिएदेखिनै)। टावर नेपाली शब्द हैन शब्दकोशमा समावेश भएतापनि, बोलाईमा जो बोलेपनि लेखनमा त्यस्तो हुँदैन। शीर्षक परिवर्तन गर्ने समयमा प्रयोगकर्ताहरूबाट मैले "स्तम्भ भनेको खम्बा वा खाँबो धरहरा जस्तो हो तर इफेल चाँही धरहरा नभएका कारण यो मिनार हुन्छ" यस्तो खालको सफाइ सहित शीर्षक परिवर्तन गर्ने आग्रह गरेको हेर्न चाहन्थे तर बीचमा अङ्ग्रेजी शब्द ल्याएर त्यसको अनुवादित शीर्षक यहाँ राखेर गर्ने खोजिएको के होला? हाल लगभग सबै शीर्षकहरूमा यस्तै खाले चाहिँदै नचाहिएको र जोडिँदै नजोडिएको शीर्षक समावेश गरिरहेको धेरै दृष्टान्तहरू छन्। बरु यसको साटो शब्दकोश हेरि त्यहाँको अनुसार गराउन पहल गर्नुहोला। यसरी जसले पनि शीर्षक परिवर्तन गर्न चिनो लगाउन सक्छ अझ त्यसमाथि पनि प्रचलित भन्दै अचम्ममा शीर्षकहरू सहित। शीर्षक परिवर्तन गर्ने चिनो लगाउँदा नेपालीमा अर्थ गलत हुन गयो भनेर चिनो लगाए कति राम्रो हुन्छ तर यस्तो हुन सकिरहेको छैन, यस्तो चलिरह्यो भने कसैले अरु अरू भाषाको शीर्षक हेरि शीर्षक परिवर्तन गर्ने चिनो नलगाउला भन्न सकिन्न। यथार्थ बुझौँ अघि बढौँ।हिमाल सुबेदी (कुरा गर्ने) ०८:४१, २० अगस्त २०२० (नेपाली समय)
साथीहरूले कुरा नबुझे जस्तो मलाई लागिरहेको छ। पहिले टावरको दृश्य हेरौं अनि अन्य मिनार तथा स्तम्भको दृश्य हेरौं। दुई बीच पुरै फरक देख्न सकिन्छ। हामी टोलटोलमा एनसेल तथा नेपाल टेलिकमका टावर देख्न सक्छौं। अब हामीले त्यसलाई मिनार वा स्तम्भ भन्न कतिको उपयुक्त होला त? विकिपिडिया कसैको निजी सम्पत्ति नभएको कारण सबैलाई पृष्ठ सार्न अनुरोध गर्न पाइन्छ। सबैभन्दा महत्त्वपूर्ण इफेल कुनै अप्रचलित शीर्षक हैन। सबैले यसलाई टिभी तथा फिल्ममा (अत्यधिक मात्रामा) देखेको पक्कै छन्। तर त्यहाँ स्तम्भ वा मिनार पक्कै सुनिएको छैन।--Saroj Uprety (कुरा गर्ने) ०९:३३, २० अगस्त २०२० (नेपाली समय)
  • Biplab Anand टावरको सही अनुवाद मिनार र धरहरा हुन्छ र स्तम्भको भने अर्थ अर्कै रहेछ। पिसाको ढल्किएको स्तम्भ भन्ने पृष्ठमा स्तम्भको प्रयोग छ। यस्ता शीर्षकहरू धेरै छन्, ती सबैलाई जर्मनीले बनायो दुनियाकै अग्लो बालुवा महल यहाँ भनिए अनुसार एसियाली र गैर एसियाली भनेर भेदभाव गर्नु भन्दा पनि उक्त सञ्चार माध्यमले लेखेको झैँ (इटालीको ढल्केको धरहरा)। ३०० वटा देशमा गरि ४००० भन्दा बढी यस्ता धरहरा छन्। यसरी शीर्षक निर्धारण गरौँ यसमा सबैको भलो छ र अन्य स्तम्भ जनाउनेहरूलाई स्तम्भलेनै सम्बोधन गरौँ र टावर जनाउने खालका विषय ( जस्तै https://en.m.wikipedia.org/wiki/Bismarck_Tower_(Freiburg_im_Breigau) यसलाई) धरहराले सम्बोधन गरौँ। पर्वत सुबेदी (कुरा गर्ने) १०:२९, २० अगस्त २०२० (नेपाली समय)
पर्वत सुबेदी जी, यदि वास्तवमा टावरको सही अनुवाद 'मिनार' र 'धरहरा' भए नेपालमा कति वटा धरहरा र मिनार छन्? 'इफेल धरहरा' वा 'इफेल मिनार' लेखिएको कति वटा नेपाली समाचार स्रोत, वेब पृष्ठ छन्? वर्तमान 'इफेल स्तम्भ' को बङ्गाली, हिन्दी, मराठी सबैमा 'टावर' नै प्रयोग गरिएको छ यहाँसम्म कि उर्दु लेखमा समेत टावरको स्थानमा मिनार प्रयोग गरेको छैन जस्तो मलाई लाग्छ। नेपालीकरण गर्ने मेरो पनि प्रयास छ, आफ्नो शब्द भएको भए समस्या थिएन तर नेपालीकरण गर्ने नाउँमा जे पनि गर्नु त भएन। +हिमाल सुबेदी जी, दूरदर्शन, आकाशवाणी, श्रव्यदृश्य, दूरभाष लगायतका शब्दहरू पारम्परिक शब्दहरू हुन् जसले विभिन्न कालखण्डमा आधुनिकता पाइसकेकोले यसको लेखन क्रमशः टेलिभिजन, रेडियो, भिडियो/भिडिओ र टेलिफोन भएको हो। वर्तमान समय र समय सापेक्ष अघि बढ्नु पनि एउटा कला हो। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:३२, २० अगस्त २०२० (नेपाली समय)
  • Biplab Anand नेपाली उपयुक्त शब्द नभएको भए मलाई समस्या थिएन तर उपयुक्त शब्द हुँदा पनि यसको उपेक्षा गर्ने परम्परालाई खै के भन्ने। म मान्छु धेरै वा सबैले टावर लेखेका छन्, अब धेरैले टाइम लेखेका छन् भनेर समय भन्ने शब्दको उपेक्षा गरिएको समान भयो। ल ठिक छ यसमा टावर राखियो रे बाँकी अन्य कहिल्यै नाम नसुनेकोलाई के भनेर सम्बोधन गर्ने? उर्दूमा टावर छ अरबीमा बुर्ज इफेल छ, (बुर्ज = धरहरा), यसरी अनुवाद गरेको छ अरबीले। Minar-e-Pakistan यसलाई अब के भनेर लेख्ने पाकिस्तान टावर? अङ्ग्रेजी शब्द टावरको नेपाली शब्दहरू नेपाली शब्दकोश अनुसार (मिनार, कीर्तिस्तम्भ, धरहारा, बुर्ज, गुम्बज, गरि ५ थरि छन्)।--पर्वत सुबेदी (कुरा गर्ने) १३:१८, २० अगस्त २०२० (नेपाली समय)
पर्वत सुबेदी जी, उपयुक्त शब्द भएको भए तपाईँले अहिलेसम्म अनलाइनमा प्रकाशित स्रोत सामग्री ल्याइ प्रमाण पेश गरिसक्नुभएको हुन्थ्यो। नेपाली शब्दकोशमा मैले भेटिन वा खोज्न जानिन होला। उदाहरणमा दिनुभएको अङ्ग्रेजी शीर्षकको नेपाली शीर्षक 'मिनार-ए-पाकिस्तान' लेख्दा उपयुक्त हुने मेरो तर्क छ। रह्यो अरबीको 'बुर्ज' शब्द हामीले समेत बुर्ज खलिफामा प्रयोग गरेका छौँ। अरबी शब्द 'बुर्ज'लाई कसरी नेपाली शब्द 'धरहरा'सँग दाज्ने? म गलत छु भने कृपया मलाई @Nirmal Dulal, Nirjal stha, Krish Dulal, and Nirajan pant: सरहरू भन्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:३७, २० अगस्त २०२० (नेपाली समय)
पर्वत सुबेदी जी, तपाईंले विभिन्न मिनार तथा स्तम्भको उदाहरण दिनुभयो तर पहिला सबैको आकार हेर्नुस्। कुनैपनि टावरसँग मिल्दोजुल्दो छैन। सर्वप्रथम त हामीलाई कसैको नाम जथाभावी परिवर्तन गर्ने कुनै हक छैन। अङ्ग्रेजी विकिपिडियामा en:Ghanta Ghar (Kathmandu) हेर्नुस्। उनीहरूले 'Clock tower (Kathmandu)' पनि लेख्नसक्थे तर लेखेका छैनन्। कृपया नाम फेर्न आतुर नहुनुहोस्। हामीले उनीहरूको मौलिकता पनि अपनाउनुपर्छ।--Saroj Uprety (कुरा गर्ने) १५:५५, २० अगस्त २०२० (नेपाली समय)
  • बुर्ज आगन्तुक नेपाली शब्द हो जुन अरबी भाषाबाट आएको हो। यसको अर्थ नेबृशमा हेर्नसकिनेछ। उनीहरूको मौलिकता अपनाउँदा तुर इफेल वा ला तुर इफेल' हुन्छ। अब सबै यस्ता शीर्षकलाई समेट्ने उपयुक्त शब्द हुँदाहुँदै अन्य शीर्षकमा राखिएको अशोक स्तम्भ, जस्ता स्तम्भ विशेष शब्दलाई त स्तम्भ लेख्नेमा कुनै शङ्का भएन। कुरो आयो ठूलो गुम्बज वा इमारत वा धरहरा विशेष शब्दलाई कुन उपयुक्त नेपाली शब्द राख्ने भन्ने कुरा भयो। जस्तै यो

पर्वत सुबेदी (कुरा गर्ने) १७:०८, २० अगस्त २०२० (नेपाली समय)

Biplab Anand- टावर भन्ने शब्द नेपाली बृहत शब्दकोशमा पनि भएको र प्रचलनमा पनि रहेको अवस्थामा यहाँ बिना अर्थका कुरामा विवाद गर्दै बस्नु आवश्यक छ र? यहाँ निकालिएका जती पनि शब्द छन् तिनीहरूले छुट्टाछुट्टै कुरालाई जनाएको त्यहाँ प्रष्ट देख्न सकिन्छ। कुनै पनि शब्दले टावरको परिभाषालाई समेटेको देखिदैन। यहाँ अनावश्यक विवाद अन्त्य गर्दै नियमानुसार गर्न सल्लाह। --निर्मल दुलाल (कुरा गर्नुहोस) १८:५८, २० अगस्त २०२० (नेपाली समय)
  • मैले अहिले सम्म नबुझेको कुरा टावर भनेको के हो? टावर कस्तालाई भनिन्छ, कस्तालाई अन्य कुनै? यसको परिभाषा के हो? पर्वत सुबेदी (कुरा गर्ने) १९:३७, २० अगस्त २०२० (नेपाली समय)
पर्वत सुबेदी जी, तपाईंले गाउँ तिर एनसेल तथा नेपाल टेलिकमका टावर देख्नु भएको छ होला। त्यसैलाई टावर भनिन्छ। एकचोटि आफैं विचार गर्नुस् उक्त टावर र इफेल टावरको आकार ठ्याक्कै एउटै रहेको छ। कुरालाई किन लम्ब्याउने कोशिश गरेको होला? आजकल भर्खरै जन्मेका बच्चाहरूलाई पनि टावर भनेको थाहा हुन्छ।--Saroj Uprety (कुरा गर्ने) २०:०३, २० अगस्त २०२० (नेपाली समय)
  •  समर्थन टावर शब्द नै उपयुक्त शब्द हो। यो कुनै स्तम्भ वा मिनार वा धरहरा होइन; २० औँ शताब्दी देखि रेडियो ट्रान्समिसनको लागि प्रयोगमा रहेको स्टीलको संरचना हो। र यस्ता टावरलाई नेपाली भाषामा कतै पनि स्तम्भ भनेर भनेको आजसम्म सुनेको छैन्।--Nirajan pant (कुरा गर्ने) ०७:२९, २१ अगस्त २०२० (नेपाली समय)
सबैलाई धन्यवाद। स्तम्भ, टावर, बुर्ज, मिनार, धरहरा लगायतका विषयहरू फरक फरक हुन् त्यसकारण यस्ता शीर्षकहरूको लेख बनाउँदा मौलिकतामा ह्रास नआउने गरि लेख बनाउन सबैमा जानकारी गराउन चाहन्छु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:५५, २१ अगस्त २०२० (नेपाली समय)

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
"इफेल टावर" पृष्ठमा फर्कनुहोस्।