बाणासुर
वाणासुर हिन्दु पौराणिक राजा हुन् । वाणासुर एक हजार हात भएका असुर राजा थिए र उनलाई सहस्रबाहु तथा भूतराज पनि भनिन्थ्यो । उनी दानवीर बलि राजाका पुत्र थिए ।[१][२] वाणासुरले हालको मध्य आसाम मा उनको राज्य थियो जहाँ उनको राजधानी शोणितपुर जिल्ला ( वर्तमानमा तेजपुर, आसाम) थियो ।
वाणासुर, एक समय ठुलो साम्राज्यमा राज्य गर्दथे । उनक प्रभाव यति ठुलो थियो कि वरपरका राज्यका सबै राजा - देवहरु समेत उनीसँग डराउथे । वाणासुर रसालिंगको पुजा गर्दे , जुन उनलाई विष्णुको सल्लाहमा विश्वकर्माले दिएका थिए । भगवान शिवको ठुला भक्त रहेका उनी , शिव ताण्डव नृत्य नाचेका बेला आफ्नी हजार हातले मृदंगा बजाउने गर्थे । भगवान शिवले उनलाई आशिस दिन खोज्दा उनले शिवलाई आफ्नो रक्षक हुन् अनुरोध गरेका थिए , त्यसकारण उनी अपराजेय रहे । .तर समय संगै उनी अझ झन् झन् क्रुर र अभिमानी हुदै गए । उनले आफ्नी छोरीलाई समेत अग्निगृहमा नजरबन्द गरेका थिए ।
एक दिन उषाले सपनामा एक युबक सँग सम्भोग गरेको देखे र उनको प्रेममा मग्न भईन् । उनकी संगिनी चित्रलेखा एक नामुद चित्रकार थिइन् र उनले सपनामा आएका ती युवक'को चित्र बनेर पहिचान गराईदिइन् । उनले सपनामा कृष्णका नाति अनिरुद्र लाई सपनामा देखेका थिए । उनले आफ्नो ईश्वरीय शक्तिले अनिरुद्रलाई कृष्णको दरबारबाट उषाको अगाडि ल्याइन् । ति दुई जनाको प्रेम झन् बढ्दै गयो । दिन प्रतिदिन उषा प्रद्युम्न सँग आफ्नो कोठाभित्र सम्भोग गर्न लागिन् । उषाको शरिर मा प्रस्ट निसान हरु देखिन थाल्यो। पाले हरुले पनि थाहा पाएर बाणासुरलाई भन्दिन्छन् हजुरको छोरि आफ्नो कोठामा एक युवक सँग सधै समागम गर्छिन् भनेर [३], यहि सिलसिलामा कृष्ण र वाणासुरको युद्ध भयो । [४][५][६][७] शिव आफ्नो भक्तको रक्षा गर्न आए तर कृष्णले ज्रिम्भुनाष्त्र प्रहार गरी शिव निदाउन पुगे । [८] त्यसपछी कृष्णले वाणासुरको चार हात बाहेक सबै हात काटी दिए ।
जब शिव होसमा आए उनले आफ्नो भक्तको रक्षा गर्न कृष्णलाई अपिल गरे । वाणासुरले पनि कृष्णसंग क्षमा मागे । कृष्णले क्षमा दिए । र उषा र अनिरुद्रको विवाह भयो । [९]
वंशावली
सम्पादन गर्नुहोस्वाणासुरको वंशावली यस प्रकार छ:[१०]
- ब्रह्माका पुत्र मरिची
- मरिचीका पुत्र कश्यप,
- कश्यपका पुत्र हिरण्यकश्यपु र हिरण्याक्ष,
- हिरण्यकश्यपुका पुत्र प्रह्लाद
- प्रह्लादका पुत्र विरोचन
- विरोचनका पुत्र बलि राजा
- बलिका पुत्र वाणासुर
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ krishna.com - Glossary description वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-०१ मिति
- ↑ Kumar, Anu (३० नोभेम्बर २०१२), Banasura: The Thousand-Armed Asura, Hachette India, आइएसबिएन 978-93-5009-537-9।
- ↑ M. Padmanabhan; Meera Ravi Shankar (१ अगस्ट २००४), Tales of Krishna from Mahabharatha, Sura Books, पृ: 56–57, आइएसबिएन 978-81-7478-417-9।
- ↑ Vanamali (२०१२), The Complete Life of Krishna, Simon and Schuster, आइएसबिएन 1594776903।
- ↑ Stephen Knapp, Krishna Deities and Their Miracles, Prabhat Prakashan।
- ↑ Krishna, Har Anand Publications, २००९, पृ: 68, आइएसबिएन 8124114226।
- ↑ Chandra sekhar Singh, The Purans volume-02, Lulu.com, आइएसबिएन 1365593274।
- ↑ https://books.google.co.in/books?id=a4SoCwAAQBAJ&pg=PT147&dq=Krishna+shiva+sleep&hl=en&sa=X&redir_esc=y#v=onepage&q=Krishna%20shiva%20sleep&f=false
- ↑ [१]विष्णु पुराण
- ↑ Bhaleram Beniwal: Jāt Yodhāon ke Balidān, Jaypal Agencies, Agra 2005