वडा समिति (नेपाल)
नेपालको संविधान अनुसार गाउँपालिका र नगरपालिकामा वडा समिति गठन हुन्छ । गाउँपालिकाको वडा समितिमा वडा अध्यक्ष र ४ जना सदस्य हुन्छन् । नगरपालिकामा रहने प्रत्येक वडामा वडा अध्यक्ष र ४ जना सदस्य रहेको वडा समिति हुन्छ । स्थानीय तहको निर्वाचनमा प्रत्येक वडाबाट वडा अध्यक्ष, २ जना महिला सदस्य र खुलाबाट २ जना सदस्य निर्वाचित हुन्छन् । २ जना महिलामध्ये एक जना दलित समुदायकै हुनुपर्छ ।[१][२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "यसरी चुनिँदै छन् स्थानीय प्रतिनिधि", सेतोपाटी, १३ चैत्र २०७३।
- ↑ "मन्त्रीपरिषदबाट मिति २०७४/२/१७ मा जारी गरिएको स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आदेश", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७४ जेठ १८। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०६-०३ मिति