काजी लेन्डुप दोर्जी
काजी लेन्डुप दोर्जी सिक्किमका पहिलो मुख्यमन्त्री थिए। उनले भारतसँगको एकीकरणपछि सन् १९७५ देखि १९७९ सम्म मुख्यमन्त्रीको रुपमा काम गरेका थिए।
काजी लेन्डुप दोर्जी | |
---|---|
सिक्किमको मुख्यमन्त्री | |
कार्यकाल १६ मे १९७५ – १८ अगस्ट १९७९ | |
राज्य प्रमुख | बी बी लाल |
पूर्वाधिकारी | कार्यालय बनाइयो |
उतराधिकारी | नरबहादुर भण्डारी |
व्यक्तिगत विवरण | |
जन्म | गान्तोक जिल्ला, सिक्किम अधिराज्य | ११ अक्टोबर १९०४
मृत्यु | २८ जुलाई २००७ कालिम्पोङ, पश्चिम बङ्गाल | (उमेर १०२)
राजनीतिक दल | भारतीय राष्ट्रिय काङ्ग्रेस |
अन्य राजनीतिक संलग्नता | सिक्किम राष्ट्रिय काङ्ग्रेस |
प्रारम्भिक जीवन
सम्पादन गर्नुहोस्लेन्डुप दोर्जीको जन्म सन् १९०४ मा पाक्योङ, गान्तोक जिल्ला, सिक्किममा भएको थियो। उनको जन्म खंगसर्प परिवारमा भएको थियो, जो सिक्किमी कुलीन थिए र भुटिया मूलका थिए।[१]
राजनीतिक जीवन
सम्पादन गर्नुहोस्दोर्जीले सन् १९४५ मा सिक्किम प्रजा मण्डलको स्थापना गर्नुभयो र यसको पहिलो अध्यक्षको रूपमा सेवा गर्नुभयो। दोर्जी सन् १९५३ मा सिक्किम राज्य कांग्रेसको अध्यक्ष पनि बने र सन् १९५८ सम्म अध्यक्षको रूपमा सेवा गरे।[२]
दोर्जीलाई सन् १९७५ मा भारतसँगको सिक्किमको एकीकरणमा प्रमुख व्यक्तित्व मानिन्थ्यो। दोर्जीले सन् १९७५ देखि, आधिकारिक विलय हुनु अघि, १९७९ सम्म सिक्किमको पहिलो मुख्यमन्त्रीको रूपमा सेवा गरे।[३]
मृत्यु
सम्पादन गर्नुहोस्दोर्जीको २८ जुलाई २००७ मा भारतको पश्चिम बङ्गाल राज्यको कालिम्पोङमा रहेको उनको घरमा हृदयघातका कारण मृत्यु भएको थियो।[३]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Gupta, Ranjan (सेप्टेम्बर १९७५), "Sikkim: The Merger with India", Asian Survey (University of California Press) 15 (9): ७८७, जेएसटिओआर 2643174, डिओआई:10.2307/2643174, "State's Chief Minister, Lhendup Dorji is a Bhutia nobleman(Kazi) from the Chogyal's community"
- ↑ "Man who ushered in democracy in Sikkim", The Hindu, २००७-०७-३१, मूलबाट २००७-१०-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०८-१६। वेब्याक मेसिन अभिलेखिकरण २००७-१०-०१ मिति
- ↑ ३.० ३.१ "Sikkim's first Chief Minister Kazi Lhendup Dorjee dies", The Times of India, २००७-०७-३०, मूलबाट २०१२-१०-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०८-१६। वेब्याक मेसिन अभिलेखिकरण २०१२-१०-१७ मिति