सिक्किम राष्ट्रिय काङ्ग्रेस

सिक्किम राष्ट्रिय काङ्ग्रेस सिक्किम अधिराज्यमा एक राजनीतिक दल थियो। यसको स्थापना सन् १९६२ मा स्वतन्त्र दल, राज्य प्रजा सम्मेलन र तत्कालीन प्रमुख पार्टीहरू, सिक्किम राज्य काङ्ग्रेससिक्किम राष्ट्रिय पार्टीका असंतुष्टहरूको एकीकरणद्वारा भएको थियो। काजी लेन्डुप दोर्जी यसको नेता थिए।

सिक्किम राष्ट्रिय काङ्ग्रेस
संस्थापककाजी लेन्डुप दोर्जी
स्थापनासन् १९६२
विघटनसन् १९७७
विलयभारतीय राष्ट्रिय काङ्ग्रेस
विचारधारासिक्किम अधिराज्यको भारतसँग विलय
रङहरूनिलो
निर्वाचन चिह्न

सिक्किम राज्य काङ्ग्रेस सिक्किममा सबै जातीय समूहहरूको प्रतिनिधित्व गर्ने पार्टीको रूपमा गठन गरिएको थियो, किनकि पहिलेका प्रभुत्वशाली पार्टीहरू जातीय आधारमा विभाजित थिए। यसले सिक्किममा राजतन्त्रको विरोध गऱ्यो र प्रजातान्त्रिक सुधारका लागि काम गऱ्यो।

अप्रिल १९७३ मा सिक्किम जनता काङ्ग्रेस सिक्किम राज्य काङ्ग्रेसमा विलय भयो। सन् १९७४ मा सिक्किममा पहिलो जननिर्वाचित सरकारले कार्यभार सम्हाल्यो। उक्त निर्वाचनमा पार्टीले ३२ मध्ये ३१ सिट जितेको थियो।

सन् १९७५ मा सिक्किमलाई भारतमा गाभिएपछि यो पार्टी भारतीय राष्ट्रिय काङ्ग्रेसमा विलय भयो।

निर्वाचन इतिहास सम्पादन गर्नुहोस्

निर्वाचन जितेका सिट सिट +/- स्रोत
सन् १९६७
८ / २४
- [१]
सन् १९७०
३ / २४
 
सन् १९७३
५ / २४
  [२]
सन् १९७४
३१ / ३२
 २६ [३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Hamlet Bareh (२००१), Encyclopaedia of North-East India, 7:Sikkim, Mittal Publications, पृ: १७, आइएसबिएन 9788170997948 
  2. Election Committee, Government of Sikkim (१५ फेब्रुअरी १९७३), "Declaration of Election Results", पृ: 64–65, अन्तिम पहुँच १५ जुन २०२१ 
  3. "General Election to Sikkim Assembly, 1974", २० अप्रिल १९७४, पृ: 70–71, अन्तिम पहुँच १५ जुन २०२१