लुम्बिनी
लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो। हाल यो ठाउँ नेपालको लुम्बिनी अञ्चल, रूपन्देही जिल्लामा पर्छ। विभिन्न बौद्ध वाङ्मयहरूमा बुद्धको जन्मस्थल भनेर लुम्बिनी नाउँको एउटा उपवनलाई चिनाइएको छ भने सो उपवनमा कालान्तरमा विभिन्न मानवीय गतिविधिहरू हुन थालेको पाइन्छ । इ.पू. २४९ मा मौर्य सम्राट अशोकले यस स्थलको तीर्थाटन गरेका थिए र यस तीर्थाटनको संस्मरणमा अभिलेख पनि कुँदाएका थिए । यो कुराको जानकारी इसाको पाँचौं शताब्दीमा आएका चिनियाँयात्री फाहियान र सातौ शताब्दीमा आएका अर्का चिनियाँ यात्री, ह्वेनसाङले विस्तृत बयान आफ्ना यात्रा विवरणहरूमा दिएका थिए । सन् १८९६ मा पुरातात्विक अन्वेषणका क्रममा मौर्य सम्राट अशोकद्वारा राखिएको अशोक स्तम्भ र त्यसमा रहेको अभिलेख भेटियो । उक्त अभिलेखमा यो ठाउँको नाम लुंमिनि भनेर उल्लेख गरिएको पाइन्छ । यस अभिलेखको प्राप्तीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पहिचान भएको हो भने त्यसैबेलादेखि विश्वभर गौतम बुद्धको जन्मस्थल नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, रूपन्देही जिल्लामा पर्ने कुरा स्थापना भयो| samrat bhusal rupandehi colony-6sainamaina
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
मापदण्ड | संस्कृति: iii, vi |
स्रोत | 666 |
दर्जा प्राप्त | 1988 (21st शत्र) |
लुम्बिनी :एक परिचय
सम्पादन गर्नुहोस्कपिलबस्तु जिल्लाको तिलौराकोट भन्ने ठाउँमा लुम्बिनी पर्दछ । यो एक ऐतिहासिक धार्मिक पर्यटकिय स्थल हो । फराकिलो भुभागमा फैलिएको लुम्बिनी अवलोकन गर्न हरेक वर्ष लाखौं मानिसकू आउँछन् । नारायणगढ बजारबाट करिब २५ किलिमिटरको दुरिमा प्रगतिनगर भन्ने ठाउँ छ । कावसोतिबाट सरिब ८२-८३ किलोमिटरको दुरिमा लुम्बिनी पर्दछ । लुम्बिनी जाने बाटोमा अलिकति कच्ची घरहरू पनि देखिन्छन् । घर बनाएको तर झ्याल ढोका नराखेको अती नै अनौठो पनि देखिन्छ । बाटो अलि अलि सांघुरो नै छ । फराकिलो भुभागमा विभिन्न मन्दिरहरु छन् । विभिन्न डिजाइन अनि फरक शैलीमा निर्माण गरेका ती गुम्बा, मन्दिरहरू राम्रा छन् । सबैभन्दा राम्रो अनि मुख्य आकर्शणको बिन्दु भनेको मायादेवी मन्दिर हो । त्यहाँ उत्खनन गरेर राखेका बस्तुहरू पनि छन् । मन्दिर वरपर घांसहरू पनि उम्रिएका छन् । त्यो वरपरको वातावरण आनन्दित छ । नेपाल र भारतबाट धेरै मान्छे आउँछन् । अरू विदेशीहरू पनि आउँछन् । नेपालीहरूको लागि टिकट लाग्दैन ।मन्दिर भित्र फोटो खिच्न मनाही छ । मन्दिर बाहिर भने फोटो खिच्न पाइन्छ । गुम्बाहरू, मन्दिरहरु चारैतिर बुद्दका मन्दिरहरु छन् । विभिन्न घटनाक्रम सम्झाउने बुद्दको जीवनीसँग सम्बन्धित तस्बिर र मुर्तिहरू पनि छन् । फुलहरू रोपेको, हरियो दुबोहरू राम्रो छ । कुनै कुनै ठाउँको पोखरी भने अलि फोहोर थियो जहाँ प्लास्टिकका बोटलहरू फालिएका थियो । लुम्बिनी सम्भावना बोकेको ठाउँ हो । पर्यटकिय र धार्मिक दुबै हिसाबमा लुम्बिनी राम्रो छ । यसको विकास र प्रबर्धन अति आवश्यक छ । यो एकपटक घुम्न जानुपर्ने ठाउँ हो ।
लुम्बिनीको विस्तृत परिचय तथा जानकारी
सम्पादन गर्नुहोस्लुम्बिनी अञ्चल बुद्ध कै जन्मस्थलको नामबाट नामाकरण गरिएको हो। लुम्बिनी बौद्ध धर्मालम्बीहरूको विशेष ऐतिहासिक तीर्थस्थलको नामले विश्वमै चर्चित भएको कारण युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरिएको छ।
[२] <t-size:20px">धार्मिक महत्त्व तथा एतिहासिक पृष्ठभुमि विश्वभरका बौद्द धर्मावलम्बीका लागि लुम्बिनी अत्यन्त महत्त्वपूर्ण तिर्थस्थल हो । मायादेवी र भगवान बुद्द प्रति अघाध आस्था राख्ने भएकोले हिन्दु धर्मावलम्बीका लागि समेत लुम्बीनी महत्त्वपूर्ण धार्मिक गन्तव्य बनेको छ । लुम्बिनीमा रहेका पुरातात्विक तथा ऐतिहासिक अवशेषहरूले शताब्धि औ देखि विभिन्न व्यक्तित्वहरूले लुम्बिनीको तिर्थाटन गरेको तथ्यहरू खुल्छन् । प्रसिद्ध मौर्य सम्राट अशोकले आफ्नो आध्यात्मिक गुरू उपगुप्तको मार्ग दर्शनमा इ.पु।२४९ मा लुम्बिनीको तीर्थ यात्रा गरेका थिए । उनले हिंद बुधे जाते शाक्यमुनीति अर्थात यहां शाक्यमुनि बुद्द जन्मनु भएको थियो भन्ने शिलालेख समेतको ढुङाको स्तम्भ खडा गरे जसलाई हाल प्रसिद्ध अशोक पिलरका रूपमा लुम्बिनीमा देख्न सकिन्छ ।
धार्मिक महत्त्व
सम्पादन गर्नुहोस्त्यस समय कपिलवस्तु गणराज्यमा महाराज शुदोदनले राज्य गरिरहेको थिये । महारानी महामायादेवी कपिलवस्तुबाट आफ्नो माइतीघर देवदहतिर गइरहँदा बाटोमा पर्ने लुम्बिनीको प्राकृृृतिक सौन्दर्यले रमय उद्मानमा एकछिन आराम लिनुभएकै बेला उहाँलाई प्रशव व्यथा भयो । त्यहीको एउटा सालवृृक्षमुनि वैैशाखपुणिमाका दिन बोधिसत्व सिदाथको जन्म भयो । यो करिब २६०० वर्ष अगाडिको कुरा हो । यो हामी नेपालीहरूको लागि गौरवको विषय हो ।
चित्र ग्यालरी
सम्पादन गर्नुहोस्-
Bodhi tree and pond at Lumbini
-
Exact birthplace of Gautama Buddha
-
Ashokan Pillar
-
Pillar Edict of Aśoka
-
Eternal Peace Flame
-
श्रीलङ्का बौध्द स्तुपा, लुम्बिनी
-
जापानीज बौध्द स्तुपा, लुम्बिनी
-
दक्षिण कोरिया बौध्द स्तुपा, लुम्बिनी
-
थाईल्याण्ड बौध्द स्तुपा, लुम्बिनी
-
म्यान्मार बौध्द स्तुपा, लुम्बिनी
-
मायादेवी मन्दिर
-
लुम्बिनी
-
मायादेवी मन्दिर वुद्धजयन्तिका दिन
-
मायादेवी मन्दिर वुद्धजयन्तिका दिन
-
मायादेवी मन्दिर वुद्धजयन्तिका दिन
-
मायादेवी मन्दिर वुद्धजयन्तिका दिन भीक्षुहरु दान गहण गर्दै
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- http://nepal.tv/watch/lumbini
- http://www.palikanon.com/english/pali_names/l/lumbini.htm
- http://welcomenepal.com/promotional/submain.php?menuid=2&submenuid=552964323523&subpageid=559143316934 वेब्याक मेसिन अभिलेखिकरण २०१२-०३-१४ मिति
- http://www.buddhanet.net/e-learning/buddhistworld/lumbini.htm
- http://www.nepalphotogallery.com/lumbini.htm वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-१३ मिति
- http://lumbini.info/ वेब्याक मेसिन अभिलेखिकरण २०११-०५-११ मिति
- http://www.worldheritagesite.org/sites/lumbini.html
- http://www.world-heritage-tour.org/asia/south-asia/nepal/lumbini/
- http://www.nepalopedia.com/destination/Lumbini
- लुम्बिनी विकियात्रामा यात्रा सहयोगी
- बसन्त महर्जन। २००६ । लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन । काठमाडौंः इन्साइट पब्लिकेशन प्रा.लि.
निर्देशाङ्कहरू: २७°२८′०२″N ८३°१६′३०″E / २७.४६७१६°N ८३.२७४९१°E