लालटेन मटितेल हालेर बालिने, चिम र उझिन्डो (झुन्ड्याउने) भएको एक प्रकारको बत्ती हो।[१][२] लालटेन शब्द अङ्ग्रेजी शब्द 'ल्यान्ट्रिन'बाट आएको हो। फ्रान्सेली शब्द 'ल्याटिन'बाट अङ्ग्रेजी शब्द 'ल्यान्ट्रिन' आएको हो जसको अर्थ 'दीप वा मशाल' हुन्छ। यो ल्याटिन शब्दपनि सम्भवत ग्रीक भाषाबाट आएको हुनुपर्दछ। यो शब्दको वैकल्पिक उत्पत्ति प्रसङ्ग भने 'ल्यान्थर्न' शब्दसँग सम्बन्धित मानिएको छ र यो शब्दको अर्थ प्राचीन कालमा सिङले बनाइएका झ्यालहरू भन्ने बुझिन्छ।

लालटेन

इतिहास सम्पादन गर्नुहोस्

लालटेनको इतिहास पन्ध्रौँ शताब्दी ताकादेखि सुरु भएको मानिन्छ। तत्कालीन समाजमा रातभर हुने अशान्तिबाट समाजलाई जोगाउन रातीराती पालोपहरा दिन खटिएका व्यक्तिले उज्यालोका लागि जोगाएर मैनबत्ती बाली बोकेर हिड्न यसको विकास गरिएको थियो। त्यसपछि यसको प्रयोग जहाजलाई सङ्केत दिन र उज्यालोको काम लिन हुन थालेको थियो। सुरुवाती समयमा कागजबाट लालटेन बनाइन्थे तर पछि धातुसिसाको प्रयोग हुन थालेको हो। मैनबत्ती सँगसँगै मटितेल समेत हालेर बाल्न मिल्ने लालटेन बनाउन सुरु गरिएको थियो।[३][४][५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "अन्धकारले ढाकिएको दुर्गम गाउँमा बिजुली पुगेपछि …", प्रशासन (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-३१ 
  2. "चुरे जोगाउन लालटेन जुलुस, बन्दको घोषणा", जनकपुर टुडे (नेपालीमा), २०२२-०७-१३, अन्तिम पहुँच २०२२-१२-३१  वेब्याक मेसिन अभिलेखिकरण २०२२-१२-३१ मिति
  3. Shrivastav, Krishna (२०२२-०७-१२), "जनकपुरधाममा लालटेन जुलुसहित बिरोध प्रदर्शन, बिहिबार जनकपुर बन्दको घोषणा", वीरगञ्ज सञ्जाल (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-३१ 
  4. "बल्ल आयो बिजुली", लोकान्तर (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-३१ 
  5. बेल्वासे, गोविन्द, "दियालोको साक्षी", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-३१ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्