कागज काठ, कपडा जन्य, घाँस वा अन्य तरकारी जन्य स्रोतहरूबाट निकालिएको सेलुलोज फाइबरलाई मेकानिकल वा रासायनिक रूपमा पानीमा प्रसोधन गरेर निकाली थिचेर सुकाइ तयार गरिने एक पातलो सामग्री हो।

कागज
Various products made from paper.JPG
भौतिक गुणहरू
घनत्व (ρ)१० ग्राम देखी ३००० ग्राम

इतिहाससम्पादन

कागजको आविष्कार हुनुअघि मानिसहरू ठूलठूला ढुंगा, शीला,भोजपत्र, छाला आदिमा कोरेर आफ्नो सामाजिक जीवन र रहनसहनसम्बन्धी चित्रण गर्ने गर्दथे। विस्तारै-विस्तारै मानव सभ्यताको विकास हुँदै गएपछि मानिसहरूलाई आफ्नो भाषा लेख्ने आवश्यकता महसूस हुन थाल्यो। र, यसैको परिणामस्वरूप कागजको आविष्कार हुन गएको हो। तर त्यतिखेर उत्पादन हुने कागज अहिलेको भन्दा बिल्कुलै भिन्न किसिमको हुने गर्दथ्यो। आधुनिक युगमा हामी जुन किसिमको कागज प्रयोग गर्दछौँ, त्यसको आविष्कार चाहीं चीनका बासिन्दाहरूले गरेका हुन्। रुखको बोक्रा र बाँसका मसिना चीराहरू प्रयोग गरेर उनीहरू सो कागज निर्माण गर्ने गर्दथे। पछि अरेवियनहरूले कागज बनाउने केही चिनियाँहरूलाई अपहरण गरेर लगी आफ्नै ठाउँमा कागज बनाउन लगाए। फलस्वरूप नवौँ शताब्दीतिर कागजको उत्पादन त्यहाँ पनि हुन थाल्यो। त्यसपछि १२ औँ शताव्दीतिर आएर कागजको उत्पादन युरोपियन मुलुकहरूमा पनि हुन थाल्यो।

व्यापारिकरूपमा कागज उत्पादनको थालनी चाहीँ इटालीको 'फेबि्रयानो' भन्ने ठाउँमा सन् १७२६बाट भएको हो। तथापि विश्वमा अहिले सबैभन्दा बढी कागजको व्यापारिक उत्पादन फीनल्याण्डमा हुने गर्दछ।सन् १४५०मा आएर प्रेस तथा छापाखानाको आविष्कार भएपछि कागज उत्पादन र उपभोगको क्षेत्रमा पनि निरन्तर वृद्धि भइरहेको छ |

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन