रोहिङ्ग्या जाति (स्थानीय नाम: रुवाइङ्गा; या ऐतिहासिक रूपमा अराकानी भारतीय भनेर पनि चिनिने) पश्चिमी म्यानमारको राखिन राज्यका राज्यविहीन हिन्द-आर्य जातिका अल्पसङ्ख्यक मानिसहरू हुन्। सन् २०१६–१७ मा रोहिङ्ग्यामाथि गरिएको कारबाहीअघि म्यानमारमा अनुमानित १० लाख रोहिङ्ग्या बसोबास गर्दै आएका थिए। अधिकांश रोहिङ्ग्या इस्लाम धर्मावलम्बी छन् यद्यपि त्यहाँ थोरै सङ्ख्यामा हिन्दुहरू पनि छन्। सन् २०१३ मा संयुक्त राष्ट्रसङ्घले रोहिङ्ग्यालाई विश्वको सबैभन्दा उत्पीडनमा परेका अल्पसङ्ख्यकको सूचीमा राखेको थियो। सन् १९८२ को बर्मेली नागरिकता ऐनअन्तर्गत उनीहरूलाई नागरिकताबाट बञ्चित गरिएको थियो। रोहिङ्ग्या समुदाय एक राज्यविहीन जातीय समूह हो जो मुख्यतया इस्लाम धर्मको अनुसरण गरी म्यानमारको राखिन राज्यमा बस्छन्। सन् २०१७ मा रोहिङ्ग्या नरसंहार हुनुअघि ७ लाख ४० हजारभन्दा बढी मानिसहरू भागेर बङ्गलादेश पुगेका थिए भने अनुमानित १४ लाख रोहिंग्या म्यानमारमा बसोबास गर्दै आएका थिए। सन् १९८२ को म्यानमारको नागरिकता कानुनअनुसार रोहिङ्ग्यासमुदायलाई विश्वकै सबैभन्दा उत्पीडनमा परेका अल्पसङ्ख्यकमध्ये एकको रूपमा व्याख्या गरिएको छ। उनीहरूको आवतजावतको स्वतन्त्रता, राज्यको शिक्षा र निजामती सेवाको जागिरमा पहुँचमा पनि प्रतिबन्ध लगाइएको छ। म्यानमारमा रोहिङ्ग्याहरूले सामना गर्नुपरेको कानुनी अवस्थालाई केही शिक्षाविद्, विश्लेषक र राजनीतिक व्यक्तित्वहरूले रङ्गभेदसँग तुलना गरेका छन्, जसमा नोबेल पुरस्कार विजेता डेसमन्ड टुटु र अन्य दक्षिण अफ्रिकी रङ्गभेद विरोधी कार्यकर्ता पनि समावेश छन्। सन् २०१७ मा रोहिङ्ग्याहरूको सबैभन्दा पछिल्लो सामूहिक विस्थापनले मानवताविरुद्धको अपराधको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालत र नरसंहारको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय न्याय अदालतलाई नेतृत्व गरेको थियो।

रोहिङ्ग्या
𐴌𐴟𐴇𐴝𐴥𐴚𐴒𐴙𐴝, Ruáingga ရိုဟင်ဂျာ ﺭُﺍَࣺﻳﻨڠَ
अराकानका आदिवासी रोहिङ्ग्या परिवारको एक चित्र
जम्मा जनसङ्ख्या
१,५४७,७७६[]–२,०००,०००+[]
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
म्यानमार (रखाइन राज्य), बङ्गलादेश, पाकिस्तान, थाइल्यान्ड, मलेसिया, भारत, संयुक्त अधिराज्य, इन्डोनेसिया, नेपाल, साउदी अरब
 म्यानमार१,००,०००[]–१०,३०,०००[][] (सन् २०१६-२०१७ को रोहिङ्ग्या नरसंहार पूर्व)
 बङ्गलादेश२४००,०००+ (२५ अगस्ट २०१९ देखि १०,००,००० को सङ्ख्यामा यहाँ आइपुगेका)[]
 पाकिस्तान२,००,०००[][][]
 थाइल्यान्ड१००,०००[१०]
 मलेसिया४०,०७०[११]
 भारत४०,०००[१२][१३]
 संयुक्त अधिराज्य१२,०००+[१४]
 इन्डोनेसिया११,९४१[१५]
 नेपाल२००[१६]
भाषाहरू
रोहिङ्ग्या
धर्महरू
इस्लाम, हिन्दु

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "The Rohingya people of Myanmar: health, human rights, and identity", Lancet, २०१६, पृ: 1–10, डिओआई:10.1016/S0140-6736(16)00646-2, पिएमआइडी 27916235 
  2. Perilous Plight: Burma's Rohingya Take to the Seas, Human Rights Watch, २००९, पृ: 3, आइएसबिएन 9781564324856 
  3. "Who will help Myanmar's Rohingya?", बीबीसी, ५ डिसेम्बर २०१६। 
  4. "Will anyone help the Rohingya people?", BBC News 
  5. Dapice, David (जुन २०१५), "Fatal Distraction from Federalism: Religious Conflict in Rakhine", Harvard Ash Center। 
  6. http://www.thedailystar.net/world/rohingya-crisis/400000-rohingyas-myanmar-arrive-bangladesh-august-25-unicef-1462066
  7. "Homeless In Karachi | Owais Tohid, Arshad Mahmud", Outlook India, २९ नोभेम्बर १९९५, अन्तिम पहुँच १८ अक्टोबर २०१३ 
  8. "Box 5925 Annapolis, MD 21403 info@srintl", Burmalibrary.org, मूलबाट ११ सेप्टेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अक्टोबर २०१३ 
  9. "From South to South: Refugees as Migrants: The Rohingya in Pakistan", The Huffington Post, ३१ डिसेम्बर १९६९, अन्तिम पहुँच ११ फेब्रुअरी २०१५ 
  10. Husain, Irfan (३० जुलाई २०१२), "Karma and killings in Myanmar", Dawn (newspaper), अन्तिम पहुँच १० अगस्ट २०१२ 
  11. "Figure At A Glance", Malaysia and the United Nations, २०१४, मूलबाट ३० डिसेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० डिसेम्बर २०१४ 
  12. "India in talks with Myanmar, Bangladesh to deport 40,000 Rohingya", Reuters, २०१७, अन्तिम पहुँच १७ अगस्ट २०१७ 
  13. "India plans to deport thousands of Rohingya refugees", www.aljazeera.com, अन्तिम पहुँच १७ अगस्ट २०१७ 
  14. "Myanmar refugees, including Muslim Rohingya, outpace Syrian arrivals in U.S." (अङ्ग्रेजीमा), Reuters, २० सेप्टेम्बर २०१६, अन्तिम पहुँच ३ सेप्टेम्बर २०१७ 
  15. "Jumlah Pengungsi Rohingya di Indonesia Capai 11.941 Orang" (इन्डोनेसियालीमा), Aceh Tribun News, १९ मे २०१५, मूलबाट ११ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ अक्टोबर २०१५ 
  16. "200 Rohingya Refugees are not being accepted as Refugees and the Nepali Government considers them illegal migrants", मूलबाट ४ जुन २०१६-मा सङ्ग्रहित, "An estimated 36,000 Rohingya Refugess living in India"  वेब्याक मेसिन अभिलेखिकरण ४ जुन २०१६ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्