रोक्साना
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
रोक्साना (एभेस्टन: Raoxshna or रोशनाक, "अपूर्व सुन्दरता"; फारसी: رخسانه Rokhsāna; पस्तो: روښانه Rox̌āna) ब्याक्ट्रियन (अफगानिस्तान) राजकुमारी तथा अलेक्जेन्डर द ग्रेटकी श्रीमती हुन ।
रोक्साना | |
---|---|
ब्याक्ट्रियन राजकुमारी | |
जन्म | लगभग ईपू ३४३ बाल्ख, ब्याक्ट्रिया |
मृत्यु | लगभग ईपू ३१० |
जीवनसाथी | अलेक्जेन्डर द ग्रेट |
सन्तान | अलेक्जेन्डर चतुर्थ एगस |
बाबु | अक्स्यार्टस |
जिवन
सम्पादन गर्नुहोस्रोक्सानाको जन्म लगभग ईपू ३४३ तिर बाल्ख (हाल अफगानिस्तानको बाल्ख राज्य)का ब्याक्ट्रियन अक्स्यार्टसको छोरीको रूपमा भएको थियो । अलेक्जेन्डरले सजडियन रक किल्लाको लडाई पश्चात उनीसँग विवाह गरे, त्यस बेला उनी १६ वर्षकी थिईन । बाल्ख अलेक्जेन्डरसँग हार ब्यहोर्ने अन्तिम पर्सियन राज्य थियो । प्राचिन स्रोतका अनुसार अलेक्जेन्डर उनलाई आत्मिय प्रेम गर्दथे । साथै ईपू ३२६मा उत्तर भारतको लडाईको क्रममा उनी अलेक्जेन्डरको साथ मै थिईन ।
ईपू ३२३ तिर बेबिलोनमा अलेक्जेन्डरको अचानक मृत्यु भएपछि, ईपू ३२३ अगस्टमा रोक्सानाले उनका छोरा अलेक्जेन्डर चतुर्थ एगसलाई जन्म दिईन । साथै अलेक्जेन्डरको मृत्यु पश्चात रोक्सानाले अलेक्जेन्डरकी अर्की श्रीमती स्टाटेइरा द्वितिय तथा उनकी बहिनीहरू ड्राइपेटिस[१] र परिसाटिस द्वितिय (अलेक्जेन्डरकी तेस्री श्रीमती)को हत्या गरिन ।
ऐतिहासिक उपन्यासाहरू
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस
सम्पादन गर्नुहोस्सन्दर्भ सूची
सम्पादन गर्नुहोस्- ↑ Plutarch. Alex. 77.4
बाहिरी लिङ्क
सम्पादन गर्नुहोस्- Chisholm, Hugh, सम्पादक (१९११), "Roxana", इन्साइक्लोपिडिया ब्रिटानिका (११औँ संस्करण), क्याम्ब्रिज विश्वविद्यालय छापाखाना।
- Livius.org: Roxane वेब्याक मेसिन अभिलेखिकरण २०१२-१०-१४ मिति by Jona Lendering
- Wiki Classical Dictionary: Roxane, daughter of Oxyartes
- Roxana वेब्याक मेसिन अभिलेखिकरण २००५-१०-२६ मिति from Charles Smith's Dictionary of Greek and Roman Biography and Mythology (१८६७)