रेडियो मिर्ची
रेडियो मिर्ची (हिन्दी: रेडियो मिर्ची, आसामी: ৰেডিঅ' মিৰ্চি, बङ्गाली: রেডিও মির্চি, मराठी: रेडियो मिर्ची, पन्जाबी: ਰੇਡੀਓ ਮਿਰਚੀ, कन्नड: ರೇಡಿಯೋ ಮಿರ್ಚಿ , तेलगु: రేడియో మిర్చి, तमिल: ரேடியோ மிர்ச்சி, मलयालम: റേഡിയോ മിർച്ചി , गुजराती: રેડિયો મિર્ચી) भारतको एक लोकप्रिय गैर सरकारी एफ. एम. रेडियो च्यानल हो । यो च्यानल एन्टरटेनमेन्ट नेटवर्क इन्डिया लिमिटेड (ENIL) द्वारा संचालित गरिन्छ जुन टाईम्स ग्रूपको एक सहायक संस्था हो । यसको प्रसारण ९८.3 मेगाहर्ट्ज एफएम ब्रान्डमा हुन्छ ।
चित्र:Radiomirchi logo.jpg | |
अनुमति प्राप्त | ३२ शहर भारत, १ युएई |
---|---|
प्रशारण | राष्ट्रीय |
ब्राण्डिङ | रेडियो मिर्ची |
नारा | इट्स हट! (It's hot!) |
आवृत्ति | ९८.३ एफएम, १०४.० एफएम (कोच्चि), ९५ एफएम (गुवाहाटी) |
पहिलो प्रसारण | १९९३ (टाइम्स एफएम, पछि रेडियो मिर्ची) |
रेडियोको प्रकार | एमपि३ |
स्वामित्व | एन्टरटेनमेन्ट नेटवर्क इन्डिया लिमिटेड |
वेब प्रसारण | http://gir.fm/?play=del-0983 |
वेबसाइट | [१] |
इतिहास
सम्पादन गर्नुहोस्रडियो मिर्ची, टाईम्स एफ. एम. को एक रूप हो । यो रेडियो च्यानल सन् १९९३ देखि भारतमा लागु भएको थियो । पहिले भारतमा एकमात्र रडियो च्यानल प्रसारित हुन्थ्यो जुन शासकीय हो र हामी यसलाई आकाशवाणी वा अल इन्डिया रडियो वा विविध भारतीको नामले धेरै जान्दछौं । सन् १९९३ पछि भारत सरकारले रडियो प्रसारण क्षेत्रको निजीकरण गर्नेको फैसला लियो । यसपछि नै रडियो मिर्चीको उदभव र विकास भएको हो ।