राष्ट्रिय सङ्ग्रहालय, छाउनी

यो भिम्सेन् थापाले बनाएका हुन् ।

राष्ट्रिय सङ्ग्रहालय नेपालको एउटा पुरानो सङ्ग्रहालय हो । यस सङ्ग्रहालयमा हामी प्राचिन हातहतियार, वस्त्र, सिक्का तथा प्राचिन राजाका उपहारहरू अवलोकन गर्न सक्छौं । यस सङ्ग्रहालयमा विशेष गरी ३ वटा भवन रहेका छन् । जुद्ध कारीगरी कलाशाला, बुद्ध कारीगरी कलाशाला र मुख्य भवन (ऐतिहासिक सङ्ग्रहालय भवन) ।

राष्ट्रिय सङ्ग्रहालय
स्थापित१९२८
स्थानछाउनी ,काठमाडौँ, नेपाल
प्रकारसङ्ग्रहालय
वेबसाइटwww.nationalmuseum.gov.np
Nepal National Museum

राष्ट्रिय सङ्ग्रहालय नेपालको पहिलो सङ्ग्रहालय हो । यो सङ्ग्रहालय १९२८ सालमा हतियार सङ्ग्रहालयको रूपमा प्रधानमन्त्री भिमसेन थापाद्वारा आफ्नो निवासमा स्थापना गरिएको थियो []। राष्ट्रिय सङ्ग्रहालय १९३८ सम्म सर्वसाधारणहरूको पहुँचमा थिएन, यो सङ्ग्रहालय केवल राणा प्रधानमन्त्री, परिवारजन तथा राणाहरूका पाहुनाले मात्र अवलोकन गर्न पाउँथे । यो सङ्ग्रहालय १९३८ सालको डिसेम्बर महिनामा सर्वसाधारणहरूको लागि खुल्ला गरियो । त्यहीबेलादेखि यसलाई छाउनी सिलखाना र नेपाल सङ्ग्रहालय भनेर नामाकरण गरियो । सन् १९४२ मा प्रधानमन्त्री जुद्द शमशेरले नेपाल सङ्ग्रहालयमा कलाको लागि एउटा भवनको निमार्ण गरे । त्यो भवनको नाम जुद्ध जातीय कलाशाला राखे । सन् १९६७ सालमा नेपाल सङ्ग्रहालयलाई नेपाल राष्ट्रिय सङ्ग्रहालय भनेर नामाकरण गरियो [][]

यो सङ्ग्रहालय स्वयम्भूनाथ मन्दिर नजिकै रहेको छ । सङ्ग्रहालयको मुख्यद्वारबाट प्रवेश गर्दा देब्रेपट्टि कलाशाला रहेको छ जसमा मूर्ति, हस्तकला तथा चित्रहरू प्रदर्शित गरिएको छ []। मुख्यद्वारको अगाडिपट्टि रहेको भवनलाई बुद्ध कलाशाला भनिन्छ जसमा बौद्धधर्मसम्बन्धि कुराहरू राखिएको छ । मुख्यद्वारको दाहिनेपट्टि प्राकृतिक सङ्ग्रहालय रहेको छ ।

 
National Musuem Road, Kathmandu, Nepal

यो सङ्ग्रहालय बाह्रै महिना अवलोकन गर्न सकिन्छ । गर्मी महिनामा बिहान १०:३० बजेदेखि बेलुकी ४:३० बजे सम्म, सोमबार बिहान १०:३० देखि दिउँसो ३:३० सम्म, जाडो महिनामा बिहान १०:३० देखि ३:३० सम्म अवलोकन गर्न सकिन्छ । यो सङ्ग्रहालय शनिबार तथा सरकारी बिदाका दिनहरूमा बन्द रहन्छ । []

जुद्ध कारीगरी कलाशाला

सम्पादन गर्नुहोस्

यस कलाशालामा विशेष गरी धातु, काठ तथा ढुङ्गाबाट बनेका बुट्टाका आकृतिहरू अवलोकन गर्न सक्छौं । त्यहाँ रहेका आकृतिहरू मध्ये दास्रो शताब्दिको लिच्छवी राजा जयवर्माको आकृतिलाई प्रतिष्ठित मानिन्छ । यस कलाशालामा लस एन्जलसमा बसोबास गर्ने एक कारीगरी संकलकबाट चोरी भएका मूर्ति अवलोकन गर्न सक्छौं । ती मूर्तिहरू फर्पिङ्गबाट चोरिएको १२औं शताब्दीको विणाधारिणी सरस्वती, भिन्छे बहालबाट चोरिएको ९ औँ शताब्दीको बुद्ध, पनौतीको त्रिबेणी घाटबाट चोरिएको १४ शताब्दीको सूर्य र हयुमत टोल काठमाडौँबाट चोरिएको १० औँ शताब्दीको गरुडाशन विष्णु हुन् []

बुद्ध कारीगरी कलाशाला

सम्पादन गर्नुहोस्

बुद्ध कारीगरी कलाशालामा बुद्धसम्बन्धि चित्रकला, मूर्ति तथा बौद्ध संस्कृति झल्कने सामग्रीहरू देख्नसक्छौं । यस कलाशालालाई अझ उत्कृष्ट ढङ्गबाट प्रस्तुत गर्न यस कलाशालालाई तीन भागमा विभाजन गरिएको छ तराई, काठमाडौँ उपत्यका तथा उत्तर हिमाल । तराई भागमा बुद्धको जन्मस्थल, चैत्य सम्बन्धी तस्वीर तथा काठमाडौँ उपत्यकामा बुद्धको आकृती वोधिसत्व तामामा कुंदिएका देख्नसक्छौं । उत्तर हिमाली भागमा हामीले तिब्बती बौद्धमार्गकोबारेमा धेरै विकसित संस्कृतिहरू देख्न सक्छौं । थान्का चित्र, तिब्बती धार्मिक वस्तुहरू तथा १९औं शताब्दीको मन्जुश्रीको चित्र यस कलाशालाका उत्कृष्ट सामग्रीहरू हुन् ।

ऐतिहासिक सङ्ग्रहालय

सम्पादन गर्नुहोस्

ऐतिहासिक सङ्ग्रहालयको भवन प्रधानमन्त्री भिमसेन थापाले १८औ शताब्दीमा निर्माण गरेका थिए । यस भवनमा नेपालमा पाइने विभिन्न प्रजातिका जनावर, चरा, किराफट्याङ्ग्रासम्बन्धि सामग्रीहरू राखिएका छन् । यहाँ बाघ, चितुवा, रातो पाण्डा, गैंडा तथा ह्वेलका हड्डी अवलोकन गर्न सक्छौं । यस भवनको अर्को विशेषता भनेको यहाँ रहेका सैन्य विभाग हो । जस अन्तर्गत हामी पुराना तथा नयाँ हातहतियार देख्न सक्छौं । यस भवनमा सन् १७९२मा भएको पहिलो नेपाल तिब्बत युद्धको क्रममा जफत गरिएका टोप, श्रीपेच, थोमसन सवमसिन गन, वीरगन सङ्ग्रह गरिएको छ । यस भवनमा नेपोलियन ३ द्वारा दिइएको तरवार तथा बाघ शिकारलाई शाही खेलका रूपमा लिएर बनाइएका चित्रकला अर्का मुख्य आर्कषण रहेका छन् ।

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. "Establishment of National Museum", bharatonline.com, अन्तिम पहुँच अप्रिल ०७, २०१२ 
  2. "National Museum of Nepal", अन्तिम पहुँच अप्रिल ०८, २०१२ 
  3. "National Museum of Nepal", Bharatonline.com, अन्तिम पहुँच जुलाई १७, २०१३ 
  4. Sharma, Janak Lal, "Museum Development in Nepal" 
  5. National Museum, "Visiting Hours" 
  6. "Nepal's Stolen Statues Come Home", Asia Times, सेप्टेम्बर १६, १९९९, अन्तिम पहुँच जुलाई १८, २०१३  वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर २९, २००० मिति