श्रीपेच

नेपाली राजाको राजमुकुट

श्रीपेच राजतन्त्रकालमा नेपालको राजाले प्रयोग गर्ने पारम्परिक पहिरन थियो। नेपाल एकीकरणपश्चात राजतन्त्रको उदय भएसँगै राजाहरूले यसको प्रयोग गर्ने गरेका थिए भने राणा शासन कालमा श्री ३ प्रधानमन्त्रीहरूले समेत विशेष किसिमको श्रीपेच पहिरिने गरेका थिए। नेपालका राजाले पहिरिने गरेको श्रीपेचमा ७ सय ५० वटा हिराका टुक्रा छन् भने टायरामा २ हजार ७ सय टुक्रा रहेको छ। श्रीपेचको पछिल्तिर झुन्डिने आकर्षक कल्कीचाहिँ बर्ड अफ प्याराडाइज नामक चराको पुच्छर हो। श्रीपेचको अभिन्न भागका रूपमा रहेको बर्ड अफ प्याराडाइज दुर्लभ र मार्न प्रतिबन्धित संरक्षित चरा भएकाले पनि श्रीपेचको महत्त्व विशेष रहेको छ।[१][३]

श्रीपेच
श्रीपेच
विवरणहरू
राष्ट्रनेपाल
निर्माण मितिअज्ञात
स्वामित्वराजेन्द्रविक्रम शाह[१]
तौल२ किग्रा (४.४ पाउन्ड)[२]
सामग्रीचाँदी
उल्लेखनीय रत्नहरूहिरा, मोती, माणिक, नवरत्नसुन
अन्य तत्वहरूबर्ड अफ प्याराडाइजको पुच्छर
पूर्वाधिकारीबीरेन्द्र शाह
उत्तराधिकारीज्ञानेन्द्र शाह (अन्तिम शासक)

श्रीपेचको पछाडिको कल्की पुरानो भई ढल्किँदै गएपछि चन्द्र शमशेर जङ्गबहादुर राणाको पालामा अमेरिकाबाट 'बर्ड अफ प्याराडाइज' चराको नयाँ पुच्छर ल्याएर श्रीपेचको सौन्दर्यीकरण गरेको थियो।[४][५]

इतिहास सम्पादन गर्नुहोस्

श्रीपेचको निर्माण कहिले भएको हो भन्ने यकिन प्रमाण नभएको भएतापनि राजेन्द्रविक्रम शाहले[१] सबैभन्दा पहिले श्रीपेच पहिरिन आरम्भ गरेका थिए।

विवरण सम्पादन गर्नुहोस्

श्रीपेचको कल्कीबाहेकका भागमा हिरा, मोती, माणिक, नवरत्न, सुनचाँदी जडिएका छन्।[६]वि.सं. २०६५ जेठ २९ गते ज्ञानेन्द्र शाहले नेपाल सरकारले हस्तान्तरण गरेको श्रीपेचको लगत राख्ने क्रममा नेपाल सुनचाँदी व्यवसायी सङ्घका पदाधिकारीहरूले श्रीपेचमा हीरामोती, माणिक, नवरत्न, सुन अधिक मात्रामा प्रयोग गरिएको र सबैभन्दा धेरै भागचाहिँ चाँदीको रहेको लगत तयार पारेको थियो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ "कसरी बन्छ श्रीपेच ?", रिपोर्टर्स नेपाल, अन्तिम पहुँच १३ नोभेम्बर २०२० 
  2. "श्रीपेच कुहिंदै", समुद्रपारी, अन्तिम पहुँच १३ नोभेम्बर २०२० 
  3. शर्मा, गोपाल, "With monarchy gone, Nepali crown to find new home", रिउटर्स (अङ्ग्रेजीमा), अन्तिम पहुँच १३ नोभेम्बर २०२० 
  4. "एउटा तस्बिर", नेपाली हिमाल, अन्तिम पहुँच १३ नोभेम्बर २०२० 
  5. "रहस्यमै श्रीपेचको इतिहास", प्रशासन, अन्तिम पहुँच १३ नोभेम्बर २०२० 
  6. "श्रीपेच कस्तो छ कसैलाई थाहा छैन", सेतो पाटी, अन्तिम पहुँच १३ नोभेम्बर २०२०