जयवर्माको मूर्ति
जयवर्माको मूर्ति लिच्छवि राजा जयवर्माको मूर्ति हो। [१] [२]
जयवर्माको मूर्ति | |
---|---|
वर्ष | 185 |
विषय | जयवर्मा |
स्थान | राष्ट्रिय संग्रहालय, नेपाल, Kathmandu |
विक्रम सम्बत् २०४९ वैशाख अन्तिम सातातिर काठमाडौंको मालीगाउँमा रामध्वज खड्काको जग्गामा घरको जग खन्दा पादपीठमा लिच्छवि लिपिमा लेखिएको १७१ सेन्टिमिटर उचाइ र ४९ सेन्टिमिटर चौडाइको एक प्रस्तर मूर्ति पाइयो। यो सन् १९९२ मा मालिगाउँ, काठमाडौं मा फेला परेको थियो र यो १८४/१८५ ईस्वी को हो। [३] [४] यस मूर्तिको पादपीठमा निम्न उल्लिखित अभिलेख यस प्रकार थियो:[५]
“ | संवत् १०७ श्रीपरमदेव .......महाराजेषु जयवम्मर्म | „ |
शिलालेख गुप्त शैली ब्राह्मी लिपिमा लेखिएको छ र यसमा जयवर्माको नाम र वर्ष छ। [३]
जयवर्माको शालिक हाल नेपालको राष्ट्रिय संग्रहालयमा राखिएको छ । [६] [७] जयवर्माको मूर्तिलाई नेपालको सबैभन्दा पुरानो बलौटे ढुङ्गाको मूर्ति मानिन्छ। [८]
ईस्वी २००४ मा, नेपाल सरकारले जयवर्माको प्रतिमा चित्रित टिकटहरू जारी गर्यो। [९]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Mishra, Tara Nanda (नोभेम्बर २०००), "Dated Figure of King Jayavarma, The Tradition of Figure Making and The Historical Importance of This Discovery", Ancient Nepal 146: 1–23, मूलबाट २६ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ नोभेम्बर २०२१ – Digital Himalayaद्वारा।
- ↑ Tamot, Kashinath; Ian, Alsop (१० जुलाई १९९६), "Kashinath Tamot and Ian Alsop: A Kushan-Period Sculpture on Asianart.com", Asianart, मूलबाट २७ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ नोभेम्बर २०२१।
- ↑ ३.० ३.१ Garbini, Riccardo (२००२), "On Dating the Jayavarman Inscription: (Two) Hundred and Seven of the Śaka Era?", East and West 52 (1/4): 421–426, आइएसएसएन 0012-8376, जेएसटिओआर 29757550, मूलबाट २७ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ नोभेम्बर २०२१।
- ↑ Voice of History: An Annual Journal of T.U. History Association, २०००, अन्तिम पहुँच २७ नोभेम्बर २०२१।
- ↑ राजवंशी, शङ्करमान, "मालिगाउँमा प्राप्त नयाँ अभिलेखको बारेमा विचार विमर्श", प्राचीन नेपाल।
- ↑ Messerschmidt, Don (२०१०), "Nepal's National Pride: The Chhauni Museum", ECS Nepal 79, मूलबाट २६ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ नोभेम्बर २०२१ – ECS Mediaद्वारा।
- ↑ "King Jayavarma (Jayavarman) [Hindu Stone Sculptures (NMN)]", Wisdom Library (अङ्ग्रेजीमा), १७ मार्च २०२०, मूलबाट २६ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ नोभेम्बर २०२१।
- ↑ Mt. Everest & More--: Special interest attractions, २००१।
- ↑ "Stamp: Jaya Varma, National Museum Chhauni", Colnect (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१२-१८।
थप पढाइ
सम्पादन गर्नुहोस्- Jaya Varmako Murti Ra Nepalko Varma Bansha।
- "जग खन्दा भेटिएको मूर्तिले थप्यो लिच्छवि इतिहासमा नयाँ अध्याय", Setopati (नेपालीमा), अन्तिम पहुँच २७ नोभेम्बर २०२१।