एयर डाइनेष्टी हेलिकप्टर दुर्घटना
फाल्गुन १५, २०७५ बुधबार दिउँसो ताप्लेजुङमा भएको एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको मृत्यु भएको थियो । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि गएका मन्त्री सहितको टोली पाथिभरा दर्शनका लागि गएको थियो । मन्दिर दर्शन गरेर फर्कने क्रममा दुर्घटनामा परेको हो । काठमाडौंबाट बिहान साढे ८ बजे तेह्रथुमका लागि कल साइन अल्फा माइक इन्डिया (एएमआई) भएको हेलिकप्टरमा सवार सबैको मृत्यु भएको हो ।
दुर्घटना | |
---|---|
मिति | २७ फेब्रुअरी २०१९ |
सारांश | भिरमा ठोक्किएर हेलिकप्टर दुर्घटना |
स्थल | ताप्लेजुङ, नेपाल |
मृतक सङ्ख्या | ७ |
सञ्चालक | एयर डाइनेष्टी |
दर्ता नम्बर | 9N-AMI |
अन्तिम बिसौनी | पाथीभरा देवी |
गन्तव्य | काठमाडौँ, नेपाल |
सिट सङ्ख्या | ५ |
यात्रुहरू | ६ |
चालक दल | १ |
मृत्यु | ७ |
जोगिन सफल | ० |
मृत्यु भएका व्यक्तिहरु
सम्पादन गर्नुहोस्- रविन्द्र अधिकारी (मन्त्री)
- अर्जुन घिमिरे (पीएसओ नेपाली सेनाका जमदार)
- वीरेन्द्र श्रेष्ठ (उपमहानिर्देशक, उड्डयन प्राविधिकरण)
- युवराज दाहाल (उपसचिव)
- आङछिरिङ शेर्पा (पर्यटन व्यवसायी)
- ध्रुव भोछ्याभोया (निर्देशक, उड्डयन प्राविधिकरण)
- प्रभाकर केसी (पाइलट)