रणजंग पाँडे
रणजंग पाँडे वि. सं. १८९४ साउनमा मुख्तियार (प्रधानमन्त्री) भिमसेन थापालाई पदच्युत गरिएपछि मुलुकको केन्द्रीय राजनीतिमा पकड बनाउन सफल भएका थिए। मुलुकको मुख्तियारी पण्डित रङ्गनाथ पौडेलले पाएका भएपनि उनको अधिकार क्षेत्र मुलुकी बन्दोवस्त र परराष्ट्र विभागमा मात्र सिमित थियो। रणजंग पाण्डेले त्यसबेला जंगी विभागको जिम्मेवारी पाएका थिए। त्यसपछि तत्कालीन राजा राजेन्द्रको निर्देशन अनुसार उनको जफत भएको पारिवारिक जमीन फर्काइयो र उनका दाजु रणदल पाँडेलाई काजी बनाएर पाल्पा पठाइएको थियो।
श्री श्री श्री मुख्तियार काजी रणजङ्ग पाँडे | |
---|---|
![]() मुख्तियार काजी रणजंग पाण्डे | |
मुख्तियार काजी | |
कार्यकाल सन् १८३७ देखि १८३७ | |
पूर्वाधिकारी | भिमसेन थापा |
उतराधिकारी | रङ्गनाथ पौडेल |
कार्यकाल सन् १८३९ देखि १८४० | |
पूर्वाधिकारी | पुष्कर शाह |
उतराधिकारी | फत्तेजङ्ग शाह |
व्यक्तिगत विवरण | |
जन्म | सन् १७८९ काठमाडौँ |
मृत्यु | सन् १८४३ अप्रिल १४ काठमाडौँ |
राष्ट्रियता | नेपाली |
सन्तान(हरू) | बदरजङ्ग, टेकजङ्ग, समरजङ्ग, शम्शेरजङ्ग |
पिता | दामोदर पाण्डे |
नातेदार | दाजु रणदल पाण्डे |
वि. सं. १९९५ भाद्रमा रंगनाथ पण्डितले राजीनामा दिएपछि चौतारीया पुष्कर शाहलाई मुख्तियारी दिइयो र सोही वर्षको पुस महिनामा रणजंग पाँडे मुख्यमन्त्री बनाइए। तत्कालीन जेठी रानी साम्राज्य लक्ष्मीको दबाबका कारण वि. सं. १८९७ साल माघ (इसं १८४० फेब्रुअरी १४)मा राजा राजेन्द्रविक्रम शाहले उनलाई मुख्तियार नियुक्त गरे। भीमसेन थापाको पतन पछि रणजङ पाण्डे सैनिक प्रमुखको पदमा बसे । नेपालमा कम्पनी अङ्ग्रेज फिरङ्गी विरोधी धारणा खूब बढ्यो । त्यही बेला सोमेश्वर किल्ला गौँडा कुरेका नेपाली सिपाहीहरू बडो अधैर्यसाथ बृटिश भारत अधीनका रामनगरका ९१ गाउँहरू लुट गरी फर्के।[१] रणजङ पाँडे नै सैनिक प्रमुखको पदमा बसेका हुनाले श्री ५ राजेन्द्रले बृटिश भारतीयको दबाबमा रणजङको भरदारी खारेज गराए।[२] वि.सं. १८९८ साल कात्तिक (इसं १८४० नोभेम्बर १)मा उनलाई सो पदबाट हटाइयो।[३]
वि.सं. १९०० वेशाख ६ मा रणबम पाण्डे , करवीर पाण्डे , रणदल पाण्डे लगायत पांच जना पांडेहरूलाई काठमाडौँमा काटियो र त्यही ह्दयविदारक दृश्य काजी रणजंग पाण्डेले देख्नासाथ तत्काल उनको ह्दयगगि वन्द भई मृत्यु भयो ।
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २१५, आइएसबिएन 99933-2-406-X।
- ↑ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २१६, आइएसबिएन 99933-2-406-X।
- ↑ प्राचिन नेपाल (पृष्ठ-३२ ), बैसाख २०६३, पुरातत्व विभाग