रङ दे बसन्ती (पञ्जाबी: ਰੰਗ ਦੇ ਬਸੰਤੀ; उर्दू: رنگ دے بسنتى) एक भारतीय हिन्दी चलचित्र हो।[४] यो चलचित्र २६ जनवरी २००६ मा प्रदर्शित भएको थियो। यस चलचित्रको निर्देशक राकेश ओमप्रकाश मेहरा हुन्। चलचित्रमा मुख्य कलाकारहरूमा आमिर खान, सिद्धार्थ नारायण, सोहा अली खान, कुणाल कपूर, आर. माधवन, शर्मन जोशी, अतुल कुलकर्णी र ब्रिटिस अभिनेत्री एलिस प्याटन सामेल छन्।

रङ दे बसन्ती
प्रचार पोस्टर
निर्देशकराकेश ओमप्रकाश मेहरा
लेखकराकेश ओमप्रकाश मेहरा
कमलेश पाण्डे
रेन्सिल डि'सिल्भा
कथाकमलेश पाण्डे
निर्माताराकेश ओमप्रकाश मेहरा
रोनी स्क्रूवाला
मुख्य कलाकारआमिर खान
सिद्धार्थ
अतुल कुलकर्णी
शर्मन जोशी
कुणाल कपूर
एलिस प्याटन
सोहा अली खान
छायाङ्कनविनोद प्रधान
सम्पादनपी एस भारती
सङ्गीतए आर रहमान
वितरक
कम्पनी
राकेश ओमप्रकाश मेहरा पिक्चर्स
वितरकयुटिभी मोसन पिक्चर्स
प्रदर्शन मिति
  • २७ जनवरी २००६ (2006-01-27)
अवधि
१५७ मिनेट
देशभारत
भाषाहिन्दी
बजेट२८० मिलियन[१]
बक्स अफिसअनुमान९७० मिलियन[२][३]

पच्चीस करोडको लगानीमा बनेको यो चलचित्र नयाँ दिल्ली, मुम्बई, राजस्थानपञ्जाबमा छायाङ्कन गरिएको थियो। कहानी एक ब्रिटिस वृत्तचित्र निर्माताको हो जो आफ्नो हजुरबुबाको डायरी प्रविष्टिहरूको आधारमा भारतीय स्वतन्त्रता फाइटरहरूको बारेमा एक चलचित्र बनाउनका लागि भारत आउछिन्।

यस चलचित्रलाई सर्वश्रेष्ठ विदेशी भाषा चलचित्रको लागि सन् २००६ बाफ्टा पुरस्कारमा नामाङ्कित गरिएको थियो। रङ दे बसन्तीलाई सर्वश्रेष्ठ विदेशी भाषा चलचित्र वर्गमा गोल्डन ग्लोब पुरस्कारएकेडेमी पुरस्कारको लागि भारतको आधिकारिक प्रविष्टिको रूपमा चुनिएको थियो। ए आर रहमानको सङ्गीतलाई पनि दुई एकेडेमी पुरस्कार नामाङ्कन मिलेको थियो।[५]

यस चलचित्रलाई दर्शकहरू र समीक्षकहरूद्वारा समान रूपमा प्रशंसित गरिएको थियो।

कलाकार सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Rang De Basanti - Movie - Box Office India", www.boxofficeindia.com, अन्तिम पहुँच १५ जनवरी २०२० 
  2. http://www.boxofficeindia.com/movie.php?movieid=369
  3. "Top Lifetime Grossers Worldwide (IND Rs)", Boxofficeindia.com, मूलबाट २१ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अप्रिल २०११  वेब्याक मेसिन अभिलेखिकरण १५ अक्टोबर २०१३ मिति
  4. "'रंग दे बसंती'", बीबीसी हिंदी, २६ सितंबर २००६। 
  5. "ऑस्कर के लिए जाएगी 'रंग दे बसंती'", बीबीसी हिंदी, २६ सितंबर २००६, मूलबाट २८ अगस्त २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ सितंबर २००६ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्