मौना केया
मौना केया हवाई टापुमा अवस्थित एक निष्क्रिय ढाल ज्वालामुखी हो जसको शिखरविन्दु समुद्र सतहबाट ४,२०७.३ मिटर (१३,८०३ फिट) अग्लो रहेको छ। यो हवाईको सबैभन्दा अग्लो विन्दु र विश्वको सबैभन्दा ठूलो उष्णकटिबन्धीय टापु न्यु गिनीपछि दोस्रो उच्चतम उच्च विन्दु भएको टापु हो। यसको शिखरविन्दु मौना लोआभन्दा ३८ मिटर (१२५ फिट) अग्लो छ। यस टापुको पानीमुनी दबेको र सतहबाट माथिको भागलाई जोड्दा सगरमाथाको उचाई ८,८४८.८६ मिटर (२९,०३२ फिट) भन्दा बढी रहेकाले केही अधिकारीहरूले मौना केआलाई यसको पानीमुनिको आधारबाट संसारको सबैभन्दा अग्लो हिमालको सङ्ज्ञा दिएका छन्। समुद्रको भित्री भागदेखि यसको उच्च शिखरसम्म संसारकै सबैभन्दा अग्लो पहाड मौना केआ लामो समयदेखि एक निष्क्रिय ज्वालामुखी हो। मौना केयाको आधा भन्दा बढी भाग प्रशान्त महासागर भित्र छ। यो पहाडको लगभग ६,००० मिटर भाग समुद्र सतह भन्दा तल छ भने ४,२०५ मिटर अग्लो भाग समुद्री सतह भन्दा माथि छ। मौका केया पछि हवाईमा सक्रिय ज्वालामुखी मौना लोआ पृथ्वीको सबैभन्दा ठूलो दोस्रो पहाड हो जसको समुद्री सतहभन्दा तलदेखि उच्चविन्दुसम्मको उचाइ ९,००० मिटर भन्दा बढी छ।
मौना केया | |
---|---|
मौना केया[१] | |
सर्वोच्च विन्दु | |
उचाइ | ४,२०७.३ मी (१३,८०३ फिट)[२] |
प्रमुखता | ९,३३० मी (३०,६१० फिट)[२] |
अभिभावक शिखर | |
भिन्नता | ३,९४७ किमी (२,४५३ माइल)[३] |
निर्देशाङ्क | १९°४९′१४.४″उ॰ १५५°२८′०५.०″प॰ / १९.८२०६६७°N १५५.४६८०५६°Wनिर्देशाङ्कहरू: १९°४९′१४.४″उ॰ १५५°२८′०५.०″प॰ / १९.८२०६६७°N १५५.४६८०५६°W[२] |
भूगोल | |
स्थान | हवाई, संयुक्त राज्य अमेरिका |
हिमशृङ्खला | हवाई टापु |
भूविज्ञान | |
चट्टानको उमेर | सबैभन्दा पुरानो चट्टाको उमेर: २,३७,००० ± ३१,००० वर्ष वर्तमान पूर्व[४] लगभग: ~१० लाख वर्ष[४] |
हिमाल प्रकार | निष्क्रिय ज्वालामुखी |
ज्वालामुखीय चाप/ज्वालामुखीय सक्रिय क्षेत्र | हवाईयाली–सम्राट समुद्री पर्वत शृङ्खला |
पछिल्लो विस्फोट | २४६० इसापूर्व ± १०० वर्ष |
आरोहण | |
पहिलो आरोहण | गुडरिच (सन् १८२३) |
सबैभन्दा सजिलो मार्ग | मौना केया पथ |
नामाङ्कित | सन् १९७२ नोभेम्बर |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Why does OMKM spell "Maunakea" as one word?", Office of Maunakea Management, मूलबाट सेप्टेम्बर ३, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २६, २०१९। वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर ३, २०१८ मिति
- ↑ २.० २.१ २.२ "Mauna Kea", NGS Station Datasheet, United States National Geodetic Survey, मूलबाट फेब्रुअरी २, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २७, २०१५।
- ↑ "Mauna Kea", Summits of the World, peakbagger.com, मूलबाट अक्टोबर २३, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २७, २०१५।
- ↑ ४.० ४.१ "Mauna Kea Hawai'i's Tallest Volcano", Hawaiian Volcano Observatory – United States Geological Survey, मे २२, २००२, मूलबाट सेप्टेम्बर ४, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ८, २०१०।