मोल छुचुन्द्रो
मोल छुचुन्द्रो मुसाजस्तै भूमिगत जीवन शैलीमा अनुकूलित साना स्तनपायी जनावर हुन्। छुचुन्द्रो को गणमा पर्ने र उनीहरुसंग मिल्दोजुल्दो हुने भएपनि , मोल ताल्पिडे कुलका हुन् भने छुचुन्द्रो सोरिसिडे कुलका हुन्। तिनीहरूको बेलनाकार शरीर, मखमली रौ, र साना, अस्पष्ट आँखा र कान हुन्छन। अग्रभाग छोटा भएपनि खन्नको लागि अनुकूलित तिनका ठूला पञ्जाहरू शक्तिशाली हुन्छन्।
मोल छुचुन्द्रो सामयिक शृङ्खला: | |
---|---|
Left column:
| |
वैज्ञानिक वर्गीकरण | |
Kingdom: | जनावर |
Phylum: | रज्जुकी |
वर्ग: | स्तनधारी प्राणी |
गण: | Eulipotyphla |
Superfamily: | Talpoidea |
परिवार: | Talpidae G. Fischer, 1814 |
प्रकार वंश | |
Talpa Linnaeus, 1758 | |
Subfamilies | |
"मोल" शब्दले ताल्पिडे परिवारको कुनै पनि प्रजातिलाई जनाउँछ र यो शब्द आफै ल्याटिन भाषामा "ताल्पा" अर्थात मोलको अनुवाद हो। यी उत्तरी अमेरिका, यूरोप र एशिया को अधिकांश भागहरुमा पाइन्छ।
मोलहरूले मालीहरूका लागि धेरै दुख दिएपनि तिनीहरूले माटो, बगैंचा र पारिस्थितिकी प्रणालीहरूमा सकारात्मक योगदानहरू प्रदान गर्छन। तिनीहरुले बिरुवाको जरा खाने साना जनावरहरु खानुसंगै आफै ठुला जनावरको लागि आहारा भएर पर्यावरणमा आफ्नो योगदान दिन्छन्। तिनीहरूले माटोमा गँड्यौला र अन्य साना अकशेरुकहरू खान्छन्।