मिलेनियम च्यालेन्ज कर्पोरेसन
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विश्वव्यापी गरिबीसँग जुध्न विभिन्न मुलुकहरूमा आर्थिक अनुदान उपलब्ध गराउने अमेरिकाको वैदेशिक सहायता एजेन्सी हो ।
निकाय विवरण | |
---|---|
गठन | जनवरी २००४ |
प्रधान कार्यालय | वासिङ्टन, डी.सी. |
कर्मचारीहरू | ~३०० (२०११) |
वार्षिक बजेट | $८०करोड (आर्थिक वर्ष २०१८)[१] |
निकाय कार्यकारी |
|
वेबसाइट | www.mcc.gov |
अमेरिकी कंग्रेसले सन् २००४ जनवरीमा एमसीसी पारित गरेको थियो ।
आर्थिक वृद्धि प्रबर्द्धन, गरिबी न्यूनीकरण र संस्थाहरूको सुदृढीकरणका लागि निश्चित समयका लागि एमसीसीले अनुदान सहयोग गर्छ ।
एमसीसीले विश्वभर ‘कम्प्याक्ट एन्ड थ्रेसहोल्ड’ कार्यक्रम अन्तर्गत कृषि, सुशासन, शिक्षा, ऊर्जा, उद्यमशीलता विकास, स्वास्थ्य, भूमिसुधार, यातायात पूर्वाधार, खानेपानी तथा सरसफाइलगायत क्षेत्रमा १३ बिलियन अमेरिकी डलरभन्दा बढी सहयोग दिइसकेको छ ।
एमसीसीको सञ्चालक समितिमा अमेरिकी विदेशमन्त्री अध्यक्ष हुन्छन् । अमेरिकी अर्थमन्त्री, युएसएआईडीका प्रशासक, अमेरिकी व्यापार प्रतिनिधि, एमसीसीका प्रमुख कार्यकारी र निजी क्षेत्रबाट चारजना यसमा सदस्य रहन्छन् ।
राष्ट्रहरू
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "FY 2019 Congressional Budget Justification - Department of State, Foreign Operations, and Related Programs", U.S. Department of State, फेब्रुअरी १२, २०१८, मूलबाट फेब्रुअरी १२, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २४, २०१८।