महबुब आलम (जन्म: सन् १९८१ अगस्ट ३१) एक नेपाली क्रिकेट खेलाडी हुन्। अल राउन्डरको भूमिकामा क्रिकेट मैदानमा प्रस्तुत हुने महबुब, बायाँ हाते ब्याट्सम्यान र बायाँ हाते तीव्र गतिका बलर हुन्।[१] उनले नेपाल राष्ट्रिय क्रिकेट टोलीको प्रतिनिधित्व गर्दै सन् २००० मा जापान राष्ट्रिय क्रिकेट टोली विरुद्ध क्रिकेट जीवनको पदार्पण गरेका थिए।[२]

महबुब आलम
व्यक्तिगत जानकारी
जन्म (1981-08-31) ३१ अगस्ट १९८१ (उमेर ४२)
राजविराज नगरपालिका, सप्तरी, नेपाल
ब्याटिङबायाँ हाते
बलिङबायाँ हाते तीव्र बलर
भूमिकाअल-राउन्डर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
घरेलु टोली जानकारी
वर्षटिम
सन् २०१४–२०१४सगरमाथा लिजेन्ड्स (एनपिएल)
सन् २००३–२०१५बिराटनगर (राष्ट्रिय लिग)
सन् २०१३–२०१५पेन्टागन (एसपिए कप)
खेल जीवन तथ्याङ्क
प्रतियोगिता प्रथम श्रेणी क्रिकेट ट्वान्टी ट्वान्टी युवा एकदिवसीय
म्याच
रन स्कोर ९८ ३४ १९
ब्याटिङ औसत १४.०० ५.६६ ६.३३
१००/५० ०/० ०/० ०/०
सर्वोच्च स्कोर ३४ १३ १५
कुल बल ४१४ ४२ १०२
विकेट १२
बलिङ औसत १४.८३ ४७.२० २३.७५
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट
उत्कृष्ट बलिङ ३/२५ १/२० ३/३६
क्याच/स्टम्प १/० २/- ०/०
स्रोत: क्रिकइन्फो, ९ मार्च सन् २०१५

सन् २००८ को आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन फाइभको एक खेलमा मोजाम्बिक राष्ट्रिय क्रिकेट टोलीलाई मात्र १९ रनमा रोक्न महबुबले ७.५ ओभर बलिङ गर्दै १२ रन खर्चेर मोजाम्बिक क्रिकेट टोलीको १० वटै खेलाडीलाई आउट गरेका थिए। सीमित ओभर क्रिकेटमा एउटा क्रिकेट टोलीविरुद्ध १२ रन खर्चेर दस वटै विकेट लिने कीर्तिमानको लागि उनलाई गिनिज वर्ल्ड रेकर्ड्सले आफ्नो सूचीमा सूचिकृत गरेको छ।[३][४]

जीवनी सम्पादन गर्नुहोस्

महबुबको जन्म ३१ अगस्त १९८१ राजविराज नगरपालिकामा भएको हो। महबुबले सर्वप्रथम नेपालबाट खेल्ने मौका सन् २००० मा श्रीलङ्कामा भएको अन्डर १९ विश्वकपमा पाएका थिए । त्यसलगत्तै उनले नेपाली राष्ट्रिय क्रिकेट टिम मा पनि स्थान पक्का गरेका थिए । उनले राष्ट्रिय क्रिकेट टोलीबाट युएई मा भएको एसिसि ट्रफी त्यसै वर्ष खेलेका थिए । ओंटेरियोमा भएको सन् २००१ को एसिसि ट्रफीको ३ म्याच उनले खेलेका थिए । सन् २००२ मा सिंगापुरमा भएको एसिसि ट्रफीमा उनले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई फाइनल सम्म पुर्याएका थिए । युएई र मलेसियामा भएको २००४ आइ सी सी इन्टर्कनटिनेंटल कपमा उनले आफ्नो प्रथम श्रेणी क्रिकेटको आरम्भ गरेका थिए ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Mehboob Alam", Cricinfo 
  2. "Scorecard of Japan v Nepal, Asian Cricket Council Trophy 2000/01 (Group B)", cricketarchive.com 
  3. "First bowler to take 10 wickets in a limited overs international", Guinness World Records, अन्तिम पहुँच २९ जुलाई २०१४ 
  4. "Alam takes 10 wickets in Jersey", BBC, २६ मे २००८।