मनीष डाँगी (जन्म: वि.स २०५८ असोज १) एक नेपाली व्यवसायिक फुटबल खेलाडी हुन्। उनी सहिद स्मारक ए डिभिजन लिग क्लब मच्छिन्द्रनेपाल राष्ट्रिय टिमका लागि अग्रपङ्क्तिका रूपमा खेल्नेे गर्दछन्। उनीसँग कोरियाली नागरिकता लिने र कोरियामा व्यावसायिक फुटबल खेल जीवन सुरु गर्ने अवसर थियो तर उनले यसलाई अस्वीकार गर्दै नेपालका लागि खेल्ने निर्णय गरेका थिए। [१]

मनीष डाँगी
व्यक्तिगत जानकारी
पुरा नाम मनीष डाँगी
जन्म मिति (2001-09-17) १७ सेप्टेम्बर २००१ (उमेर २२)
जन्म स्थान काठमाडौँ, नेपाल
उचाइ १.७० मिटर
खेल्ने स्थान(हरू) आक्रमक अग्रपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
मछिन्द्र
युवा करियर
सन् २०१७ सिनहाङ
सन् २०१८ दङ्दुसान
सन् २०१९ दङ्दुसान सिनहाङ
सन् २०२०–२०२१ पोसान
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
सन् २०२१ विराटनगर सिटी (०)
सन् २०२१– मछिन्द्र
अन्तर्राष्ट्रिय करियर
सन् २०२१– नेपाल (२)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १५:१५, २० सेप्टेम्बर २०२१
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १५:१५, २० सेप्टेम्बर २०२१

मनीष डाँगीले नेपालका लागि सन् २०१९ को साफ अन्डर १८ च्याम्पियनसिपमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेका थिए। [२]उनले प्रतियोगितामा माल्दिभ्स विरुद्ध गोल गरेका थिए। [३] उनको गोल प्रतियोगितामा नेपालले गरेको एक मात्र गोल थियो। [४] उनले सन् २०२० एएफसी अन्डर १९ च्याम्पियनसिप छनोटमा पनि नेपालका लागि खेलेका थिए। [५]

सन् २०२१ मा नेपाली राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षकको रुपमा अब्दुल्लाह अल मुताइरीको आगमन पछि मनीष र धेरै अन्य युवा खेलाडीहरूसँग पहिलोपटक वरिष्ठ राष्ट्रिय टोली शिविरमा बोलाइएको थियो। मनीषले सन् २०२१ मे २ का दिन इराक विरुद्ध अन्तर्राष्ट्रिय खेल खेले जहाँ उनले आफ्नो पहिलो गोल गरेका थिए। [६] उनले सन् २०२१ को साफ च्याम्पियनसिपमा माल्दिभ्स विरुद्ध आफ्नो दोस्रो अन्तर्राष्ट्रिय गोल गरेका थिए।

खेल जीवन तथ्याङ्क सम्पादन गर्नुहोस्

अद्यावधिक १ अक्टोबर २०२१ मा खेलिएको खेलका अनुसार[७]
राष्ट्रिय टोलीका लागि जनाएको उपस्थिति र गरेको गोलहरू
राष्ट्रिय टोली वर्ष उपस्थिति गोलहरू
नेपाल सन् २०२१
जम्मा

अन्तर्राष्ट्रिय गोलहरू सम्पादन गर्नुहोस्

सि मिति स्थान प्रतिद्वन्दी अङ्क परिणाम प्रतियोगिता
१. २ मे २०२१ अल फायहा रङ्गशाला, बसरा, इराक   इराक –१ २-६ मैत्रीपूर्ण
२. १ अक्टोबर २०२१ राष्ट्रिय फुटबल रङ्गशाला, माले, माल्दिभ्स   माल्दिभ्स -० १-० साफ च्याम्पियनसिप २०२१

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. 수정: 2021.03.11 21:57, 입력: 2021 03 11 21:57 (२०२१-०३-११), "머니스, 이대로 떠나야 하나", www.khan.co.kr (कोरियालीमा), अन्तिम पहुँच २०२१-१०-०१ 
  2. "Nepal U19 International Manish Dangi Playing For Pocheon FC U18", GoalNepal, अन्तिम पहुँच २०२१-०५-३१ 
  3. "Maldives share spoils with Nepal | Football | News |", the-AFC (en-GBमा), अन्तिम पहुँच २०२१-०५-३१ 
  4. "SAFF U18 Championship2019", GoalNepal, अन्तिम पहुँच २०२१-०५-३१ 
  5. "AFC U19 Championship Qualifiers 2020", GoalNepal, अन्तिम पहुँच २०२१-०५-३१ 
  6. "Manish Dangi & Gautam Shrestha To Debut For Nepal", GoalNepal, अन्तिम पहुँच २०२१-०५-३१ 
  7. "राष्ट्रिय फुटबल टोली तथ्याङ्क", राष्ट्रिय फुटबल टोली, अन्तिम पहुँच १ अक्टोबर २०२१ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्