मझौला सेतोबकुल्ला मझौला आकारको बकुल्ला प्रजातिको चरा हो। यो चरा नेपाल लगायतका दक्षिण तथा पूर्वी एसियाली राष्ट्र, अफ्रिकाअष्ट्रेलियामा पाइने गर्छ।

मझौला सेतोबकुल्ला
Ardea intermedia
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
A. intermedia
वैज्ञानिक नाम
Ardea intermedia
  प्रजनन दायरा
  वर्ष भरि
  शीतकालिन दयरा
  बसाइँसराइ दायरा

विवरण सम्पादन गर्नुहोस्

मझौला सेतोबकुल्ला एक मझौला खालको बकुल्ला हो र यो सानो सेतोबकुल्ला भन्दा ठूलो र ठूलो सेतोबकुल्ला भन्दा सानो हुन्छ। बकुल्लाको प्वाँख र सबै शरीर सेतो हुन्छ भने प्रजननका बेलामा यसको चमक अझै बढ्छ। यो पङ्क्षी ५६–७२ सेमी (२२–२८ इन्च) अग्लो हुन्छ भने यसको एक पखेटा देखि अर्को पखेटाको लम्बाई १०५–११५ सेमी (४१–४५ इन्च) हुन्छ। यस पङ्क्षीको तौल ४०० ग्रा (१४ औंस) हुन्छ। यस चराको सबै ज्यान सेतो, खैरो खुट्टा र मोटो बाक्लो पहेँलो चुच्चो हुन्छ। प्रजनन गर्ने चराहरूको भने हल्का कालो चुच्चो र महिलो पहेँलो खुट्टा हुन्छ। यस प्रजातिका पङ्क्षीहरूको भाले र पोथी लगभग एकै प्रकारका हुन्छन्।

ठूलो सेतोबकुल्ला र मझौला सेतोबकुल्ला बीचको फरक सम्पादन गर्नुहोस्

 
उडिरहेको मझौला सेतोबकुल्ला
 
चित्रमा ठूलो र मझौला सेतोबकुल्लाको तुलना

यी दुई बकुल्लाका प्रजातिहरू मध्ये प्रजनन नगर्ने लगभग एउटै देखिन्छन् तर अन्य मझौला सेतोबकुल्ला भने ठूलो सेतोबकुल्लाको तुलनामा थोरै सानो हुन्छ र मझौला बकुल्लाको घाँटी लम्बाई ठूलो बकुल्लाको तुलनामा छोटो हुन्छ। मझौला बकुल्लाको चुच्चो ठूलो बकुल्लाको तुलनामा छोटो र फिक्का पहेँलो रङ्गको हुन्छ साथै कम तीखो हुन्छ।

सानो सेतोबकुल्ला र मझौला सेतोबकुल्ला बीचको फरक सम्पादन गर्नुहोस्

सानो सेतोबकुल्लाको हल्का पहेँलो खुट्टा र कालो चुच्चो हुन्छ। सानो बकुल्लाहरू माछाका लागि पानीमा पछि लाउने काम गर्छन्।

वितरण र बासस्थान सम्पादन गर्नुहोस्

यस प्रजातिका बकुल्ला विश्वमा प्रशस्त मात्रामा पाइन्छन्। यस पङ्क्षी मुख्यतया सफा पानीको वरिपरिको नदि, ताल, पोखरी र तटीय क्षेत्रमा पाइन्छन्। यो पङ्क्षी कहिलेकाँही धान रोपेको ठाउँमा पनि माछा खानका लागि लामो समयसम्म एकै ठाउँमा बस्ने गर्छ।

यो प्रजातिको पंक्षी तटीय क्षेत्रमा कम बसोबास गर्ने भएता पनि कहिलेकाँही यो पंक्षी समुन्द्री किनार, समुन्द्री जलधार र म्याङग्रुफको जङ्गलमा पनि देखा पर्छ।

आहारा सम्पादन गर्नुहोस्

यो पङ्क्षीले तटीय क्षेत्र र सफा पानी भएको क्षेत्रमा उसको सिकारलाई थाहा नपाइकन पिछा गर्छ र राम्रो मौका पाउने बित्तिकै हमला गर्छ र त्यसलाई मार्ने गर्छ। यस पङ्क्षीले साना माछा, चेपाकाँडा, भ्यागुता र किराहरू खाने गर्छ। यसले अग्लो रुखको टुप्पोमा बकुल्ला जातिको अन्य चराले गुण बनाउने ठाउँको वरिपरिको क्षेत्रमा गुण बनाउँछ। यस प्रजातिको पोथीले ५ वटा अण्डा पार्ने गर्छ।[२]

खतराहरू सम्पादन गर्नुहोस्

यो प्रजातिको बकुल्ला विश्व भरि प्रशस्त मात्रामा पाइन्छ त्यसैले यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कम चासोको प्रजातिका सूचीकृत गरेको छ। यो पङ्क्षी मानव जातिसँग निकै डराउन र मानवको आवतजावत भएको स्थानमा नबस्ने भएकाले केही स्थानमा यो प्रजाति फेला परेका छैनन्।

जापनमा सन् १९६० को दशक पछि यो प्रजाति त्यहाँ अत्याधिक प्रदुषण र गुण बनाउने उपयुक्त ठाउँ नभएकाले बिस्तारै हराउँदै गएका छन्। यो प्रजाति अस्ट्रेलियाको उत्तरी क्षेत्रमा भएको आधुनिकिकरण, प्रदुषण र वनजङ्गलको विनाशका कारण सङ्कटमा परेको छ। मझौला सेतोबकुल्लालाई नाइजेरियामा अौसध बनाउनका लागि अवैध चोरी सिकारी गरिएको पाइएको छ।

स्थित सम्पादन गर्नुहोस्

मझौला सेतोबकुल्लालाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ द्वरा कम चासोका प्रजातिको रूपमा वर्गीकृत गरिएको छ र यसलाई आइयुसीएनको रातो सूचीमा पनि सूचीकृत गरिएको छ।[३]

तस्वीर सङ्ग्रह सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. बर्डलाइफ इन्टरनेसनल (२०१६), "मझौला सेतोबकुल्ला", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची २०१६, अन्तिम पहुँच २५ डिसेम्बर २०१८ 
  2. "मझौला सेतोबकुल्लाको विवरण", विउट अफ बर्डस् 
  3. "मझौला सेतोबकुल्लाको पूर्ण जानकारी", द आर्काइभ  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-०५ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्