ऋषिकेश शाह

नेपालका पूर्वमन्त्री

ऋषिकेश शाह नेपालका पूर्वमन्त्री हुन्। यिनी २०१७ पुष १मा राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला लाई हटाई निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि मन्त्री भएका थिए।

ऋषिकेश शाह
राजसभा स्थायी समितिका सभापति
कार्यकाल
२०२० मंसिर २२ [१] – २०२१ आषाढ २१ [२]
एकाधिपतिराजा महेन्द्र
पूर्वाधिकारीकुँवर इन्द्रजित सिंह
उतराधिकारी-
व्यक्तिगत विवरण
जन्म१९८२
पाल्पा [३]
मृत्युवि.सं २०५९ कार्तिक २७
काठमान्डू
राजनीतिक दलनेपाली कांग्रेस परित्याग
अभिभावकs
  • भिरकोटे राजा तारक बहादुर शाह (पिता)
  • रानी मदन दिव्येश्वरी शाह[४] (आमा)
परिचिसंयुक्त राष्ट्रसङ्घको नेपाल प्रथम स्थायी प्रतिनिधि

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

ऋषिकेश शाह भिरकोटे राजा र जनरल प्रतापशमशेरकी छोरी मदनदिव्येश्वरीका पुत्र थिए। घर र मावल दुवै राजघराना भएकाले त्यसको असर ऋषिकेशको व्यक्तित्वमा पर्‍यो । उनले दार्जिलिङको सेन्ट रोबर्ट्स हाइस्कुलबाट म्याट्रिक गरेर पटना विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा र इलाहावाद विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरे ।

अध्ययनसँगै जागिरे जीवनको खुड्किलो चढ्न पनि पारिवारिक पृष्ठभूमिले ऋषिकेशलाई साथ दियो । श्री ३ महाराज जुद्धशमशेरको अनुग्रहबाट उनले त्रि-चन्द्र कलेजमा अध्यापन सुरु गरे । पद्मशमशेरले सत्तामा आएपछि उनलाई त्रिचन्द्र कलेजमा वार्षिक १८ सय रुपैयाँ तलबसहितको नियुक्ति दिए । शनिबारको दिन पद्मशमशेरलाई पत्रपत्रिका पढेर सुनाउने अतिरिक्त जिम्मेवारी पनि पाए । पद्मशमशेरलाई प्रसन्न बनाएबापत वार्षिक २४ सय रुपैयाँ पाउने गरी ‘चिफ इन्सपेक्टर अफ स्कुल्स’ को जिम्मेवारीमा पदोन्नति भए [५][६]

वृत्ति सम्पादन गर्नुहोस्

संयुक्त राष्ट्रसङ्घको स्थायी प्रतिनिधि सम्पादन गर्नुहोस्

राजा महेन्द्रले उनलाई टपक्क टिपेर संयुक्त राष्ट्रसङ्घको प्रथम स्थायी प्रतिनिधिमा सिफारसि गरेका थिए। उनी संयुक्त राष्ट्रसङ्घको प्रथम स्थायी प्रतिनिधि थिए। सन् १९६० ताका अमेरिकी म्यागेजिन 'टाइम'को मुखपृष्ठमा संयुक्त राष्ट्र सङ्घका महासचिवका सम्भावित चार उम्मदेवारका तस्बिर छापियो। जसमा एक नेपाली कूटनीतिज्ञ हृषिकेश शाह थिए । सुकार्नो जस्ता नेताहरूको अन्तर्राष्ट्रिय छवि त ठूलो छ तर वास्तविक कामहरू गर्ने यिनीहरू हुन् भनेर नेपालका ऋषिकेश शाहसहित केहीको नाम लिएको छ।”[७]


सन् १९६१ सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घका महासचिव ड्याग होमरसोल्डको विमान दुर्घटनामा निधन भयो। त्यो दुर्घटनाको छानबिन गर्न आयोग बनेको थियो। छानबिन समितिको अध्यक्ष शाहलाई बनाइएका थिए । २०१७ सालमा निर्वाचित सरकारको विघटन र संसदीय पद्धति समाप्त भएको बाह्र दिनपछि राजा महेन्द्रले उनलाई संयुक्त राष्ट्रसङ्घको स्थायी प्रतिनिधिबाट फिर्ता बोलाउँदै अर्थमन्त्री बनाएका थिए ।[८] पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापाका अनुसार शाहको सक्रियता सराहनीय थियो र नेपालले तटस्थ भूमिका राष्ट्रसङ्घमा खेलिरहेको पुस्ट्याइँ उक्त अनुसन्धानको जिम्मेवारी दिइएको घटनाले गरेको थियो।[७]

अर्थमन्त्री सम्पादन गर्नुहोस्

संयुक्त राष्ट्रसङ्घको स्थायी प्रतिनिधि हुँदै उनी अर्थमन्त्री र राजसभा स्थायी समितिको सभापतिमा मनोनीत भए। २०१७ सालको घटनाताका उनी तेस्रो महत्त्वपूर्ण ओहदामा थिए। २०१९ सालको संविधान पनि उनकै अध्यक्षतामा निर्माण भएको थियो।[९] [१०]

राजसभा स्थायी समितिको सभापति सम्पादन गर्नुहोस्

उनी अर्थमन्त्री र राजसभा स्थायी समितिको सभापतिमा मनोनीत भए।

पछी राजा महेन्द्रले ऋषिकेश शाहलाई राजसभाको साधारण सदस्यसमेत नरहने गरी सभापतिबाट बर्खास्त नै गरे।

राजनीति प्रवेश सम्पादन गर्नुहोस्

नेपाली कांग्रेसबाट राजनीति थालेका शाह पछि पञ्चायत प्रवेश गरेका थिए । भारतीय संस्थापनसँग नजिक भएपछी शाहको पछि राजा मेहन्द्रसँग दूरी बढेको थियो ।[११]

नेपाल मानव अधिकार सङ्गठन सम्पादन गर्नुहोस्

[१]

नेपाल विश्व सम्बन्ध परिषद सम्पादन गर्नुहोस्

[२]

वैवाहिक जीवन सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. २०२० मंसिर २२ नेपाल राजपत्र
  2. २०२१ आषाढ २१ नेपाल राजपत्र
  3. ऋषिकेश शाह वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-११ मिति
  4. PM pays respects to Shaha
  5. (ऋषिकेश शाह, प्रारब्ध र पुरुषार्थ, सन् २०१४, पृ. ५३)
  6. बहुरंगी हृषीकेश
  7. ७.० ७.१ दाहाल, फणीन्द्र, "संयुक्त राष्ट्रसङ्घमा नेपालको यात्राका 'अचम्म लाग्दा' प्रसङ्ग:ख्रुश्चेभलाई चुनौतीदेखि राष्ट्रसङ्घका महासचिवको विमान दुर्घटनाको जाँचको छानबिन गर्ने जिम्मेवारीसम्म", बीबीसी न्यूज नेपाली 
  8. हृषिकेशका क्रमभंग कथा
  9. नेपाल साप्ताहिक- सुन्दरप्रसाद शाह 'दुःखी' वेब्याक मेसिन अभिलेखिकरण २०१६-१२-२४ मिति
  10. MEETING WITH THE AMBASSADOR OF NEPAL, RISHIKESH SHAHA, 11:05AM
  11. अन्नपूर्णपोस्ट