भीरकोट राज्य एक ऐतिहासिक चौबिसे राज्य थियो । यस राज्यमा खाँड ठकुरीहरूले राज्य गरेको थिए । यस राज्यको पूर्वज राजा मिन्चा खाँड हुन् जो गोरखा राज्यका राजाहरूको पूर्वज खान्चा खाँडका भाइ हुन् । इ.स. १७८५ मा गोरखा राज्यमा गाभिएपछि वि.सं. २०१७ मा रजौटा उन्मूलन नहुन्जेल सम्म यो रजौटाको रूपमा रह्यो ।

भीरकोट राज्य
इ.सं. १४९५–वि.सं. २०१७
वस्तु-स्थितिराजतन्त्र
राजधानीभीरकोट
आम भाषाहरूनेपालीमगर भाषा
धर्म
सरकार
  • स्वतन्त्र राजतन्त्र
    (इ. सं. १४९५ – इ. सं. १७८५)
  • रजौटा
    (इ. सं. १७८५ – वि.सं. २०१७)
राजा 
• इ. सं. १४९५ -
मिन्चा खाँड
• - इ. सं. १७८५
चक्रपत्ति खाँड
• 
ताम्रध्वज खाँड
इतिहास 
• स्थापित
इ.सं. १४९५
• वि.सं. २०१७ को रजौटाको उन्मूलन
वि.सं. २०१७
अचेल नेपाल

यस राजपरिवारका वर्तमान नाम मात्रका अग्रज राजा प्रकाश शाह हुन् ।

राजा सूर्यखान: ( बि.सं. १५०० वि.सं.)

सम्पादन गर्नुहोस्

वर्तमान स्याङ्जा जिल्ला अन्तर्गत पर्ने चारकोट मध्ये( नुवाकोट, सतहूँ, गह्रौं र भीरकोट) को भीरकोट प्राचीन ऐतिहासिक कोट मानिन्छ ।[] पहिले स्याङ्जामा पर्ने पैयूँकोट हाल पर्वत जिल्लामा पर्न गएको छ । राणाकालमा स्याङ्जालाई पश्चिम ४ नं. इलाका भनी चिनिन्थ्यो । स्याङ्जा अन्तर्गतपर्ने सर्दीखोला, सेतीखोला, बाडखोला, दरौं खोला, लुब्दीखोला,अर्मादीखोला, मिर्दीखोला, च्याङ्दीखोला, बाँगखोला, कराँदीखोलार फौदीखोला अनि स-साना खहरे पूर्वपश्चिमबाट आँधिखोलामा आएर मिसिन्छन् । त्यसकारण स्याङ्जाको मध्यकालीनसभ्यतालाई आँधीखोले सभ्यता पनि भनिन्छ । आँधीखोला लोकसंस्कृतिको भण्डार पनि मानिन्छ । उत्तरमध्यकालको आरम्भमा राजा सूर्यखानले भीरकोटमा राज्यको स्थापना गरेका थिए । भीरकोटमा वरपर कोटाकोट, कारीकोट,बतासकोट, उमाकोट, बझाको, कुवाकोट, चापाकोट, धुर्कोट, दिसिङकोट, मिनाङकोट, मल्याङकोट, वलिकोट, गृहेकोट,पेलाकोट, सिर्सेकोट, बहाकोट, झापाकोट, सिंगारकोट,माझकोट, बूढाकोट आदि पर्दछन् । स्याङ्जा जिल्लामा उर्वरफाँटहरूले धनधान्य बनाएकोले यहाँ कहिल्यै अनिकाल पर्दैन जस्तै: चिलाउनेबाँस, रंगेठाँटी, लामागे, सतौं, झापाकोट,जोगीफाँट, लामाचौर, सिमलचौर, दार्सिङ एक्लेपिप्पल,झारखाम, उमधेवा, सराखोला, वगुवा, डौवा, पकान, अमले,छवीसे, सुर्कौदी, खोजा, बाह्रविसे चापाकोट, न्वाघर, सर्केटारी,फर्केटारी, त्रिवेणी आदिलाई फाँट या वेंशी भनिन्छ । त्यस्तै ज्याग्दीखोला भेकमा विरुवा, चिन्ने, गैह्री, खादीखोला, दार्सिङ,काम्ती, धुर्कोट वेंशी, टार जस्ता फाँट पनि कम उर्वर मानिदैनन् ।I

स्याङ्जाका ठकुराईहरूमध्ये भीरकोट सबैभन्दा पुरानो रियो । विक्रमको पन्धौ शदिको मध्यान्तरमा यसको स्थापना हुने पूर्वाधार तयार भइसकेको पाइन्छ । स्याङ्जामा प्रचलित लोकइतिहास अनुसार राजा सूर्यखानले आफ्नी इष्टदेवी आलमदेवी कुलदेवीको स्थापना गरीलसर्घामा चौपाट्टी झैँ निर्माण गरी भीमसेनपाते (धूर्सेलीको) सिम्हारा बिरुवा लगाएका थिए । ती आलमदेवीले चितौरगढमा महाराजालाई "मलाई जमीनमा नछुवाई उत्तर खण्ड नेपाल देशतिर लैजाउ र राज्य गर” भनिन् । तद्नुसार रिडिघाटमा पुगेपछि प्यास लागेकोले बाटाका घरमा पानी मागे । त्यस घरमा रक्सी बनाएकोले रक्सीको घ्याम्पामाथि राखेको तातोपानी खाएँछन् । राती सपनामा “तातो पानी पिउनेले अब देखि मलाई नछुनु, तर पूजा गर्न नछोड्नु” भनेकीले कारीकोटमा आए । ती जनै नलगाउने तातोपानी खाने भाइलाई मगर र नखाने भाइलाई ठाकुर भनियो । ती कुलदेवीलाई लसर्घामा स्थापना गरी ब्राह्मणको वाक्य, ठकुरीकर्ता, मगर पुजारी भए

आलमदेवीलाई भीमसेनपातीको बोटमा राख्न खोज्दा अचानक हातबाट देवी जमीनमा खसिन् र झटपट समात्न खोज्दा देवी अलप भएकीले राजा सूर्यखानलाई अत्यन्तै चिन्ता पर्न गयो । रातमा राजालाई “पिर मान्नु पर्दैन, म यही बस्दछु चोखीनीतिसँग मगर कुमार केटा ४, पण्डित १, राजाकर्ता १भई मेरो भक्ति गर्नु र राज्य बढला " भनी सपना वाणि भयो ।

जागा भएपछि राजाले त्यसै ठाउँमा चौपाटी (चौतारी चौडिलो ) बनाए । देवी अलप भएको ठाउँलाई अलपदेवी भन्दाभन्दै आलमदेवी हुन गयो । आलमदेवीलाई वंशावलीमा आलम खडका कालिका भनिएको छ । राजा सूर्यखानका विषयमा अन्य जानकारी पाउन सकिएको छैन ।

भीरकोट राज्यका राजाहरूको सूची (ईश्वी सन् मा) :

  • राजा मिन्चा खाँड (१४९५ - ??)
  • राजा चक्रपत्ति खाँड ( ??- १७८५); उनको पालामा भीरकोट राज्य नेपाल अधिराज्यमा गाभियो; स्वतन्त्र राज्यका अन्तिम राजा
  • राजा इन्द्र भूपाल खाँड (१७८५ - १७९२)
  • राजा हरिकृष्ण खाँड (१७९२ -  ??)
  • राजा ताम्रध्वज खाँड ( ?? - १९१२)
  • राजा तारक बहादुर शाह (१९१२ - २००१); भीरकोट राज्यका अन्तिम राजा
  • राजा ऋषिकेश शाह (२००१ - २००२); वि.सं. २०१७ को रजौटा उन्मूलन पश्चात नाम मात्रको राजा, (राजा तारक बहादुर शाहका पुत्र ) संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि, अमेरिकाको लागि नेपाली राजदुत अर्थमन्त्री, राजसभा स्थायी समितिको सभापति
  • राजा प्रकाश शाह (२००२ - वर्तमान)

अन्य उल्लेखनीय व्यक्तिहरू

सम्पादन गर्नुहोस्
  1. सुवेदी, डा. राजाराम (मार्च २००३), "स्याङ्जास्थित चौबिसी राज्यहरूको इतिहास", Ancient Nepal 152: 27।