खैरो रङको, कोटेरो वा फिस्टोजत्रै सानो एक जातको चरोलाई भँगेरो भनिन्छ । यसको वैज्ञानिक नाम Passer domesticus Linnaeus  हो । अंग्रेजीमा यसलाई House Sparrow वा  Sparrow भनिन्छ ।

संस्कृत पर्यायवाची नामहरू

सम्पादन गर्नुहोस्

कलविङ्क, कालकण्ठक, कुलिङ्ग, चटक, पाण्डवी, पोतकी, शकुनी, श्यामा र श्वेतपक्षिणी ।

भँगेराको मासुको गुण

सम्पादन गर्नुहोस्

यसको मासु शीतल गर्ने, चिल्लो, स्वादिलो, पचाउन सहज, बलदायक, शुक्रवर्धक, कफवर्धक र सन्निपात जरो नाशक हुन्छ । घरतिर बस्ने भँगेराको मासु अति नै शुक्रवर्धक हुन्छ । घर भँगेराभन्दा जङ्गली भँगेराको मासु पचाउन सहज र पथ्य हुन्छ । आयुर्वेदमा यी कुरा बताइएको भएपनि स्वादका लागि वा आफ्नो मासु बढाउनका लागि यो सानो चराको मासु खानु उपयुक्त हुँदैन ।

भँगेरा
भँगेरा
वैज्ञानिक वर्गीकरण e
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
Superfamily: प्यासरोइडे
परिवार: {{{1}}}


Illiger, 1811

Genera

Passer
Petronia
Carpospiza
Hypocryptadius
Montifringilla

भँगेरा एक किसिमको चरो हो। यसले विशेष गरी मानिसको घरका खटप्वाल तथा अन्य त्यस्तै सुरक्षित प्वालमा गुँड बनाई बस्दछ।

विश्व भँगेरा दिवस

सम्पादन गर्नुहोस्

भँगेरालाई जोगाउन र यसका बारेमा जनचेतना जोगाउन सन् २०१० देखि मार्च २०मा विश्व भँगेरा दिवस मनाउन थालिएको छ। भारतको ‘नेचर फरइभर सोसाइटी’को पहलमा विभिन्न अन्तर्राष्ट्रिय संस्थाको सहकार्यमा हरेक वर्ष भँगेरा दिवस मनाइँदै आएको छ। केही वर्ष यता नेपालमा पनि भँगेरा दिवस मनाउन थालिएको छ। यसपालिको भँगेरा दिवसको नारा भँगेरामै छ जे छ भन्ने राखिएको छ।[]

यी पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्
  1. http://setopati.com/samaj/65389/ वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-२२ मिति सेतोपाटि अनलाइन