भारतीय राज्य बिहारको राजधानी पटना देखि दक्षिणपूर्वमा लगभग १०० किलोमीटरमा स्थित बोधगया गया जिल्ला नजिकएउटा सानो शहर छ । भनिन्छ बोधगयामा बोधि वृक्ष मूनी तपस्या गरी रहने गौतम बुद्धलाई ज्ञानको प्राप्ति भएको थियो । त्यही बेलादेखि यो स्थल बौद्ध धर्मको अनुयायिहरूको लागि अत्यन्त महत्त्वपूर्ण छ। वर्ष २००२मा युनेस्को द्वारा यस शहरलाई विश्व सम्पदा स्थल घोषित गरियो ।

बोधगया
बोधगया
Bōdh Gayā
शहर
महाबोधि मन्दिर
महाबोधि मन्दिर
देशभारत
राज्यबिहार
जिल्लागया
क्षेत्रफल
 • जम्मा२४९ किमी (९६ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा३८४३४
 • घनत्व१५०/किमी (४००/वर्ग माइल)
भाषा
 • आधिकारिकमगधी, हिन्दी
समय क्षेत्रयुटिसी+५:३० (आइएसटि)

करीब ५०० ई.पू.मा गौतम बुद्ध फाल्गु नदी किनारा पुगे र बोधि वृक्ष मूनी तपस्या गर्न बसे । तीन दिन र रातको तपस्यापछि उनलाई ज्ञानको प्राप्ति भयो, यस पछि देखि उनलाई बुद्धको नामबाट चिन्नु थालियो । यसपछि उनले त्यहा ७ हफ्ता अलग अलग ठाउँमा ध्यान गर्दै बिताए र फेरि सारनाथ गएर धर्मको प्रचार शुरू गरे। बुद्धको अनुयायिहरूले पछि त्यस ठाउँमा जान शुरू गरे जहाँ बुद्धले वैशाख महीनामा पूर्णिमाको दिन ज्ञानको प्रप्ति गरेको थिएँ। बिस्तारि बिस्तारि यो ठाउँ बोधगयाको नामबाट चिन्न थालियो। यो दिन बुद्ध पूर्णिमाको नामबाट प्रसिद्ध भयो ।

चित्र दीर्घा

सम्पादन गर्नुहोस्