भिल्लारियल फुटबल क्लब
बिलारेआल क्लुब दे फुतबल (स्पेनी: Villarreal Club de Fútbol), एक स्पेनी फुटबल क्लब हो। क्लब स्पेनको सहर बिलारेआलमा आधारित छ। क्लब स्पेनी फुटबलको प्रथम दर्जाक लिग ला लिगामा प्रदर्शन गर्दछ। क्लबलाई मार्च १९२३ मा "क्लुब दिपरोतिभो बिलारेआल" को नामबाट स्थापना गरिएको थियो र १७ जुन १९२३ देखि, यसले स्तादियो दे ला सेरआमिका रङ्गशालामा गृह खेलहरू खेल्दछ वा यसको गृह रङ्गशाला स्तादियो दे ला सेरआमिका हो। यसको दर्शक क्षमता २३,५०० रहेको छ। [३]
![]() | ||||
पुरा नाम | बिलारेआल क्लुब दे फुतबल | |||
---|---|---|---|---|
उपनाम(हरू) | El Submarino Amarillo[२] | |||
स्थापना | 10 मार्च 1923 25 अगस्ट 1947 क्लब आत्लेतिकोको रूपमा | as क्लुब दिपरोतिभो बिलारेआल|||
मैदान | स्तादियो दे लआ सेरआमिका[३] | |||
क्षमता | २४,८९० | |||
मालिक | फेर्नान्दो रोइग | |||
प्रमुख | फेर्नान्दो रोइग | |||
प्रमुख प्रशिक्षक | हाभियर कायिखा[४] | |||
लिग | ला लिगा | |||
सन् २०१८–१९ | ला लिगा, १४औँ | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
| ||||
सन् १९४० देखि, यसले गृह रङ्गशालामा पहेँलो पोशाक लगाउँदछ। टोलीको उपनाम एल सबमारिनो आमारिलो हो।[५] हालसम्म क्लबको लागि प्रमुख उपलब्धि भनेको राष्ट्रिय स्तरको लिग प्रतियोगिता ला लिगाको सन् २००७-०८ संस्करणमा उप विजेता हुनु थियो। सन् २००५-०६ संस्करणको युइएफए च्याम्पियन्स लिगमा पनि यो उप विजेता बनेको थियो जसले गर्दा यसलाई आफूलाई उक्त संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने प्रदापण टोलीको रूपमा उभ्याएको थियो। डिसेम्बर २००४ मा, अन्तर्राष्ट्रिय फुटबलको इतिहास तथा तथ्याङ्क सङ्घले यसलाई उक्त महिनाको सबैभन्दा सफल टोलीको रूपमा घोषण गरेको थियो।[६] क्लबले सन् २००३ र सन् २००४ को इन्तेरतोतो कप जितेको थियो भने क्लब सन् २००२ यो प्रतियोगितामा उप विजेता बनेको थियो।
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ Villarrealcf.es: instalaciones Estadio El Madrigal
- ↑ Lua error in मोड्युल:स्रोत at line 4092: attempt to index field 'date_names' (a nil value).
- ↑ ३.० ३.१ Lua error in मोड्युल:स्रोत at line 4092: attempt to index field 'date_names' (a nil value).
- ↑ Lua error in मोड्युल:स्रोत at line 4092: attempt to index field 'date_names' (a nil value).
- ↑ Lua error in मोड्युल:स्रोत at line 4092: attempt to index field 'date_names' (a nil value).
- ↑ Lua error in मोड्युल:स्रोत at line 4092: attempt to index field 'date_names' (a nil value).
बाह्य कडीहरूसम्पादन
विकिमिडिया कमन्समा बिलारेआल क्लब दे फुतबल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
- आधिकारिक वेबसाइट (स्पेनी र कातालान भाषामा)
- बिलारेआल सेएफए ला लिगामा (स्पेनी र कातालान भाषामा)
- बिलारेआल सेएफए युरोपेली फुटबल महासङ्घमा (स्पेनीमा)