बायदु नक्सा (सरलीकृत चिनियाँ: 百度地图), डेक्सटप तथा मोबाइल वेब नक्सा सेवा परियोजना हो जसको सुरुवात सेप्टेम्बर २००५ मा चीनको सबैभन्दा ठूलो इण्टरनेट निगम बायदुले गरेको थियो। यो एक इलेक्ट्रोनिक नक्सा सेवा हो जसलाई बायदु र बेइजीङ हुवावे प्रविधि कम्पनी लिमिटेडले संयुक्त रूपमा स्थापना गरेका थिए।[१] यसले उपग्रह तस्वीर, सडक नक्सा, परिदृश्य र भित्री दृश्यहरूको प्रस्ताव गर्दछ। पैदल, कार, वा सार्वजनिक यातायातको साथ यात्राको लागि मार्ग योजनाकार सुविधा पनि यसले प्रदान गर्दछ। यसको आधिकारिक सामग्रीहरू एन्ड्रोइड तथा आइओएस अनुप्रयोगहरूमा पनि उपलब्ध छन्। [२]

बायदु नक्सा (百度地图)
साङ्घाई चीनको दृश्य
साइटको प्रकार
वेब नक्सा सेवा
उपलब्ध भाषाचिनियाँ
मालिकबायदु
युआरएलबायदु नक्सा
व्यवसायिकहो
चालु भएको मिति२००५; १९ वर्ष अघि (२००५)
वर्तमान स्थितिचालू

बायदु नक्सा सन् २०१६ सम्म, केवल चिनियाँ भाषामा मात्र उपलब्ध थियो। यसले मुख्य भूमि चीन, हङकङ, मकाउताइवानका नक्सा मात्र प्रदान गर्दथ्यो र बाँकी विश्वका देशहरू अन्वेषणमा देखा परेका थिएनन्।[३] हाल बायदु नक्साले अन्य देशहरूको नक्सा पनि प्रदान गर्दै आइरहेको छ। प्रतिवेदन अनुसार, सन् २०१६ को अन्त्यसम्ममा, १५० भन्दा बढी देशहरूलाई समर्थन गरेको थियो।[४] बायदु नक्साका लागि न्याभ इन्फो, म्याप किङ, हियर, लोकल किङ र ओपन ष्ट्रिट म्यापले आँकडा प्रदान गर्दछन्।[५]

सन् २०१६ मा, बायदु नक्सामा ३४८ मिलियन भन्दा बढी मासिक सक्रिय प्रयोगकर्ताहरू छन् भन्ने समाचार रहेको छ। चिनियाँ नक्सा प्रदायकबाट विश्व नक्सा प्रदायकको रूपमा रूपान्तरण हुने र मोबाइल यात्रा अनुप्रयोगहरूको लागि विश्वव्यापी सेवाहरू प्रदान गर्ने चिनियाँ ब्राण्ड बन्ने यसले योजना बनाएको छ जून यसको विश्वव्यापी विस्तारको लागि योजना भित्र समावेश छ।[६][७]

परिचय सम्पादन गर्नुहोस्

बायदु नक्साले हाल विशाल चीनमा मुख्य नक्सा आँकडा समर्थन गर्दछ जसमा मुख्यभूमि चीन, हङकङ, मकाउ र विदेशी देशहरूको नक्साहरूको पनि यसले समर्थन गर्दछ। तथापि, विदेशी नक्साहरूको आँकडा गुगल नक्साको तुलनामा अझ समृद्ध छैन। ताइवान अझै नक्साको दायरा भित्र छैन भने ताइवानी सहरका धेरै स्थानका जानकारीहरू पुरानो र गलत छन्।

बायदु नक्साले चीनका केही ठूला सहरहरू जस्तै बेइजिङ, साङ्घाई, ग्वाङझोउ, र शेञ्जेनमा त्रि-आयामी नक्सा सुविधाको सुरूवात गरेको छ। प्रयोगकर्ताहरूले नक्सालाई फैलाई सहरहरूको त्रि आयामी सडक नक्सा र निर्माण भान रचनाहरूको अध्ययन गर्न सक्दछन्।

बायदु नक्साले एक उपग्रह नक्सा सुरू गरेको थियो जसले विश्वव्यापी उपग्रह प्रदर्शन गर्न सक्दछ। यसले चीनको तथा हङकङ र मकाउका ठूला तथा मध्यम ठूला सहरहरूको आँकडालाई समर्थन गर्दछ तर विश्वव्यापी नक्शा अझै गुगल नक्सा भन्दा कमजोर देखिन्छ।

बैडु नक्सामा प्रयोगकर्ताहरूले तोकिएको सहर, विभाग, सडक, भवन, आदि जस्ता भौगोलिक स्थानहरूको खोजी गर्न सक्दछन् र यसका साथै प्रयोगकर्ताहरूले रेष्टुरेण्ट, विद्यालय, बेङ्क, निकुञ्ज, आदि पनि नक्सामा खोज गरी भेटाउन सक्छन्।

यातायातको सर्तमा, बायदु नक्साले प्रयोगकर्ताहरूलाई मार्ग सोधपुछ सुविधा प्रदान गर्दछ। यदि प्रयोगकर्ता एक निश्चित स्थानमा जान चाहान्छ भने, बायदु नक्साले खोजकर्तालाई गाडी परिवर्तन गर्न प्रेरित गर्दछ। यदि प्रयोगकर्ता आफैँ गाडी चलाउन चाहन्छ भने, बायदु नक्सा खोजी पनि प्रयोगकर्ताको उत्तम मार्ग सिफारिशका लागि हुनेछ।

वेब संस्करण बाहेक यसका आधिकारिक अनुप्रयोगहरू एन्ड्रोइड, आइओएस ,विन्डोज मोबाइलमा उपलब्ध छ।

विशेषताहरू सम्पादन गर्नुहोस्

  • नि:शुल्क स्थानहरूको खोजी
  • साधारण मार्ग खोजी
  • पर्यायवाची शब्दहरूको पहिचान
  • द्वि-पक्षिय डिजिटल रूपान्तरण
  • फिनयिन तथा प्रविष्ट स्वचलित रूपमा शुद्ध
  • सवारी सोधपुछ
  • वास्तविक-समय ट्राफिक
  • उपग्रह नक्सा
  • परिदृश्य नक्सा
  • भित्री नक्सा
  • ताप सम्बन्धित नक्सा सुविधा

निर्देशाङ्क सम्पादन गर्नुहोस्

 

बायदु नक्सा टाढामा नक्साको आँकडा प्रदान गर्नका लागि वेब मर्केटर प्रक्षेपणको एक संस्करणको उपयोग गर्दछ जसमा दूरी डिग्रीमा व्यक्त गरिन्छ। यो अन्तर्निहित अक्षांश-देशान्तर सन्दर्भसँग सम्बन्धित छ। तथापि, सन्दर्भहरूले बिडि-०९ निर्देशाङ्क प्रणालीको प्रयोग गर्दछ, जसले चीनको पहिला देखिनैअस्पष्ट राष्ट्रिय मापदण्ड जिसिजे-०२ मा थप अवरोध थपेको छ जुन विश्वव्यापी रूपमा डि-फ्याक्टो मानकको रूपमा परिभाषित हुन्छ। बायदुले बिडि-०९ को उपयोग गरी प्रयोगकर्ताहरूको गोपनियतालाई बचाइराखेको बयान दिएको छ।[८]

बायदु नक्सा एपीआई दस्तावेजले "वास्तविक" (डब्ल्यूजिएस—८४) विश्वव्यापी स्थान निर्धारण प्रणाली निर्देशाङ्क, एक निर्देशाङ्क रूपान्तरण इण्टरफेस मार्फत रूपान्तरित हुनु पर्दछ। एचटिटिपी इण्टरफेर, जाभास्क्रिप्ट एपीआई, एन्ड्रोइड एसडिके, र आइओएस एसडिके उपलब्ध छन्। [९]

जाभास्क्रिप्ट समन्वय रूपान्तरण एपीआई कुनै उल्टो रूपान्तरण क्षमता बिना, (जिसिजे-०२ लाई) बायदुद्वारा अनलाइन प्रदर्शन गरिएको छ। खुला स्रोत कार्यान्वयन, आर र विभिन्न अन्य भाषाहरूमा अवस्थित छन् जसलाई ठीक उल्टो जिसिजे-०२ एल्गोरिदमको रूपमा लागू गरिएको छ।[१०][११]

इतिहास सम्पादन गर्नुहोस्

सन् २०१३ भन्दा अगाडि सम्पादन गर्नुहोस्

१) ३० सेप्टेम्बर २००५ मा, बहुराष्ट्रिय चिनियाँ इण्टरनेट निगम बैडूले बायदु नक्साको सुरुवात गरेको थियो। बायदु नक्सा गुगल नक्सा जस्तै थियो। [१२] २) सन् २००६ को अन्त्यमा, बायदु नक्सा र गुगल नक्सा मुख्य भूमि चीनमा परीक्षण संस्करणमै रहेका थिए।

३) २६ अगष्ट २०१० मा, बायदु नक्साले महानगरीय क्षेत्रसँग सहकार्य गरि, त्रि आयामी नक्सा सुविधाको सुरुवात गरेको थियो।[१३]

४) सेप्टेम्बर २०११ मा, बायदु नक्साले वास्तविक समय ट्राफिक स्थितिलाई सुचारू गरेको थियो। [१४]

५) १५ नोभेम्बर २०११ मा, बायदु नक्साले उपग्रह नक्साको सुचारू गरेको थियो। [१५]

सन् २०१३ सम्पादन गर्नुहोस्

१) २१ अगष्ट २०१३ मा, बायदु नक्साले बायदु परिदृश्य नक्साको सुरुवात गरेको थियो।[१६] सोही दिन बायदु नक्साले यसको एलबिएस व्यापारलाई बढवा दिने घोषण गरेको थियो।[१७]

२) २८ अगष्ट २०१३, बायदु नक्साले बायदु पथ प्रदर्शक स्थाई रूपमा नि:शुल्क हुने घोषण गरेको थियो।[१८]

३) नोभेम्बर २०१३ मा, बायदु परिदृश्य सेवालाई थप समृद्ध बनाइएको थियो।[१९]

सन् १०१४ सम्पादन गर्नुहोस्

१) २५ जनवरी २०१४ मा, बायदु नक्साले वसन्त मेला बसाइसराइ नक्सा सुरू गरिएको थियो।[२०]

२) २९ जनवरी २०१४ मा, बायदु नक्सा, नक्सामा सुरुवात गरिएको थियो। [२१] ३) बायदु नक्साले 'बायदु परिदृश्य" हङकङमा सुरूवात गरेको थियो जसले गर्दा हङकङ, मकाओ र ताइवानमा सडकको झलक ल्याउने चीनको पहिलो घरेलु नक्सा बनेको थियो।[२२]

४) बायदु नक्साले पैदल यात्रीहरूका लागि पथ प्रदर्शन सेवाको सुरुवात गरेको थियो। सोही महिनामा, बायदु नक्साको 'बायदु परिदृश्य'ले संयुक्त स्रोत छायाङ्कन खोलेको थियो।[२३]

५) सेप्टेम्बर २०१४ मा, बायदु नक्साले उच्च विद्यालय तथा विश्वविद्यालयहरूका लागि लक्षित नक्सा सेवाको सञ्चालनमा ल्याएको थियो। सोही महिना, बायदुको परिदृश्य सेवाले मोबाइल वेब समर्थन गरेको थियो।[२४]

६) अक्टोबर २०१४ मा, बायदु नक्साको बायदु परिदृश्य ८९ सहरहरूमा सुरुवाझ गरिएको थियो। सोही महिना, बायदु परिदृश्य प्रयोगकर्ता द्वारा उत्पन्न गरिएका मञ्चहरूमा सुरुवात गरिएको थियो।[२५]

७) नोभेम्बर २०१४ भन्दा अगाडि, बायदु नक्साले ताइवान समर्थन गर्थेन। १५ डिसेम्बर १०१४ मा, बायदु नक्साले नोकियासँग सहकार्य गर्ने घोषण गरेको थियो। बैडु नक्साले चीन बाहिरका देशहरूमा नोकियाको हियर नक्साले प्रदान गर्ने आँकडाको प्रयोग गरेको थियो।[२६] सोही दिन, बायदु नक्साले हङकङ, मकाउ र ताइवानमा पनि नक्सा उपलब्ध बनाउन तल्लीन रहेको घोषण गरेको थियो। बैडु नक्साको ७.७ अौँ संस्करणको अद्यावधिक पश्चात्, यसले ताइवान, हङकङ र मकाउको पनि विस्तृत नक्सा प्रदान गरेको थियो। [२७]

सन् २०१५ सम्पादन गर्नुहोस्

१) २४ जनवरी २०१५ मा, बायदु नक्साले डियर लुलाई पहिलो प्रवक्ताको रूपमा नियुक्त गरेको थियो। [२८]

२) ७ मार्च २०१५ मा, बायदुले अनलाइन प्रदुषण अनुगमन नक्साको सुरुवात गरेको थियो।[२९]

३) ३० अप्रिल २०१५ मा, बायदु सडक नक्साले "सि यु अगेन" काठमाण्डौको सुरुवात गरेको थियो। [३०]

सन् २०१६ सम्पादन गर्नुहोस्

१) सन् २०१६ को वसन्त उत्सवको अघिल्लो दिन बायदु नक्साले, आफ्नो सेवा जापान, दक्षिण कोरिया, थाइल्याण्ड र न्युजिल्याण्डमा सुरुवात गरेको थियो।[३१]

२) अप्रिल २०१६ मा, बायदु नक्साले विश्वव्यापीकरण गर्ने उद्देशका साथ न्युजिल्याण्ड, मलेसिया, फिलिपिन्स, श्रीलङ्का, भारत, भियतनाम, माल्दिभ्स, ब्रुनेई, इन्डोनेसिया, अस्ट्रेलिया र नेपाल गरी ११ वटा देशहरूमा सेवा सञ्चालनमा ल्याएको थियो।[३१]

३) जुन २०१६, बायदु नक्साले पुनः फ्रान्स, जर्मनी, स्पेन, इटली, बेलायत, टर्की, पोल्यान्ड, फिनल्यान्ड, ग्रीस, स्विडेन, पोर्चुगल, चेक गणतन्त्र, नेदरल्यान्ड, नर्वे, अस्ट्रिया, सहित गैर-चिनियाँ देशहरूमा नक्सा सेवाहरूको सुरुवात गरेको थियो। हङ्गेरी, स्वीट्जरल्याण्ड, रोमानिया, बेल्जियम, डेनमार्क, बुल्गेरीया, स्लोभाकिया, आयरल्यान्ड, इष्टोनिया, लातभिया, आइसल्यान्ड, लक्जमबर्ग, मोनाको, भ्याटिकन, अल्बानिया, युक्रेन, क्रोएसियामा पनि यसले सेवा सञ्चालनमा ल्याएको थियो। हालसम्म, बायदु नक्साले संसारभरि ५० भन्दा बढी देश र क्षेत्रहरूलाई समेटेको छ र सन् २०१६ को अन्त्यसम्म संसारभर १५० भन्दा बढी देश र क्षेत्रहरू समेट्ने योजनामा यो रहेको थियो।[३२]

४) जुलाई २०१६ मा बायदु नक्साले उत्तर अमेरिकी देशहरू जस्तै ब्राजिल, गिनी, बोलिभिया, अर्जेण्टिना, पेरू, पाराग्वे, चिली, उरुग्वे, इक्वेडर, भेनेजुएला, कोलम्बिया, सुरिनेम र फ्रान्सेली गुएनामा सेवा सञ्चालनमा ल्याएको थियो।[३३]

५) सेप्टेम्बर २०१६ मा, बायदु नक्साले क्यानडा, संयुक्त राज्य अमेरिका (हवाई सहित), मेक्सिको, पनामा, कोष्टा रिका, बहामास, पोर्टो रिको, निकारग्वा, होन्डुरस, क्युबा, ट्रिनिडाड र टोबगो, ग्वाटेमाला, डोमिनिका, हाइटि, एल साल्भादोर, डोमिनिका, जमैका, एन्टिगुवा र बार्बुडा, बार्बाडोस, ग्रेनाडा, सेन्ट किट्स र नेभिस, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्स, बर्मुडा, कुराकाओ, केमेन टापु, ग्वाडेलुप, मार्टिनिक, बेलायती भर्जिन टापु, संयुक्त राज्य भर्जिन टापु, बोनायर, सेन्ट बार्थेलेमी, क्लिपरटन टापु, सेन्ट इउस्टाट टापु, सबा, सेण्ट मार्टेन, सेन्ट पियरे र मिकेलन र संयुक्त राज्य अमेरिका बाहिरका साना टापुहरूमा सेवा सञ्चालन गरेको थियो।[३४]

बायदु परिदृश्य (सडक दृश्य) सम्पादन गर्नुहोस्

अगष्ट २०१३ मा, बायदुले आफ्नै सडक दृश्य, बायदु परिदृश्यको सुरुवात गरेकोे थियो जसले गर्दा यो थङ्सिन र गाओड पछि सडक दृश्य सफलतापूर्वक सुरूवात गर्ने चीनको तेस्रो कम्पनी बनेको थियो।

तथापि, सडक दृश्यको क्षेत्र अपेक्षा गरिएको भन्दा सानो छ जसले गर्दा निर्माण गति सुस्त भएको छ। नोभेम्बर २०१८ सम्म, मात्र दुई अनुप्रयोग थङ्सिन नक्सा र बायदु नक्साले चीनमा नक्साको सडक दृश्य कार्यहरू सञ्चालन गरेका थिए। बायदु नक्साको सडक दृश्य क्षेत्र उच्च छ।

मोबाइल ग्राहकहरू सम्पादन गर्नुहोस्

बायदु नक्साको आधिकारिक अनुप्रयोग आइफोन, एन्ड्रोइड, आइप्याड, विन्डोज फोन र स्याम्बियनमा उपलब्ध छ भने बायदु पथ प्रदर्शकको आधिकारिक अनुप्रयोग आइफोन, एन्ड्रोइड, आइप्याड, विन्डोज फोनका साथै स्याम्बियनमा पनि उपलब्ध छ।[३५][३६]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "常见问题", बैडु विकासकर्ता (चिनियाँमा), बायदु।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-११-३० मिति
  2. "百度伦敦商学院开放平台常见问题", बायदु विकासकर्ता, अन्तिम पहुँच २०१६-१२-१९  वेब्याक मेसिन अभिलेखिकरण २०१६-११-३० मिति
  3. "Why do Baidu and Tencent QQ Map(s) only show China, and blank for the rest of the world?", ५ अप्रिल २०१५। 
  4. "百度地图宣布国际化战略 年底覆盖150个国家", 百度, २०१६-०४-२२, अन्तिम पहुँच २०१६-०६-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०८-१२ मिति
  5. Lee, Mark (६ जुलाई २०१२), "Apple Shares Google China Map Partner in Win for AutoNavi: Tech", ब्लुमबर्ग। 
  6. "Baidu maps out global expansion - Business - Chinadaily.com.cn", www.chinadaily.com.cn 
  7. "90 Amazing Baidu Statistics and Facts (2019)" 
  8. "使用百度地图API之前", 百度开发者, अन्तिम पहुँच २०१६-१२-१९  वेब्याक मेसिन अभिलेखिकरण २०१६-११-३० मिति
  9. "坐标转换API", developer.baidu.com/map (चिनियाँमा), बायदु।  = Archive.today अभिलेखिकरण २०१७-०३-२८ मिति
  10. "Conversion from GCJ-02 coordinates used by Google Maps in China to BD-09", 百度地图演示 (चिनियाँमा)। 
  11. Lee, Googol, "Transform coordinates between Earth (WGS-84) and Mars in China (GCJ-02)" 
  12. "百度地图搜索欲上线对战Google争抢巨大市场", मूलबाट २००६-०१-१२-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २००६-०१-१२ मिति
  13. "百度推出三维地图服务" 
  14. "百度地图新增实时“交通事件”功能", मूलबाट २०१४-०९-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०४-२२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०९-०५ मिति
  15. "百度地图加入卫星图", मूलबाट २०१२-०१-२७-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०१-२७ मिति
  16. "百度全景:真实世界 百度地图触手可及"  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-२४ मिति
  17. "百度地图LBS业务战略再升级" 
  18. "百度导航手机客户端V2.0宣布永久免费!" 
  19. "百度LBS推出"激光全景" 点云技术勾勒真实世界", मूलबाट २०१६-०३-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०४-२२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति
  20. "大数据“接地气”,百度绘春运迁徙图" 
  21. "百度地图“景区热力图”,大数据让你拥有“千里眼”", मूलबाट २०१६-०३-०७-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०७ मिति
  22. "百度全景上线香港,让所有好奇和想象眼见为实", मूलबाट २०१६-०३-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०४-२२ 
  23. "诺基亚Here地图将为百度提供海外地图数据" 
  24. "百度全景悄然开放众包拍摄" [dead link]
  25. "百度地图高校专属地图 让地图有“身份”" [dead link]
  26. "百度全景上线“圈景平台” 你拍的让世界来看", मूलबाट २०१६-०३-०७-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०७ मिति
  27. "百度地图正式进军“港澳台” 大视野博弈大舞台" 
  28. "3亿用户梦想成真 鹿晗成百度地图首位代言人", मूलबाट २०१५-०१-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०५-०२ 
  29. "百度用污染监测地图创造公益生活新势力" 
  30. 百度全景尼泊尔古迹复原初见成效 手机查看进展
  31. ३१.० ३१.१ "百度今日上线亚太11国海外地图" [dead link]
  32. "百度地图要成“世界地图”:登陆欧洲32国", 快科技, 凤凰网, २०१६-०६-०६। 
  33. "百度地图上线南美13国 可利用中英文检索", 光明网, २०१६-०७-२२, मूलबाट २०१६-०८-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०८-१८  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०८-१८ मिति
  34. "百度地图上线北美40国 建国际化生态圈", 网易, २०१६-०९-२१, मूलबाट २०१६-१०-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०९-२८  वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-०१ मिति
  35. 百度导航下载 वेब्याक मेसिन अभिलेखिकरण २०१४-०१-०७[मिति मिलें] मिति
  36. 百度手机地图下载 वेब्याक मेसिन अभिलेखिकरण २०१४-०७-१३ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्