फिफा
फिफा (फ्रान्सिसी: Fédération Internationale de Football Association) अन्तर्राष्ट्रिय फुटबल सम्मेलन महासङ्घको संक्षिप्त रूप हो, जुन एउटा अन्तराष्ट्रिय सङ्घ हो जसले अन्तराष्ट्रिय फुटबल खेलमाथि नियन्त्रण राख्दछ । (यसलाई फुटबल सङ्घ पनि भन्छन)। यसको मुख्य कार्यालय ज़्यूरिख़, स्वीट्जरल्याण्डमा छ, र हाल यसको अध्यक्ष जियानी इन्फान्टिनो हुन । फिफाले अन्तराष्ट्रिय फुटबलको ठूला ठूला प्रतियोगिताको आयोजन गर्छ, र त्यस मध्ये प्रख्यात रहेको एउटा प्रतियोगिता हो फिफा विश्वकप, जुन सन् १९३० मा शुरु गरियो । फिफाको स्थापना मे २१,१९०४ मा पेरिसमा भएको थियो र यसमा २०८ अन्तराष्ट्रिय सङ्गठनहरू सदस्य छन् । यस संघको अधिकारिक भाषाहरू अङ्ग्रेजी, फ्रान्सिसी, जर्मन र स्प्यानिस रहेका छन् । फिफको धेरै शक्तिशाली अङ्ग हो फिफा कंग्रेस, जुन एउटा सभा हो, हरेक संघको एक प्रतिनिधीको सदस्यताबाट बनेको छ । यस संघको कंग्रेसले प्रति वर्ष एउटा सभाको आयोजन गर्छ, र १९९८ देखि यसले एउटा अर्को सभा प्रति वर्ष गर्दै आएको छ । कंग्रेसले मात्र फिफाको नियममा परिवर्तन गर्ने अधिकार राख्दछ ।
सङ्क्षिप्त नाम | फिफा |
---|---|
आदर्श वाक्य | खेलको लागि,विश्वको लागि |
गठन | सन् १९०४ मे २१ |
प्रकार | खेल महासङ्घ |
प्रधान कार्यालय | ज़्यूरिख़, स्वीट्जरल्याण्ड |
निर्देशाङ्कहरू | ४७°२२′५३″उ॰ ८°३४′२८″पू॰ / ४७.३८१३९°N ८.५७४४४°Eनिर्देशाङ्कहरू: ४७°२२′५३″उ॰ ८°३४′२८″पू॰ / ४७.३८१३९°N ८.५७४४४°E |
सेवा क्षेत्र | बिश्वब्यापी |
सदस्यता | २०९ सदस्य राष्ट्र |
आधिकारिक भाषा | अङ्ग्रेजी,फ्रेन्च,जर्मन तथा स्प्यानिस[१] |
अध्यक्ष | जियानी इन्फान्टिनो |
उपाध्यक्ष | जिम बोयेस, राजकुमार अलि बिन अल-हुसैन |
सम्बद्धता | अन्तर्राष्ट्रिय ओलम्पिक सङ्घ |
वेबसाइट | www |
इतिहास
सम्पादन गर्नुहोस्विश्व जुडान संगै २० औ शताब्दीको शुरुमा खेलहरूमाथि दृष्टि राख्ने एउटा निकायको खाँचो देखियो । फिफाको स्थापना २१ मे १९०४ मा पेरिसमा भएको थियो । यस संघलाई स्थापना गर्ने सदस्यहरू बेल्जियम, डेनमार्क, फ्रान्स, नेदरल्यान्ड, स्पेन, स्विडेन र स्वीट्जरल्याण्ड थिए र त्यही दिन जर्मन सङ्गठनले टेलीग्राम पठाएर सदस्यता बारे आफ्नो इच्छा जाहेर गर्यो । यसको सर्वप्रथम अध्यक्ष रबर्ट ग्युरिन बने।
ग्युरीन पछि सन् १९०६ मा इंगल्याण्डका डेनियल ब्युर्ली वुलफाल फिफाको अध्यक्षको रूपमा मनोनित भए । त्यसपछिको विश्वकप फुटबल प्रतियोगिता सन् १९०८ मा लण्डनमा भएको थियो र धेरै सफलता हासिल गरेको थियो । व्यावसायिक खेलाडीहरूको उपस्थिति हुँदा पनि फिफाको सिद्धान्त खोज्न प्रतिकूल स्थिति थियो । यस संघमा दक्षिण अफ्रिका सन् १९०८ मा, अर्जेन्टिना र चिली सन् १९१२ मा र क्यानाडा अनि संयुक्त राज्य सन् १९१३ मा, आवेदन संगै फिफाको सदस्यता युरोपभन्दा बाहिरको देशहरूमा फैलिदै गयो । प्रथम विश्वयुद्धको बेला धेरै खेलाडीहरूलाई विश्वयुद्धमा पठाइयो र विश्वयुद्धले गर्दा धेरै ठाउँहरूमा यातायातको साधनहरू प्रभावित भए र विश्व जुडानमा बाधा उत्पन्न भयो । त्यस समयमा केही अन्तर्राष्ट्रिय आबद्दता र सङ्गठनहरूको अस्तित्वमा विभेद थियो तथा वुलफालको मृत्यु पछि सङ्गठनको सञ्चालन एक डचपुरुष कार्ल हर्समन्नले सम्भालनु भयो र यस संघलाई विलुप्त हुनबाट बाचाउनु भयो । युद्धपछि गृह राष्ट्रले आफ्नो सदस्यता फिर्ता लियो र बिपक्षी राष्ट्रहरूसँग खेल्न तैयार भएन तर पछि फेरी गृह राष्ट्रले पुन: सदस्यता पायो ।
सन्दर्भ सुची
सम्पादन गर्नुहोस्हेर्नुहोस
सम्पादन गर्नुहोस्बाहिरी लिन्कहरू
सम्पादन गर्नुहोस्- फिफा पदाधिकारीहरु जुरिखमा पक्राउ, 27 मे 2015
- ↑ FIFA Statutes Aug 2009, see 8:1. Arabic, Russian and Portuguese are additional languages for the Congress. In case of dispute, English language documents are taken as authoritative.