प्रशान्त तामाङ

भारतीय गायकार र अभिनेता


प्रशान्त तामाङ भारतीय टेलिभिजन च्यानल सोनी इन्टेर्टेन्मेन्ट टिभिबाट प्रसारण गरिएको "ईण्डियन आइडल २००७" नामक कार्यक्रममा विजयी हुने प्रथम नेपाली मूलका भारतीय हुन ।[१] उक्त कार्यक्रमामा भाग लिने उनी पहिला भारतीय प्रहरिका जवान पनि हुन । प्रशान्तका पिताको प्रहरिमै रहेक बेला सवारी दुर्घटनामा निधन भएपछी उनलाई कोलकाता प्रहरिमा उक्त जागीर गर्ने अवसर प्राप्त भएको हो । प्रशान्तको जन्म भारतमा दार्जीलिङको तुङ्सुङ भन्ने ठाउँमा भयो र प्रशान्तको घरमा हजुरआमा, आमा र एक बहिनी छन । जिन्दगीमा कहिलेपनि औपचारिक रूपमा संगीतको शिक्षा हासिल नगरेका प्रशान्तले प्रहरिमा अकेस्ट्रामा भाग लिने गर्थे । [२] शान्त स्वभावका प्रशान्तले साथीहरूको अनुरोधमा ईण्डियना आइडलको कोलकाता अडिशनम भाग लिएका थिए जहाँबाट उनको सफलताको यात्रा सुरु भयो । [३]

प्रशान्त तामाङ
प्रशान्त तामाङ
व्यक्तिगत विवरण
जन्म (1983-01-04) ४ जनवरी १९८३ (उमेर ४१)
कोलकाता, पश्चिम बङ्गाल, भारत
पेशागायन, अभिनय
सक्रिय वर्ष२००७—हाल
वेबसाइटPrashant Tamang Blog

आइडलका निर्णयकहरू अनु मलिक, जावेद अख्तर, अलिशा चिनाइ र स्वयम उदित नारायणको पनि कार्यक्रम अवधिभर खासै प्रसंशा नपाएका प्रशान्तले रातारात नाम्, ख्याती र प्रतिष्ठा कमाएको कारण आज उनी भारतमा मात्रै नभएर नेपाल लगायत अन्य मुलुकम पनि उत्तिकै प्रसिद्ध भएका छन । सोनी टिभी सँगको एक करोडको करार, एक कार र आफ्नै एल्बम बनाउने मौका मात्र नभएर प्रशान्तले एउटा सिङै उत्पीडित र अपहेलित वर्गको शिर ठाडो पारिदिएकाले उनको प्रसंशकहरू थप हौसिएका हुन । प्रशान्त्ले अक्टुबर्को पहिलो साता नेपालको काठमाडौ र पोखरामा आफ्नो कार्यक्रम प्रस्तुत् गरे ।

नेपाली चलचित्र गोर्खा पल्टनमा अभिनय गरेका छन् । यसका साथै प्रशान्त तामाङले परदेशी फिल्ममा पनि अभिनय गरिसकेका छन् ।

उनलाई नेपाल सरकारले सन् २०१० अक्टोबरमा नेपाल पर्यटन वर्ष २०११को सदभावना राजदूत नियुक्त गर्‍यो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्