पुराण
(पौराणिकबाट अनुप्रेषित)
ब्रह्म पुराणहरू
सम्पादन गर्नुहोस्विष्णु पुराणहरू
सम्पादन गर्नुहोस्शिव पुराणहरू
सम्पादन गर्नुहोस्महापुराणहरू
सम्पादन गर्नुहोस्पुराणहरूको नाम | श्लोक संख्या | टिप्पणी |
---|---|---|
अग्नि पुराण | १५,१२३ श्लोकहरू | अग्निलाई मूल प्रतिपाद्य विषय बनाइएको यस पुराणमा शिवस्वरूपको विशेष वर्णन गरिएको पाइन्छ । यस अतिरिक्त विभिन्न ऋषिमहर्षिद्वारा स्थापित मान्यता र अग्निका सम्बन्धमा पनि यसमा चर्चा गरिएको पाइन्छ । यसमा रहेको व्यापक दृष्टि र ज्ञान भण्डारका कारण यस पुराणको आफ्नै किसिमको विशेष महत्त्व रहेको छ । यसमा विशेषतः दशावतार, सृष्टि, मन्त्रशास्त्र, वास्तुशास्त्र, भूगोल, राजनीति, दुर्ग, धनुर्वेद, आयुर्वेद, छन्दशास्त्र, अलङ्रकारशास्त्र, व्याकरण तथा कोश जस्ता विषयहरू अन्तर्वस्तुका रूपमा आएका छन् । यसको पारायण ५/६ दिनमा गर्ने विधान छ । [१] |
भागवत् पुराण | १८,००० श्लोकहरू | यो पुराण सबैभन्दा बेसी पढिने र कथा सुनिने पुराणका रूपमा प्रसिद्ध छ ।यसको प्रमुख वर्ण्य विषय भक्तियोग हो । यो अन्य सबै पुराणको निचोड हो । यसलाई पूर्वीय वाङ्मयको मुकुटका रूपमा लिइन्छ । यस महापुराणका लेखक वेदव्यास हुन् । यसका वक्ता बालयोगी शुकदेव स्वामी हुन् भने श्रोता परीक्षित हुन् । यसमा बाह्र स्कन्ध छन् । प्रथम स्कन्धमा भक्ति, ज्ञान, वैराग्यको वर्णन; द्वितीय स्कन्धमा ब्रह्माण्डको उत्पत्ति; तृतीय स्कन्धमा उद्धवद्वारा श्रीकृष्णका बाल चरित्रको अध्ययन; चतुर्थ स्कन्धमा ध्रुव एवं पृथु चरित्र; पञ्चम स्कन्धमा समुद्र, पर्वत, नदी, पाताल, नरक आदिको स्थिति; षष्ठ स्कन्धमा देवता, मनुष्य, पशु, पक्षी आदिका जन्मको कथा; सप्तम स्कन्धमा हिरण्य कशिपु, हिरण्याक्ष एवं प्रह्लादको कथा; अष्टम स्कन्धमा गजेन्द्रमोक्ष, मन्वन्तर र वामन अवतारको कथा; नवम स्कन्धमा राजवंश वर्णन र श्रीराम कथा; दशम स्कन्धमा श्रीकृष्णलीला वर्णन; एकादश स्कन्धमा यदुवंश संहार वर्णन एवं अध्यात्म दर्शन र द्वादश स्कन्धमा विभिन्न युग, प्रलय तथा भगवान्का उप अङ्गहरूको वर्णन गरिएको पाइन्छ ।[१] वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-०७ मिति यसको अनुष्ठान-समय सात दिन हो यसलाई सप्ताह भनिन्छ । [२] भगवान् कृष्णको महिमाको वर्णन र भक्तिको कथा भएको यस पुराणलाईभक्ति आन्दोलनको संज्ञा दिन पनि सकिन्छ ।[३] |
भविष्य पुराण | १४,५०० श्लोकहरू | यसमा भविष्यमा हुने कलि-धर्मका विषयमा व्यापक वर्णन गरिएको छ । स्त्री र पुरुषका लक्षण, समय र वस्तु आदिको परिवर्तनका कुराहरू यस पुराणभित्र पाइन्छन् । एक शब्द यसलाई वातावरणीय पुराण भन्न सकिन्छ । यसको अनुष्ठान समय ७ अथवा ९ दिन हो । [१] |
ब्रह्म पुराण | १०,००० श्लोकहरू | सृष्टि, रहस्य एवं ब्रह्मप्रतिपादन यस पुराणको मूल विषय हो । यस पुराणमा पृथु राजाको चरित्र, सूर्य एवं चन्द्रवंश वर्णन, श्रीकृष्ण चरित्र, चिरञ्जीवी मार्कण्डेय मुनिको चरित्र, तीर्थहरूको माहात्म्य एवं अनेक भक्तिपरक आख्यानहरूको सुन्दर चित्रण गरिएको छ । यस पुराणमा ब्रह्मलाई सर्वेपरि मानिएको छ । यसको अनुष्ठान ५ या ७ दिनमा गर्ने प्रावधान छ । [४][२] वेब्याक मेसिन अभिलेखिकरण २०१४-०९-०३ मिति |
ब्रह्माण्ड पुराण | १२,१०० श्लोकहरू | यसको प्रतिपाद्य मूल विषय विश्व ब्रह्माण्डको सृष्टिक्रम वर्णन गर्नु रहेको छ । यसको अनुष्ठान समय ५ या ७ दिन रहेको बताइएको छ ।[१] ललित सहस्रनाम यसमा छ । |
ब्रह्मवैवर्त पुराण | १८,००० श्लोकहरू | ब्रह्म उत्पत्ति, स्थिति एवं प्रलय प्रतिपादनका साथै ब्रह्मले अवतार लिएका विशेष क्षेत्रहरूको वर्णन र मानव कल्याण यसको मूल प्रतिपाद्य विषय रहेको पाइन्छ । ७ या ९ दिनमा यसको अनुष्ठान गर्ने विधान छ । [१] |
गरुड पुराण | १९,००० श्लोकहरू | यस पुराणमा गरुड श्रोताका रूपमा र नारायण वक्ताका रूपमा रहेका छन् । सर्ग वर्णन, देवार्चन, तीर्थ वर्णन, भुवन वृत्तान्त, मन्वन्तर, वर्णधर्म, मृत्यु वर्णन, स्वास्थ्य विज्ञान, अष्टाङ्ग योग,आयुर्वेद, विविध शास्त्र, वेदाङ्ग आदिका बारेमा विषद व्याख्या गरिएको यस पुराणको अनुष्ठान ७ या ९ दिनमा पूर्ण गर्ने विधान छ । |
हरिवंश पुराण | १६,००० श्लोकहरू | इतिहासको रूपमा मानिएको यो पुराण १८ महापुराण भित्र पर्दैन । यो १८ आैपपुराणभित्र पर्दछ । सन्तानको इच्छा गर्ने व्यक्तिहरूले यसको अनुष्ठान गर्छन् । यसमा विशेष गरी हरिको वंशवर्णन गरिएको छ । |
कूर्म पुराण | १७,००० श्लोकहरू | |
लिङ्ग पुराण | ११,००० श्लोकहरू | |
मार्कण्डेय पुराण | ९,००० श्लोकहरू | देवी महात्म्यम्, शक्तिको वर्णन |
मत्स्य पुराण | १४,००० श्लोकहरू | उदाहरण |
नारद पुराण | २५,००० श्लोकहरू | उदाहरण |
पद्म पुराण | ५५,००० श्लोकहरू | उदाहरण |
शिव पुराण | २४००० श्लोकहरू | उदाहरण |
स्कन्द पुराण | ८१,१०० श्लोकहरू | सबैभन्दा लामो |
वामन पुराण | १०,००० श्लोकहरू | सबै पुराण |
वराह पुराण | १०,००० श्लोकहरू | |
वायु पुराण | २४,००० श्लोकहरू | |
विष्णु पुराण | २३,००० श्लोकहरू |
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ १.२ १.३ गुरागाइँ, कृष्णप्रसाद (२०६६), पूर्वीय चिन्तन परम्परा (२०६६ : १६१), काठमाडौँ : विद्यार्थी प्रकाशन प्रा.लि.
- ↑ Monier-Williams 1899, p. 752 , column 3, under the entry Bhagavata.
- ↑ Hardy 2001
- ↑ गुरागाइँ, कृष्णप्रसाद (२०६६), पूर्वीय चिन्तन परम्परा (२०६६ : १६१), काठमाडौँ : विद्यार्थी प्रकाशन प्रा.लि.