वामन पुराण
वामन पुराणमा मुख्यरूपले भगवान विष्णुको दिव्य माहात्म्यको व्याख्यान छ। विष्णुका वामन अवतारसित सम्बन्धित यो दस हजार श्लोकहरूको पुराण शिवलिंग पूजा, गणेश -स्कन्द आख्यान, शिवपार्वती विवाह आदि विषयहरूले परिपूर्ण छ। यसम भगवान् वामन, नर-नारायण, भगवती दुर्गाका उत्तम चरित्रका साथ भक्त प्रह्लाद तथा श्रीदामा आदि भक्तहरूको कथा छ। यसका अतिरिक्त, शिवजीको लीला-चरित्र, जीवमूत वाहन-आख्यान, दक्ष-यज्ञ-विध्वंस, हरिका कालरूप, कामदेव-दहन, अंधक-वध, लक्ष्मी-चरित्र, प्रेतोपाख्यान, विभिन्न व्रत, स्तोत्र र अन्तमा विष्णुभक्तिका उपदेशहरका साथ यस पुराणको हुन्छ। [१]
चित्र:वामनपुराण.gif | |
लेखक | वेदव्यास |
---|---|
देश | भारत |
भाषा | संस्कृत |
संस्करण | पुराण |
विषय | विष्णु भक्ति |
प्रकार | हिन्दू धार्मिक ग्रन्थ |
पृष्ठ | १०,००० श्लोक |
विस्तार
सम्पादन गर्नुहोस्यस पुराणमा श्लोकहरूको संख्या दस हजार छ, यस पुराणमा पुराणहरूका पांच लक्षणहरू अथवा वर्ण्य-विषय-सर्ग, प्रतिसर्ग, वंश, मन्वन्तर र वंशानुचरितको वर्णन छ। सबै विषयहरूको सानुपातिक उल्लेख गरिएकोछ। बीच-बीचमा अध्यात्म-विवेचन, कलिकर्म र सदाचार आदि माथि पनि प्रकाश पारिएकोछ।
वामन पुराणको संक्षिप्त जानकारी
सम्पादन गर्नुहोस्वामनपुराणमा कूर्म कल्पको वृतान्तको वर्णन छ र त्रिवर्णको कथा छ। यो पुराण दुइ भागहरूले युक्त छ र वक्ता श्रोता दुवैको लागि शुभकारक छ, यसमा पहिलो पुराणका विषयमा प्रश्न छ, फेरि ब्रह्माजीको शिरच्छेदको कथा कपाल मोचरको आख्यान र दक्ष यज्ञ विध्वंशको वर्णन छ। यसपछि भगवान हरको कालरूप संज्ञा मदनदहन प्रहलाद नारायण युद्ध देवासुर संग्राम सुकेशी र सूर्यको कथा, काम्यव्रतको वर्णन, श्रीदुर्गा चरित्र तपति चरित्र कुरुक्षेत्र वर्णन अनुपम सत्या माहात्म्य पार्वती जन्मको कथा, तपतिको विवाह गौरी उपाख्यान कुमार चरित अन्धकवधको कथा साध्योपाख्यान जाबालचरित अरजाको अद्भुतकथा अन्धकासुर र शंकरको युद्ध अन्धकलाई गणत्वको प्राप्ति मरुदगणहरूको जन्मको कथा राजा बलिको चरित्र लक्ष्मी चरित्र त्रिबिक्रम चरित्र प्रहलादको तीर्थ यात्रा र उसमा अनेक मंगलमयी कथाहरू धुन्धुको चरित्र प्रेतोपाख्यान नक्षत्र पुरुषको कथा श्रीदामाको चरित्र त्रिबिक्रम चरित्रपछि ब्रह्माजीद्वारा भनिएको उत्तम स्तोत्र तथा प्रहलाद र बलिको संवादको सुतल लोकमा श्रीहरिको प्रशंसाको उल्लेख छ।
सन्दर्भ
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- वेद-पुराण - यहाँ चार वेद एवं दसभन्दा अधिक पुराण हिन्दी अर्थ सहित उपलब्ध छन्।
- महर्षि प्रबंधन विश्वविद्यालय वेब्याक मेसिन अभिलेखिकरण २००८-०४-०८ मिति-यहाँ सम्पूर्ण वैदिक साहित्य संस्कृतमा उपलब्ध छ।
- ज्ञानामृतम् - वेद, अरण्यक, उपनिषद् आदिमा सम्यक जानकारी
- वेद एवं वेदांग - आर्य समाज, जामनगरका जालघरमा सबै वेद एवं टीकाहरू उपलब्ध छन्।
- जिनका उदेश्य हो - वेद प्रचार[स्थायी मृत कडी]
- वेद-विद्या_डॉट_कॉम वेब्याक मेसिन अभिलेखिकरण २०१०-०५-२१ मिति