पेप ग्वार्दिओला
जोसेफ "पेप" ग्वार्दिओला साला (जन्म १८ जनवरी १९७१) प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका वर्तमान प्रशिक्षक हुन्। उनी स्पेन राष्ट्रिय फुटबल टोलीका पूर्व फुटबल खेलाडी पनि थिए। उनले एफसी बार्सिलोनामा आफ्नो करियरको अधिकांश समय खेलाडीका रूपमा र चार वर्ष प्रशिक्षकका रूपमा बिताए। उनले बार्सिलोनामा खेलाडीका रूपमा सन् १९९१ देखि सन् १९९४ सम्म लगालग चार ला लिगा जिताए भने १९९७-२००१ सम्म उनी क्लबका कप्तान भए । अर्जेन्टीनी खेलाडी लियोनेल मेस्सीलाई सुपरस्टार बनाउने काम ग्वार्दिओलाले नै गरेका हुन् । ४७ खेल राष्ट्रिय टिमका लागि खेलेका उनी १९९४ फिफा विश्वकपमा टोलीमा पर्न सफल भएका थिए। उनी सम्मिलित स्पेन फुटबल टोलीले सन् १९९२ को ग्रीष्मकालिन ओलम्पिकमा स्वर्ण पदक जितेको थियो।
व्यक्तिगत जानकारी | ||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | जोसेफ ग्वार्दिओला साला | |||||||||
जन्म मिति | १८ जनवरी १९७१ | |||||||||
जन्म स्थान | सन्तपेडर, स्पेन | |||||||||
उचाइ | १.८० मी (५ फिट ११ इन्च)[१] | |||||||||
खेल्ने स्थान(हरू) | रक्षात्मक मध्यपङ्क्ति | |||||||||
क्लब जानकारी | ||||||||||
वर्तमान टोली | म्यानचेस्टर सिटी (प्रबन्धक) | |||||||||
युवा करियर | ||||||||||
१९८४–१९९० | बार्सिलोना | |||||||||
वरिष्ठ करियर* | ||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||
१९८८–१९८९ | बार्सिलोना सी | ८ | (१) | |||||||
१९९०–१९९२ | बार्सिलोना बी | ५३ | (५) | |||||||
१९९०–२००१ | बार्सिलोना | २६३ | (६) | |||||||
२००१–२००२ | ब्रेसिका | ११ | (२) | |||||||
२००२–२००३ | रोमा | ४ | (०) | |||||||
२००३ | बेरिस्का | १३ | (१) | |||||||
२००३–२००५ | अल अहली | (५) | ||||||||
२००५–२००६ | डोराडस | |||||||||
जम्मा | ३५२+ | (२०+) | ||||||||
अन्तर्राष्ट्रिय करियर | ||||||||||
१९९१ | स्पेन यु-२१ | २ | (०) | |||||||
१९९१–१०९२ | स्पेन यु-२३ | १२ | (२) | |||||||
१९९२–२००१ | स्पेन | ४७ | (५) | |||||||
१९९५–२००५ | क्याटोलिना | ७ | (०) | |||||||
प्रबन्धक करियर | ||||||||||
२००७–२००८ | बार्सिलोना बी | |||||||||
२००८–२०१२ | बार्सिलोना | |||||||||
२०१३–२०१६ | बायर्न म्युनिख | |||||||||
२०१६– | म्यानचेस्टर सिटी | |||||||||
सम्मान
| ||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल |
पेप ग्वार्दिओला मध्यपङतिबाट खेल्दथे। उनले बार्सिलोनाबाट पहिलो युरोपेली कप तथा लगातार ४ पटक स्पेनी लिग जित्ने टोलीका खेलाडी थिए। सन् १९९७ देखि सन् २००१ सम्म बार्सिलोनाको कप्तानको रूपमा खेले। उनले सन् २००२ देखि १ वर्षको लागि रोमाबाट खेले, सन् २००३ देखि सन् २००५ सम्म कतारी क्लब अल अहली तथा सन् २००५ देखि सन् २००६ सम्म मेकिकन क्लब डोराडसबाट खेलेका थिए। उनले स्पेनी राष्ट्रिय टोलीबाट ४७ खेल खेलेका छन् जसमा १९९४ फिफा विश्वकप र २००० युरो कप पनि रहेको छ।
खेलाडी जीवनबाट सन्यास लिएपछि सन् २००७ मा 'बार्सिलोना बि' को प्रशिक्षक भएर काम गरे र सन् २००८ देखि सन् २०१२ सम्म बार्सिलोनाको प्रशिक्षक भए र सन् २०१३ देखि सन् २०१६ सम्म बायर्न म्युनिख फुटबल क्लब र सन् २०१६ देखि म्यानचेस्टर सिटीको प्रशिक्षको रूपमा काम गरि रहेका छन्। मुख्यतया उनी प्रशिक्षणमा पोजेसन फुटबल तथा अक्रामक र पेरेसिङ शैलीलाई ध्यान दिने गरेका छन्।
सन्दर्भ सामाग्री
सम्पादन गर्नुहोस्- ↑ "Pep Guardiola", fcbayern.de, अन्तिम पहुँच १६ मे २०१४।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- ग्वार्दिओलाको म्यानचेस्टर सिटीको आघिकारिक वेबसाइट प्रोफाइल[स्थायी मृत कडी]
- पेप ग्वार्दिओला नेसनल फुटबल टिम्स डटकममा
- पेप ग्वार्दिओला – फिफा प्रतियोगिता तथ्याङ्क