पांग्रेटार नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो । सुनकोशी नदीलाई आधार मानेर फैलिएको पाङ्ग्रेटार गाविस अरनिको राजमार्गको पारीपट्टी पर्दछ। अन्य गाविसको तुलनामा विकास निर्माणमा अगाडि रहेको यो गाविसमा सुनकोशी जलविद्युत परियोजना समेत रहेको छ। शिक्षा स्वास्थ्य लगायतका आधारभूत विकासले पूर्णता पाएको यस गाविसमा उब्जाउ भूमि पर्दछ। [१]

पांग्रेटार
देश नेपाल
अञ्चलबागमती अञ्चल
जिल्लासिन्धुपाल्चोक
जनसङ्ख्या
 (1991)
 • जम्मा२,१९०
 • धर्म
हिन्दु
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "पांग्रेटार", merosindhu.com, अन्तिम पहुँच २०११-०८-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-१० मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्