प्लेयर अन्नोन्स ब्याटल ग्राउन्ड्स (पब्जी) (नेपाली: अज्ञात खेलाडीको रणभूमी)), एक अनलाइन बहुखेलाडी खेल हो जसलाई पब्जी निगमले विकास तथा प्रकाशन गरेको थियो जुन दक्षिण कोरियाली श्रव्य दृश्य खेल कम्पनी ब्लुहोलको सहायक कम्पनी हो।[१] यो युद्ध, खोज, लडाइँ तथा अन्वेषणमा आधारित छ। खेलमा धेरै खोलाडीहरूको एउटा टापु हुन्छ जहाँ एउटा व्यक्तिले अर्कोलाई मार्ने प्रयास गर्छन्।[२] खेल एक्लै, दुई जना साथी बनेर वा सो भन्दा बढी भई टोलीको रूपमा पनि खेल्न सकिन्छ। खेलको उद्देश आफू बचेर बस्नु र अरुलाई मार्नु हो। खेलमा, एक सय भन्दा बढी खेलाडीहरूले टापुमा प्यारासुट मार्फत अवतरण गर्छन् र हतियार तथा उपकरणहरूको लागि अरूलाई मार्नका लागि कुटपिट वा हमला गर्छन् र सकेसम्म आफुलाई मर्नबाट बचाउँने प्रयास गर्छन्। खेलको नक्सामा उपलब्ध भएको सुरक्षित क्षेत्र समयको हिसाबले घट्छ, जीवित खेलाडीहरूलाई दुश्मनहरू भएको क्षेत्रहरूमा प्रतिस्पर्धा गर्ने निर्देशन दिइन्छ। खेलमा जो अन्तिमसम्म बाँचिरहन्छ उही विजेता बन्छ।[३]

प्लेयर अन्नोन्स ब्याटल ग्राउन्ड्स
विकासकर्तापब्जी निगम
प्रकाशक
दक्षिण कोरिया पब्जी निगम
निर्देशक
  • ब्रेन्दन ग्रिनी
  • जाङ ते-सोक
उत्पादककिा छाङ-हान
योजनाकारब्रेन्दन ग्रिनी
कलाकारजाङ ते-सोक
सङ्गीतकारटम साल्टा
संयन्त्रअनरियल संयन्त्र
मञ्च
प्रकाशन मिति
२० डिसेम्बर २०१७
  • माइक्रोसफ्ट विन्डोज
  • २० डिसेम्बर २०१७
  • एन्ड्रोइड, आइओएस
  • १९ मार्च २०१८
  • एक्सबक्स वान
  • ४ सेप्टेम्बर २०१८
  • प्लेस्टेसन ४
  • ७ डिसेम्बर २०१८
  • स्टाडिया
  • २८ अप्रिल २०२०
वर्गयुद्ध, अन्वेषण, आक्रमण
प्रकारबहुखेलाडी

प्लेयर अन्नोन्स ब्याटल ग्राउन्ड्स (पब्जी) लाई पहिलो पटक माइक्रोसफ्ट विन्डोजका लागि मार्च २०१७ मा, प्रारम्भिक निष्कासन परीक्षण संस्करण मार्फत गरिएको थियो र यसलाई पूर्ण रूपमा डिसेम्बर २०१७ मा, जारी गरिएको थियो।[४] सोही महिना, खेललाई माइक्रोसफ्ट स्टुडियोले एक्सबक्स वनका लागि एक्सबक्स खेल पूर्वावलोकन (अनुवादित शीर्षक) मार्फत जारी गरिएको थियो र यसलाई सेप्टेम्बर २०१८ मा, आधिकारिक रूपमा सार्वजनिक गरिएको थियो। [५] एन्ड्रोइड र आइओएसका लागि नि: शुल्क खेल्न योग्य मोबाइल संस्करण सन् २०१८ मा जारी गरिएको थियो। स्टाडिया नामक प्रवाह मञ्चका लागि एक संस्करण अप्रिल २०२० मा जारी भएको थियो।[६] प्लेयर अन्नोन्स ब्याटल ग्राउन्ड्स (पब्जी) सर्वाधिक बिक्री तथा सर्वाधिक खेलिने अनलाइन खेलहरू मध्ये एकको रूपमा रहेको छ।[७] सन् २०१९ सम्ममा, खेलको कम्प्युटर र कन्सोल संस्करणले ६ करोड भन्दा बढी प्रतिहरू बिक्रि गर्न सफल भएको थियो भने खेलको सानो संस्करण पब्जी मोबाइल ६० करोड अभिभारण पार गरिसकेको छ।[८]

खेलले समालोचकहरूबाट सकारात्मक समीक्षा प्राप्त गरेको थियो। समालोचकहरूले खेलमा केही प्राविधिक त्रुटिहरू फेला पारेका थिए, तर यसले नयाँ प्रकारका खेल्ने शैलीहरूको प्रस्तुत गर्दछ जस मार्फत खेलाडीहरूले सजिलैसँग कुनै अर्को खेलाडीहरूसँग सम्पर्क गर्न सक्छन् जसका कारण यस खेल अत्यधिक खेल्न योग्य रहेको छ।[९] खेलको अन्वेषण र आक्रमण विधालाई लोकप्रिय बनाउने श्रेय दिइएको थियो। यसको सफलता पश्चात् यस खेल जस्तै धेरै अनधिकृत चिनियाँ उत्पादनहरू पनि बजारमा ल्याइएको थियो। खेलले धेरै पटक वर्ष खेलको रूपमा नामाङ्कन पनि प्राप्त गरेको छ। पब्जी निगमले धेरै साना प्रतियोगिताहरू पनि चलाएको छ र यस खेललाई दर्शकहरूका माझ प्रसारण गर्न मद्दत गर्न विभिन्न उपकरणहरू पनि प्रस्तुत गरेको छ जसका कारण यो सर्वाधिक लोकप्रिय खेलहरूको सूचीमा सूचीकृत छ।[१०] खेललाई केहि देशहरूमा हानिकारक तथा युवा खेलाडीहरूको लागि लतको लागि प्रतिबन्धित गरिएको छ। नेपालको दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले पब्जी खेल माथि केही समयको लागि प्रतिबन्ध गरेको थियो[११][१२] तथापि, खेल माथि प्रतिबन्ध लगाउने निर्णयको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो जस कारण यसमा लागेको प्रतिबन्ध पूर्णरूपमा हटाइएको थियो।[१३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Jarod (८ डिसेम्बर २०१७)। "L'accès anticipé de PUBG prend fin le 20 décembre"gamekult.com। सङ्ग्रह मिति ९ डिसेम्बर २०१७ 
  2. Jarod (३१ अक्टोबर २०१७)। "PUBG débute le 12 décembre sur Xbox One"gamekult.com। सङ्ग्रह मिति ९ डिसेम्बर २०१७ 
  3. "Blueholeが『PUBG』の専門子会社を設立―グローバル展開に専念", gamespark.jp, २०१७-०९-३०, अन्तिम पहुँच २०१८-०१-२९ 
  4. "Steam:PLAYERUNKNOWN'S BATTLEGROUNDS", Steam, अन्तिम पहुँच २०१७-०३-१३ 
  5. "Xbox One版「PUBG」の“プレビュー版”が国内で12月12日に発売へ", 4Gamer.net, अन्तिम पहुँच २०१७-११-०३ 
  6. "「PUBG MOBILE」のサービス開始日が5月16日の午前中に決定。事前登録数は90万を突破,5月15日まで受付中"www.4gamer.net (जापानी भाषा)। सङ्ग्रह मिति २०२०-०१-०५ 
  7. "배틀그라운드 게임물 상세정보"। 게임물관리위원회। सङ्ग्रह मिति २०१७-१०-३१ 
  8. "서진욱 카카오게임즈, 블루홀 '배틀그라운드' 국내서버스"। 국내서버스। २०१७-०८-१४। सङ्ग्रह मिति २०१७-१०-३१ 
  9. 《绝地求生》Xbox One版由微软发行 可能登陆其他平台.游戏时光.2017-08-21,2017-08-27
  10. 鬥士工作室 (२०१९/०१/१४), "【食雞免費?】PUBG將推出最低成本的fortnite本!", 鬥士工作室, अन्तिम पहुँच २०१९/०१/१४  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०४-१४ मिति
  11. "नेपालमा पनि पब्जी खेलमा प्रतिबन्ध, खुलाए पाँच लाख जरिवाना, 'विनर विनर, चिकेन डिनर'मा लाग्यो पूर्णविराम"पहिलो पोस्ट। सङ्ग्रह मिति १२ मे २०२० 
  12. "पब्जी प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी"कान्तिपुर। सङ्ग्रह मिति १७ मे २०२० 
  13. "पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट"अनलाइन खबर। सङ्ग्रह मिति १७ मे २०२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्