पद्म नोर्बु रिन्पोछे
पद्म नोर्बु रिन्पोछे , पद्नोर रिन्पोछे वा ड्रुब्वाङ पद्म नोर्बु रिन्पोछे (तिब्बती: པདྨ་ནོར་བུ། वयली: pad ma nor bu, १९३२ - मार्च २७, २००९) ञिङमा पल्युल साम्प्रदायिक मठको एघारौ सिंहासन-धारक र ञिङमा सम्प्रदायको तेस्रो परम प्रमुख गुरू थिए । उहाँलाई भारतीय बौद्ध धर्मको महापण्डित विमलमित्रको अवतारको रूपमा पनि मान्ने गरिन्छ । उहाँ महासन्धि शिक्षण परम्पराको सुविज्ञ गुरूको रूपमा तिब्बती बौद्धको क्षेत्रमा व्यापक रूपले प्रसिद्ध थिए ।
पद्म नोर्बु रिन्पोछे | |
---|---|
शीर्षक | पल्युल साम्प्रदायिक मठको एघारौ सिंहासन-धारक, तेस्रो पद्म नोर्बु, ञिङमा सम्प्रदायको तेस्रो परम प्रमुख गुरु |
व्यक्तिगत | |
जन्म | |
मृत्यु | २७ मार्च २००९ | (उमेर ७७)
धर्म | बौद्ध, ञिङमा, पल्युल सम्प्रदाय[१] |
राष्ट्रियता | तिब्बती |
अभिभावकs |
|
पदस्थापना | |
शिक्षक | पाँचौ जोग्छेन रिन्पोछे थुब्तन छोस्क्यी दोर्जे, खान्पो ङ्गगा रिन्पोछे, थुब्तन छोस्क्यी दावा, कर्म थेग्छोग ञिङपो |
पूर्ववर्ती | कर्म थेग्छोग ञिङपो |
उत्तराधिकारी | कर्म कुछेन,[१] पल्युल सम्प्रदायको बाह्रौँ सिंहासन-धारक |
पुनर्जन्म | पल्छेन दुस्प |
वेबसाइट | http://www.palyul.org/ |
जीवनी
सम्पादन गर्नुहोस्पाचौँ जोग्छेन रिन्पोछे थुब्तन छोस्क्यी दोर्जेको भविष्यवाणी अनुसार पद्म नोर्बु रिन्पोछेको जन्म
सम्पादन गर्नुहोस्पल्युल सम्प्रदायमा सम्बन्धित् पद्म नोर्बु रिन्पोछेको दोस्रो अवतार सिद्धेश्वर पल्छेन दुस्पको महापरिनिर्वाण पछि पाचौँ जोग्छेन रिन्पोछे थुब्तन छोस्क्यी दोर्जेले पुनरावातरको भविष्यवाणी यस प्रकारका गर्नु भएको छन्:
- "उत्तम स्थान पोवोको उपरी भेकमा
- अटल अग्लो र सुन्दर रत्न शिलापर्वतको फेदीमा।
- विभिन्न वनस्पति, पोखरी र तालले अलंकृत
- दक्षिणबाट शीतल नदी बगिरहेको (ठाउँमा)।
- सोद्नम र क्यीद नामक दम्पतिलाई
- जल-बाँदर सालको कुलपुत्र हुने छ।
- बौद्ध शासन र प्राणीको हित हुने शुभ-सङ्केतको उदय हुने छ।
- पाचौँ जोग्छेन་ट्रुलकु छोस्क्यी दोर्जे द्वारा प्रकाशित।"[२]
तदनुसार पद्म नोर्बु रिन्पोछेको जन्म तिब्बती संवत् २०५९, सोह्रौँ रब्ज्युङ, जल-बाँदर वर्षाको बाह्रौँ महिना (पौष) मा अर्थात् सन् १९३२ मा तिब्बत खाम प्रान्तको पोवो भन्ने ठाउँमा घरको वरीपरी फूल फुल्ने जस्ता शुभ सङ्केत साथ ठ्रग्थुङ दुद्दुल दोर्जेको वंश पिता सोद्नम ग्युर्मेद र मता जोम्स् क्यीदको पुत्रमा भएको थियो। वालकको नाम तन्जीन राखियो र सिद्धेश्वर पल्छेन दुस्पको प्रमाणिक पुनरावातरको रूपमा स्वीकार गरे।
सिंहासनारोहण
सम्पादन गर्नुहोस्तिब्बती संवत् २०६३ साल, अग्नि-मुसा वर्षा अर्थात् सन् १९३६ मा तन्जीन पाँच सालको उमेर हुँदा पल्युल साम्प्रदायिक मठ नामग्याल ज्यङ्छुब छोस्लिङमा आमन्त्रित गरी सिंहासनारोहण साथ पल्छेन दुस्पको अवतारमा घोसणा गरे।
पद्म नोर्बु रिन्पोछेको पूर्व जन्म भरतीय र तिब्बती बौद्ध विद्वानहरू
सम्पादन गर्नुहोस्- पण्डित विमलमित्र (भारतीय वज्रयान बौद्ध साम्प्रदायिक विद्वान् तथा महासिद्ध)
- छोस्लोन गरदम्प (राजा स्रोङ्चन गम्पोको शासनकालमा रहेको एक प्रख्यात राज मन्त्री)
- ल्हास्रस दम्जीन येशेस रोल्पचल (राजा ठ्रीस्रोङ देउचनको पुत्र राजकुमार मुने चनपो)
- ल्हालुङ पल्ग्यी दोर्जे (गुरु पद्मसंभवको पच्चीस जान महासिद्ध शिष्यहरू मध्ये एक)
- तेरछेन सङ्ग्यास लिङ्पा (ञिङमा साम्प्रदायिक निधि अन्वेषक)
- रिग्जीन जछोन ञिङपो वा ङ्गस्छङ हूं-नग मेबर (ञिङमा साम्प्रदायिक निधि अन्वेषक)
- सिद्धेश्वर पद्म नोर्बु (पल्युल सम्प्रदायमा सम्बन्धित् पद्म नोर्बु रिन्पोछेको पहिलो अवतार)
- सिद्धेश्वर पल्छेन दुस्प (पल्युल सम्प्रदायमा सम्बन्धित् पद्म नोर्बु रिन्पोछेको दोस्रो अवतार)[३]
पल्युल सम्प्रदायसँग सम्बन्धित पद्म नोर्बु रिन्पोछेको क्रमिक अवतार
सम्पादन गर्नुहोस्- सिद्धेश्वर पद्म नोर्बु (पहिलो अवतार र पल्युल सम्प्रदायको तेस्रो सिंहासन धारक)
- सिद्धेश्वर पल्छेन दुस्प (दोस्रो अवतार र पल्युल सम्प्रदायको नवौ सिंहासन धारक)
- सिद्धेश्वर पद्म नोर्बु रिन्पोछे अथवा थुब्तन शद्ड्रुब छोस्क्यी ड्रयाङ्स् पल्जाङ्पो (तेस्रो अवतार र पल्युल सम्प्रदायको एघारौ सिंहासन धारक)
- मिग्युर देछेन गरवाङ सिल्नोन् दोर्जे (वर्तमान चौथो अवतार र पल्युल सम्प्रदायको आगामी सिंहासन धारक)
पल्युल सम्प्रदाय
सम्पादन गर्नुहोस्पल्युल सम्प्रदाय तिब्बती बौद्ध धर्म अन्तर्गत ञिङमा सम्प्रदायको शाखा हो । यो सम्प्रदाय विशेष गरी वज्रयान महासन्धि र महामुद्र तन्त्रको ज्ञान र अभ्यास सम्बन्धि प्रचलित छन् । त्यसै गरी कग्युद सम्प्रदायको विद्वान महासिद्ध ख्यास्ड्रुब कर्मछाग्मेद र पल्युल सम्प्रदायको पहिलो सिंहासन-धारक विद्याधर कुन्जाङ शेसरबको जीवनकाल देखि निधिअन्वेषक निर्माणकाया मिग्युर दोर्जेको गगंधर्माको शिक्षण अभ्यास परम्परामा पनि यो सम्प्रदायको गहिरो सम्बन्ध रहँदै आएको छ।[४] यस सम्प्रदायको प्रमुख परम गुरू तथा वर्तमानको बाह्रौँ सिंहासन-धारकमा कर्म कुछेन रिन्पोछे रहन्नु भएको छ । तिब्बत (चिन), नेपाल, भारत, भुटान, ताइवान, मलेशिया, होंगकोंग, सिंगापुर, अमेरिका, इङ्ल्यान्ड, जर्मनी, स्विट्जरल्याण्ड आदि एसियाली, पश्चिमी र युरोपेली मुलुक हरूमा यस सम्प्रदायको धेरै बौद्ध शिक्षा तथा ध्यान केन्द्र र शाखाहरू पनि रहेको छन् ।[५]
नाम्ड्रोल्लिङ
सम्पादन गर्नुहोस्नाम्ड्रोल्लिङ (वा थेग्छोग नाम्ड्रोल शद्ड्रुब दरग्यास लिङ) विश्वमा तिब्बती बौद्ध धर्म अन्तर्गत ञिङमा सम्प्रदायको सबै भन्दा ठूलो शिक्षा केन्द्र मध्ये एक हो । यो शिक्षा केन्द्र दक्षिण भारत, कर्नाटक, मैसूर जिल्ला को बैलकुप्पेमा पर्दछ । हाल यहाँ हजारौं विधार्थीहरूको लागि छात्रावास, शिक्षा केन्द्र, पुस्तालय, अस्पताल, ध्यान केन्द्र इत्यादि पनि रहेको छन् । यसको स्थापन सन् १९६२ मा पद्म नोर्बु रिन्पोछेले गर्नु भएको थियो ।
प्रमुख शिष्यहरू
सम्पादन गर्नुहोस्पल्युल सम्प्रदायको बाह्रौ सिंहासन-धारक पाँचौ कर्म कुछेन रिन्पोछे साथै, क्याबगोन फग्छोग रिन्पोछे र, हाल नाम्ड्रोल्लिङ मठको प्रमुख ग्याङखङ रिन्पोछे, मुग्सङ कुछेन रिन्पोछे, खनपो पद्म शेसरब, खनपो नाम्ड्रोल छेरिङ, खनपो छेवाङ ग्याछो, त्यसै गरी जेचुन्म अकोन ल्हमो, जिग्मेद लोड्रो रिन्पोछे, सक्योङ मिफाम रिन्पोछे, ङ्गवाङ जिग्ड्रल रिन्पोछे, आजम ट्रुल्कु, ड्रगमार ट्रुल्कु, ग्यरा ट्रुल्कु, खनपो जम्यङ्स् छेरिङ, ट्रुल्कु ङ्गवाङ लब्सुम, सेङ्ड्रग ट्रुल्कु, खनपो ट्राशी छेरिङ, खनपो सङ्स्ग्यास रङज्युङ, खनपो ङ्गवाङ लोब्जङ, खनपो छेरिङ दोर्जे, खनपो छेवाङ सोद्नम, आचार्य कर्म फुन्छोग, आचार्य दोर्जे वाङ्छ्युग इत्यादि तिब्बत, भारत, नेपाल, भुटान, चिन र पश्चिमी मुलुकको धेरै विद्वानहरू रहेका छन्।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ http://www.palyul.org/eng_biotulku_karmakuchen.htm
- ↑ གྲུབ་དབང་པདྨ་ནོར་བུ་སྐུ་ཕྲེང་རིམ་བྱོན་གྱི་རྣམ་ཐར་མདོར་བསྡུས༔ དཔལ་ཡུལ་པད་ནོར་ཐུབ་བསྟན་ཆོས་ཀྱི་གླང་པོའི་གསུང་འབུམ། सिद्धेश्वर पद्म नोर्बु रिन्पोछेको क्रमिक अवतारको जीवनी, पृष्ठ नं. ४.४-४.६
- ↑ जेचुन लामायी सङ्गसुम जेसु ड्रनपा (Remembrance of the Spiritual Master), Published by Ngagyur Rigzod Editorial Committee 2010
- ↑ Ven. Tsering Lama Jampal Zangpo, A Garland of Immortal Wish-fulfilling Trees: The Palyul Tradition of the Nyingmapa. Snow Lion, (c)1988
- ↑ http://www.palyul.org/eng_centers-list.htm