नेपाल रेल्वे

रेल यातायात कम्पनी

नेपाल रेल्वे कम्पनि लिमिटेड( ने.रे ) नेपालमा रेल यातायात को सन्दर्भमा पहिले अाउँने नाम हो जो नेपालको पहिलो र हालसम्मको एक मात्र रेल गाडी संचालक कम्पनी हो । नेपाल रेल्वे एक सरकारी स्वामित्वको कम्पनी हो जसले नेपालका रेलमार्गमा रेल गाडी सञ्चालन गर्दछ जस्को मुख्यालय जनकपुरमा रहेको छ । हाल यस्ले भंगाहा-जयनगर खण्डमा यात्रु सेवा संचालन गर्दै अाइरहेको छ र माल ढुवानी सेवा पनि संचालन गर्ने योजनामा छ । नेपाल रेल्वे लाइ सडक यातायातको क्षेत्रमा साझा यातायात सँग तुलना गर्न सकिन्छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेड
नेपाल रेल्वे
मौलिक नाम
नेपाल रेल्वे कम्पनी
व्यवसाय प्रकार
सार्वजनिक प्रतिष्ठान
उद्योगरेल यातायात
पूर्ववर्तीनेपाल गभर्मेन्ट रेलवे
नेपाल जनकपुर–जयनगर रेलवे
उत्तराधिकारीनेपाल रेल्वे
स्थापितवि.सं. १९८३ (सन् १९२७)
स्थापनाकर्ताचन्द्र शमशेर जङ्गबहादुर राणा
केन्द्रीय कार्यालय,
सेवा क्षेत्र
नेपाल
मुख्य व्यक्ति
निरन्जन कुमार झा
मालिकनेपाल सरकार
मूल सङ्गठनभौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
वेबसाइटhttps://nepalrailway.gov.np/
जयनगर–जनकपुर लाइन
किमी
Up arrow
भारतीय रेलवेको बरौनी–गोरखपुर, रक्सौल र
जयनगर लाइनसम्म
जयनगर - माल ढुवानी अड्डा
०,६
जयनगर
भारत
नेपाल
सीमा
८,३१
खजुरी
१०
११
१३
महिनाथपुर (ठाढीझिझा)
१५
साहिब सरोज नगर (दुहबी)
१६
१७
बैदेही (इटहर्वा)
१९
२०
२१
देवरी परवाहा
२२,५
२७,५
२८,९
जनकपुर
२७,५
बिघी
५०
बिजयलपुर

इतिहास सम्पादन गर्नुहोस्

वि. सं. १९८४ (ई. १९२७) मा चन्द्र शमशेरको शासनकालमा स्थापित यस संस्था तत्कालीन समयमा नेपाल गभर्मेन्ट रेलवे को नामबाट सेवा अारम्भ गरेको थियो । तत्कालीन राणा सरकारले भारतको रक्सौलदेखि नेपालको अमलेखगन्जसम्म ३९ किलोमिटर रेलवे निर्माण गरी सेवा सञ्चालनमा ल्याएको थियो । उक्त समयमा काठमाण्डाै बाट इण्डिया जान वा उताबााट नेपाल अाउँन, विशेषगरी काठमाण्डाैं जानका लागि अमलेखगन्ज सम्म उक्त रेल सेवाको प्रयोग हुन्थ्यो । त्यहाँबाट भीमफेदी हुँदै काठमाडौंसम्म पुग्‍न या त घोडामा वा हिँडेर गइन्थ्यो । त्रिभुवन राजपथको निर्माण सँगै विरगंजबाट सिधै काठमाण्डाै जाने गाडी चल्न थालेपछि यात्रुहरुको रोजाइमा रेल भन्दा पनि सडक यातायत पर्न थाल्यो । फलस्वरूप यात्रु पाउँन छाडेपछि उक्त रेलसेवा विसं २०२२ मा बन्द भयो ।

नेपालमा पहिलो रेल सञ्चालन भएको ठीक १० वर्षपछि अर्थात् विसं १९९४ सालमा दोस्रो रेलका रुपमा बिहारको जयनगरबाट जनकपुर हुँदै महोत्तरीको बिजलपुरासम्म ५२ किलोमिटर सञ्चालन भयो । दुवै रेल स्टिम (कोइलाबाट चल्ने) इन्जिनले सञ्चालन भइरहेको थियो ।

जयनगर-जनकपुर-बिजलपुरा रेलवे तत्कालीन बेलायती सरकारले नेपाली भूमिबाट जडीबुटी र काठ ओसार्न निर्माण गरेको थियो । उक्त मालवाहक रेलमै कामदार चढ्न डब्बा (बग्गी) पनि बनाइएको थियो । यस क्षेत्रका जंगल मासिएपछि सोही रेल यात्रुवाहक रुपमा सञ्चालन हुन थाल्यो । सुरुमा कोइलाबाट चल्ने उक्त रेलको इन्जिन फेरेर डिजलबाट चल्ने बनाइयो । ६ वर्ष अघिसम्म धनुषाको दक्षिणी भेगलाई भारतीय बजार जयनगरसँग जोड्न र जिल्लाको पूर्वी क्षेत्रलाई धनुषाको सदरमुकाम जनकपुरसँग जोड्न एकमात्र भरपर्दो साधनका रुपमा उक्त रेलसेवा सञ्चालन भइरहेको थियो ।

भविष्य सम्पादन गर्नुहोस्

थप रेल मार्ग निर्माण सम्पन्न हुँदा साथ नेपाल रेल्वेको यात्रु सेवा निकट भविष्यमा बर्दिबास हुँदै निजगढ अनि सिमरा सम्म विस्तार हुँने अपेक्षा गर्न सकिन्छ । हाल यात्रु सेवा मात्र संचालन गर्दै अाएको नेपाल रेल्वे छिटै नै विराटनगर-बथनाह रेल मार्गमा माल ढुवानी सेवा संचालन गर्ने योजनामा छ ।

प्रदर्शनी दीर्घा सम्पादन गर्नुहोस्

घटनाहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्