नेपालमा रेल यातायात लाइ सडक ले छायाँमा पारेको देखिन्छ । जस्को कारण हजाराैं कोस सडक बनिसक्दा पनि रेलमार्ग केही कोस मा मात्र सिमित छ । पछिल्लो केही समय यता मात्र नेपालको रेल मार्ग विस्तारमा ध्यान जान थालेको छ जस्का उदाहरण पूर्व-पश्चिम रेलमार्ग अनि काठमाण्डाैं-केरुङ रेलमार्ग जस्ता ठुला अायोजनालाइ मान्न सकिन्छ ।

इतिहाँस सम्पादन गर्नुहोस्

रेल यातायातले नेपालको ध्यान वि.सं १९७९ तिरबाट तानेको देखिन्छ, जब अंग्रेजहरुले वीरगंज क्षेत्रमा रेलमार्ग निर्माण गरे । त्यसपछी नेपालका तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शम्शेर ले वीरगंज देखी अमलेखगंज सम्म रेल मार्गको संभाव्यता अध्ययन गर्न लगाएका थिए ।

रेलमार्गहरु सम्पादन गर्नुहोस्

चालु रेलमार्गहरु

  • रक्साैल-सिरसियाः विरगंज सम्म माल ढुवानीको लागि मात्र प्रयोग हुँदै अएको मार्ग । यस मार्गलाइ नेपालको पहिलो रेलमार्ग अर्थात विरगंज-अमलेखगंज रेलमार्गको हाल जिवित अशेषको रूपमा लिन सकिन्छ । वि.सं २०२२ सम्म राम्रोसँग संचालन हुँदै अाएको यो रेलमार्ग त्यसपछी सडक मार्गले विस्थापित गरिदियो । त्रिभुवन राजपथ निर्माण भएसँगै यस मार्गमा रेल यात्रु पाइन छाडे र माल पनि सडकबाटै सिधै राजधानि सम्म ढुवानि हुनथाल्यो जस्को फलस्वरूप यो रेलमार्गमा रेल गुड्न छाड्यो । तर ५० को दशक अन्तयतिर उक्त रेलमार्गको पुरानो संरचनालाइ स्तरोन्नति गरि विरगंज नजिक सिरसीया सम्म माल ढुवानी गर्नको लागि पुन-निर्माण थालियो। अनि २०६१ बाट सिरसीया सम्म यो रेलमार्ग सचंालनमा अायो ।
 
जनकपुर रेलमार्ग
  • जनकपुर रेलमार्गः यो नेपालमा यात्रु सेवा संचालनमा रहेको एक मात्र रेलमार्ग हो र निर्माण भएदेखि हालसम्म निरन्तर चालु मार्ग पनि (स्तरोन्नतिका लागि बन्द गरिँदा बाहेक) । हाल यस रेल मार्गमा जयनगर देखी भँगाहा सम्म लगभग १४ कोस दुरीमा नेपाल रेल्वे ले यात्रु सेवा संचालन गर्दै अाएको छ । हाल संचालित मार्ग (भंगाहा देखि जयनगर सम्म) मा १२ वटा विसाैनी रहेका छन । निकट भविष्यमा यस रेल मार्गलाइ बर्दिबास सम्म विस्तार गरिँदैछ । यो अहिले नेपालमा संचालनमा रहेको सबैभन्दा लामो रेलमार्ग हो जस्ले केवल दुइ जिल्ला धनुषामहोत्तरी लाइ मात्र समेट्छ ।
  • बथनाह-विराटनगर रेलमार्गः विराटनगर नजिक बुधनगर सम्म माल ढुवानी मात्रै हुँदै अाएको मार्ग । यो मार्ग पहिलो चरणमा कटहरि सम्म विस्तार हुँनेछ भने त्यसपछी इटहरि नजिकै पूर्व-पश्चिम रेलमार्ग मा जोडिनेछ ।



अागामी रेलमार्ग

  • पूर्व-पश्चिम रेलमार्ग
  • काठमाण्डाैं-केरुङ रेलमार्ग
  • विरगंज-काठमाडाैं रेलमार्ग
  • लुम्विनी-पोखरा-काठमाडाैं रेलमार्ग
  • नयाँ जलपाइगढी-काँकडभित्ता रेलमार्ग
  • नाैतुना-भैरहवा रेलमार्ग
  • नेपालगंज रोड-नेपालगंज रेलमार्ग

बन्द रेलमार्ग

  • विरगंज-अमलेखगंज रेलमार्ग
  • कोशी रेलमार्गः यो रेलमार्ग धरानको चतरादेखी भीम नगरसम्म १२.७ कोस दुरीमा चल्ने गर्दथ्यो । यस रेलमार्ग वि.सं २०१३ देखि २०४० सम्म संचलनमा थियो ।

यो पनि हेर्नुस सम्पादन गर्नुहोस्