जनकपुर बम काण्ड वि.सं. २०१८ माघ ९ गते घटेको हो । वि .सं. २०१७ सालमा राजा महेन्द्र वीर विक्रम शाहद्वारा गरिएको कदमपछि नेपाली काँग्रेसको पटना सम्मेलनमा देशभर सशस्त्र क्रान्ति गर्ने निर्णय भएको थियो। उक्त निर्णय बमोजिम वि.सं. २०१८ सालमा तत्कालिन राजा महेन्द्रको जनकपुर भ्रमणको बेला दुर्गानन्द झाले बम प्रहार गरे।

जनकपुर बम काण्ड
को भाग नेपाली काँग्रेसको सशस्त्र क्रान्ति
स्थानजानकी मन्दिर; जनकपुर
मितिवि.सं. २०१८ माघ ९
लक्ष्यराजा महेन्द्र
हतियारहरूग्रिनेड
अभियोगदुर्गानन्द झा

बम प्रहार सम्पादन गर्नुहोस्

१८ वर्षे दुर्गानन्दले जानकी मन्दिर नजिक सेना र गुप्तचरका आँखा छल्दै ग्रिनेड प्रहार गरेका थिए। प्रहारबाट राजा महेन्द्र चढेको ल्याण्डरोभर गाडीको पछाडिपट्टि सामान्य क्षति भएपनि राजालाई केही भएन। त्यसपछि दुर्गानन्द झा भागेर भारतमा रहेको सशस्त्र क्याम्पमा पुगे।

दुर्गानन्दका परिवार, आफन्त, इष्टमित्र, छरछिमेक, काङ्ग्रेस नेता लगायत ५६ जनालाई पक्राउ गरी ठूलो यातना दिइयो। दुर्गानन्द आफन्त, इष्टमित्रले पाएको यातनाबाट दुःखी भएर तत्कालीन सरकारलाई चिट्ठी लेख्दै गिरफ्तारी दिए। गिरफ्तार गरी जलेश्वर जेलमा एक रात राखेपछि परकौली सैनिक क्याम्पबाट उनलाई शाही नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौंल्याई सुन्धारास्थित भद्रगोल जेलमा राखियो।

छानविन सम्पादन गर्नुहोस्

यो घटनाको छानविन गर्नका लागि एक विशेष अदालतको गठन गरिएको थियो। २०१९ भदौ १९ मा उनलाई मृत्युदण्डको सजाय तोकिएको थियो। उनलाई २१ वर्षको उमेरमा वि.सं. २०२० साल माघ १५ गते मध्यराती केन्द्रीय कारागारमा पञ्चायत सरकारले मृत्युदण्ड दियो।  

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्


बाह्य कडीहरू सम्पादन गर्नुहोस्