मकै पर्व वि.सं. १९७७ मा कौशील अड्डाका सुब्बा कृष्णलाल अधिकारीले 'मकैको खेती' नामक पुस्तक लेखी १,००० प्रति छपाएबापत ९ वर्षको जेल र कोरा को सजाय दिइएको घटना हो। उनका ४५ जना सहयोगीलाई ५/५ वर्ष सजाय भएको थियो। यो पर्वको समयमा राजा त्रिभुवन र प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरको शासनकालमा भएको र पुस्तक छाप्ने पशुपति छापाखानालाई ५० रूपैयाँ जरिवानासमेत भएको थियो।

यो पुस्तकको भुमिकामा कृष्णलालले उल्लेख गरेका 'बेलायति कुकुर्'ले तत्कालिन ब्रिटिस समुदायलाई इंगित गरेको रूपमा हेरियो भने, मकैमा लाग्ने कीराको वर्णनमा रातो टाउके र कालो टाउके किराले क्रमश: चन्द्र र भीम शम्शेरलाई होच्याईएको अर्थमा लिइयो | स्मरण रहोस, चन्द्र शम्शेरले रातो र भीम शम्शेरले कालो फ्रेस क्याप (टोपी) लगाउने गर्दथे |

छापिएका एक हजार प्रति पुस्तकमध्ये ९ सय ९९ प्रति तत्काल जलाई भष्म पारिएको थियो। कुल ९ वर्ष जेल सजाय मध्ये ५ वर्ष हराएको १ प्रति किताबको लागि तोकिएको थियो | सुब्बा कृष्णलालको जेल मै मृत्यु भएकोले उनलाई प्रथम साहित्यिक शहिद पनि भनिन्छ | उनको जन्म रामेछाप जिल्लाको कठजोर भन्ने गाउँमा भएको हो । हाल उनी जन्मेको ठाउँ कठजोरमा उनको घर भग्नावशेषको रूपमा रहेको छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

पोल खोल्ने :राम हरि जोसी र भोजराज जोशी अंग्रेज लाई :विदेशी कुकुर राणा लाई : स्वदेशी कुकुर