'नेटइज सङ्गीत (सरलीकृत चिनियाँ: 网易 云 音乐) एक फ्रिमियम सङ्गीत प्रवाह सेवा हो जसलाई प्रख्यात चिनियाँ कम्पनी नेटइज निगमले विकसित गरेको थियो भने यो कम्पनीको पूर्ण सहायक कम्पनी पनि हो।[३] प्रवाह सेवा २३ अप्रिल २०१३ मा सार्वजनिक रूपमा सुरू गरिएको थियो। अप्रिल २०१७ सम्म मञ्चमा ३० करोड प्रयोगकर्ता रहेका छन् भने यसमा १ लाख भन्दा बढी गीतहरू तथा सङ्गीतहरू समावेश छन्। अप्रिल २०१७ मा यसले यसको कोष सङ्कलनको पहिलो चरणमा ७६० मिलियन चिनियाँ युवान (१७० मिलियन अमरीकी डलर) प्राप्त गरेको थियो, र यसको मूल्य आठ अर्ब युवान (१.१४ अर्ब अमेरीकी डलर) भएको थियो, जसले यसलाई वित्तीय रूपमा एक सम्पन्न कम्पनी बनाएको थियो।[४][५][६] यो चिनियाँ सङ्गीत प्रवाह व्यवसायमा थङ्सिनको क्युक्यु सङ्गीतअलिबाबाको सियामी सङ्गीत सेवाहरूका साथ प्रतिस्पर्धा गर्ने ठूला तीन प्रतियोगीहरू मध्ये एक हो रूपमा उभ्भिएको थियो।[७]

नेटइज सङ्गीत
विकासकर्तानेटइज
प्रमुख व्यक्तीझि यिउन (कार्यकारी)
प्रक्षेपण मिति२४ जनवरी २०१३; ११ वर्ष पहिले (२०१३-०१-24) (परीक्षण संस्करण)
२३ अप्रिल २०१३; १० वर्ष पहिले (२०१३-०४-23) (सामान्य उपलब्धता)
मञ्चविन्डोज, म्याक, उबुण्टु, डिपइन, एन्ड्रोइड, आइओएस, वेब ब्राउजर[१] 并在2016年11月22日启动“石头计划”,投资两亿扶持独立音乐人。[२]
मूल्य निर्धारणफ्रिमियम
उपलब्धताचीन मुख्यभूमि चीन नि:शुल्क अनलाइन भण्डार
वेबसाइटmusic.163.com

व्यापारीक सेवाहरू सम्पादन गर्नुहोस्

नेटइज सङ्गीत एक फ्रिमियम व्यापार नमूना अन्तर्गत सञ्चालित छ जहाँ आधारभूत सेवाहरू नि: शुल्क छन् जबकि केही उन्नत सुविधाहरू सदस्यता आधारमा उपलब्ध छन्। क्युक्यु सङ्गीतको समान, कलाकार र लेबलहरूले सामग्री भुक्तान गर्नेहरूलाई प्रतिबन्ध गर्न वा तिनीहरूको वेबसाइटमा तिनीहरूको साङ्गीतिक सङ्गालो खरीद गर्न योग्य छन् वा छैनन् भनेर छनौट गर्न सक्दछन्। [८] यो विधिको प्रयोग गर्ने कलाकारहरूमा टेलर स्विफ्टअरियाना ग्राण्डे पर्दछन्। यी खरीदहरूको साथ, प्रयोगकर्ताले सदस्यता खरिदको पर्वाह नगरी, उनीहरूको खरीदको गीतहरू प्रतिबन्ध बिना सुन्न र डाउनलोड गर्न सक्दछ।[९][१०]

खाता र सदस्यता सम्पादन गर्नुहोस्

नेटइज सङ्गीतले हाल तीन सदस्यता प्रकार प्रदान गर्दछ। सदस्यताहरू एप्पलको एप्प स्टोर मार्फत प्रशोधन गरिएको आइफोन भुक्तानको साथ, मोबाइल उपकरणबाट मात्र खरीद गर्न सकिन्छ।[११][१२]

विशेषता सम्पादन गर्नुहोस्

निजीकृत सिफारिश र व्यक्तिगत एफएम सम्पादन गर्नुहोस्

यसले प्रयोगकर्ताको सङ्गीत प्राथमिकता अनुसार सङ्गीत सिफारिश गर्न सेवा थप गरेको छ।

सङ्गीत सूची सम्पादन गर्नुहोस्

प्रत्येक सङ्गीत सूची प्रयोगकर्ताहरूद्वारा सृजना गरिन्छ जुन साङ्गीतिक सङ्गालो भन्दा फरक हुन्छ। यो कुनै पनि प्रयोगकर्ताहरूद्वारा अवलोकन गर्न सकिन्छ र प्रयोगकर्ताको सङ्गीत प्राथमिकता अनुसार सिफारिस गर्न सकिन्छ।

रेडियो सम्पादन गर्नुहोस्

यदि सङ्गीत, सेवाको सङ्गीत पुस्तकालयमा समावेश गरिएको छैन भने प्रयोगकर्ताहरूले आफ्नै रेडियोमा सङ्गीत उर्घ्वभरण गर्न सक्दछन्।

टिप्पणी सम्पादन गर्नुहोस्

सुक्ष्म ब्लगको जस्तै, प्रयोगकर्ताले कुनै पनि सङ्गीतमा १४० शब्दको स्वतन्त्रताका साथ टिप्पणी गर्न सक्दछन् जून चिनियाँ भाषामा मात्र उपलब्ध छ।

इतिहास सम्पादन गर्नुहोस्

२३ अप्रिल २०१३ मा, नेटइज सङ्गीतलाई नेटइजले सार्वजनिक गरेको थियो।[११][१२] मे २०१४ मा, सुशाङ्ख्य संस्करण र एचडि संस्करण आईप्याड अनुकूलित प्रकाशित भएको थियो। ३० अगष्ट २०१४ मा, विन्डोज फोन संस्करणको प्रकाशन गरिएको थियो।[१३] १४ जुलाई १०१४ मा, नेटइज सङ्गीतमा १०० मिलियन भन्दा बढी प्रयोगकर्ताहरू रहेका थिए र १२० मिलियन सङ्गीत टिप्पणीहरू र २०० मिलियन सङ्गीत साझेदारी गरिएका थिए। २५ मे २०१६ मा, पहिलो लिनक्स संस्करणको प्रकाशन गरिएको थियो।[१४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "网易云音乐", music.163.com, अन्तिम पहुँच २०१७-१०-२८ 
  2. 新京报新媒体 作者:杨畅 (२०१६-११-२२), "网易云音乐启动“石头计划” 投资2亿扶持独立音乐人", अन्तिम पहुँच २०१७-१२-३० 
  3. 阿盏, "网易云音乐", music.163.com, 网易云音乐, अन्तिम पहुँच २०१७-०८-२७, "让人无限怀念的经典,永远不会消失的旋律,童年的回忆怎么可以少了这些!萝卜片,老物比较多,燃向为主,并非全收op和ed,多是单主喜欢的歌,如果混有一些奇怪的东西=-=不要在意细节啦" 
  4. 娱乐资本论 (२०१६-१०-२६), "网易系口碑最好产品 云音乐原来是这么突围的", 快科技, मूलबाट २०१७-०९-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०९-११  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-१२ मिति
  5. "网易云音乐:3年用户增长2亿,爆棚的口碑才是最好的营销工具", 麦乐网, २०१६-१२-०१, अन्तिम पहुँच २०१७-०९-११  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०९-१३ मिति
  6. "网易云音乐再遭下架 情怀难过版权大山", techweb, २०१७-०९-११, अन्तिम पहुँच २०१७-०९-११  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०१-२८ मिति
  7. 云音乐小秘书 (२०१५-१०-१३), "新人必看!云音乐iPhone特色功能指南!", अन्तिम पहुँच २०१७-१२-३० 
  8. "网易云音乐为什么要主推短视频?", tech.ifeng.com, अन्तिम पहुँच २०१८-०५-२८ 
  9. 封面新闻 (२०१९-०६-२९), "传网易云音乐、喜马拉雅等音频类应用被下架,或因违反相关规定", finance.sina.com.cn, अन्तिम पहुँच २०१९-०६-२९ 
  10. 网易云音乐APP下架整改 वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-२५ मिति
  11. ११.० ११.१ 网易娱乐 (२०१७-०२-२७), "网易云音乐获日本最大娱乐集团独家音乐版权", 网易। 
  12. १२.० १२.१ 音乐先声, "网易云音乐得救了,是谁救了它?", 新浪专栏, अन्तिम पहुँच २०१७-०९-१४ 
  13. 凤凰新闻 (२०१८-०३-१६), "网易云音乐与全球独立音乐数字版权代理巨头Merlin达成战略合作", अन्तिम पहुँच २०१८-०५-२३ 
  14. 凤凰新闻 (२०१८-०५-०२), "网易云音乐与Big Hit 娱乐达成合作 BTS(防弹少年团)歌曲5月1日起全面上线", अन्तिम पहुँच २०१८-०५-२३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्