नित्या मेनन
नित्या मेनन[१] (जन्म: ८ अप्रिल १९९०[२]) एक भारतीय अभिनेत्री र पार्श्व गायिका हुन् जसले मुख्यतया तमिल, तेलुगु र मलयालम चलचित्रहरूमा काम गर्छिन्। उनले केही कन्नड चलचित्रहरूमा पनि अभिनय गरेकी छिन्। बहुमुखी प्रतिभा र सशक्त अभिनयका लागि प्रख्यात, मेननले एक राष्ट्रिय चलचित्र पुरस्कार, चार फिल्मफेयर पुरस्कार, दुई दक्षिण भारतीय अन्तर्राष्ट्रिय चलचित्र पुरस्कार, र दुई नन्दी पुरस्कारसहित धेरै पुरस्कार तथा सम्मान प्राप्त गरेकी छिन्।[३][४]
नित्या मेनन Nithya Menen | |
---|---|
जन्म | बेङ्गलोर, कर्नाटक, भारत | ८ अप्रिल १९९०
पेशा |
|
कार्यकाल |
|
प्रारम्भिक जीवन
सम्पादन गर्नुहोस्नित्या मेननको जन्म ८ अप्रिल १९९० मा बेंगलुरु, भारतमा मलयाली परिवारमा भएको थियो। उनको बुवा र आमा बेंगलुरुमा बसोबास गर्दै आएका थिए। नित्याले आफ्नो प्रारम्भिक शिक्षा पूर्णप्रज्ञा स्कूल र माउन्ट कर्मेल कलेज, बेंगलुरुबाट प्राप्त गरिन्। उनले सुरूमा पाइलट बन्ने इच्छा व्यक्त गरेकी थिइन्, तर पछि पाइलट पेशा मन नपरेपछि उनले चलचित्र निर्माणमा आफ्नो करियर बनाउने निर्णय गरिन्। विद्यालयको प्रवेश परीक्षा दिने क्रममा उनले बी. वी. नन्दिनी रेड्डीसँग भेट गरिन्, जसले उनलाई अभिनयमा लाग्न प्रेरित गरिन्। नित्या बहुभाषी हुन् र मलयालम, कन्नड, तेलुगु, तमिल, हिन्दी र अंग्रेजी गरी ६ भाषा बोल्न सक्छिन्। अभिनेत्रीले आफ्नो पासपोर्टका लागि मद्दत पुर्याउने उद्देश्यले "मेनन" थर अपनाएको बताएकी छन्। [५]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Nithya Menon Latest Photos", TFPC, १७ अप्रिल २०१५, मूलबाट १७ अप्रिल २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अप्रिल २०१५।
- ↑ "Nithya Menen Exclusive Interview BBC News Telugu)", YouTube, अन्तिम पहुँच २०२४-०५-२२।
- ↑ "'I'm not inclined towards commercial cinema'", Rediff, २० जनवरी २०११, मूलबाट २७ अप्रिल २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अप्रिल २०११।
- ↑ Narasimham, M. L. (२२ जुलाई २०१०), "Charm of romantic comedies", The Hindu (Chennai, India), मूलबाट १८ मे २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अप्रिल २०११।
- ↑ "Nithya Menen Biography: Age, Height, Husband, Career, Movies, and Personal Life", Hindu Wire, ४ नोभेम्बर २०२४, अन्तिम पहुँच ६ नोभेम्बर २०२४।