धोबिने औषधीय गुण भएको जंगली वनस्पति हो । यो वनस्पति बुट्यान वर्गमा पर्दछ । नेपालको पहाडी चिस्यानयुक्त भूभागमा पाइने यो वनस्पतिको बोट २ देखि ३ फिट अग्लो हुन्छ । जेठ-असारतिर फुल्ने यसको फूल सेतो पात जस्तै र बिचमा सुन्तला अथवा रातो रंगको हुन्छ । यसको पात हरियो, लाम्चो र केही चिप्लो हुन्छ । यसको जरा खैरो वा माटो रंगको हुन्छ जसको स्वाद गुलियो हुन्छ त्यसैले यसलाई अङ्ग्रेजीमा स्विट रूट (गुलियो जरा) भनिन्छ ।[१]

पाँचखालको वनमा पाइएको धोबिनेको फूल
धोबिनेको बोट

औषधीय गुण सम्पादन गर्नुहोस्

पित्त र गर्मीसम्बन्धी रोग, आमाशयको घाउ तथा खानामा अरूचिको उपचारका लागि जराको रस सेवन गरिन्छ । यसको जरालाई सुकाएर बनाइएको चूर्ण अत्याधिक पित्त, उच्च तनाव, टाउकोको गर्मी, अम्लपित्त र रक्तविकारको उपचारमा प्रयोग गरिन्छ । यसले कुनै नकारात्मक असर नगर्ने हुनाले दिनमा ५-७ पटक १/१ चम्चा खाने, समयसमयमा चुस्ने र काँढापानी पिउने गरिन्छ । यसको फूलबाट प्राप्तहुने केशर महारोगको उपचारमा प्रयोग गरिन्छ ।[१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ योगी, धर्म महारस (२०६९), आयुर्वेदिक जडीबुटी विज्ञान, कमलपोखरी: विद्यार्थी प्रकाशन प्रा.लि., पृ: पृष्ठ-१४५०, आइएसबिएन 978-99946-1-630-5 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्