धुलीकोट राज्य
धुलीकोट राज्य वर्तमान नेपालको अछाम, दैलेख, सुर्खेत, कैलाली तथा बर्दिया जिल्लाका बीचमा उत्तरमध्यकालमा एउटा बाइसी राज्य अस्तित्वमा आएको थियो । धुलीकोट राज्यको राजवंश दुल्लू, दैलेख राजवंशकै शाखा हो । दुल्लू राज्यको स्थापनाकाल वि.सं. १४५३ मा भएको हो । त्यहाँका पहिला राजा मनैवम्म हुन् । राजा मलैवम्मका जेठाछोरा ( रौतेला) सुमेरुवम्मले दुल्लू राज्य अंश (आँसो) पाए । कान्छा संसारवम्मले भने दैलेख । उनै संसारवम्मका छोराहरु श्रीवम्म र जितारी वम्म भए । ती कान्छा जितारी वम्मलाई धुलीकोटमा अंश दिंदा छुट्टै राज्य भयो ।
धुलीकोट नामकरणका आधारहरू
सम्पादन गर्नुहोस्धुलीकोटलाई डाँडादरा सुर्खेत र कैलाली बडाचौरबाट हेर्दा माल्चना-जूतेशुली-लामागडा-गैहीगाँउ-मे हेलडाँडा- धरको धूरी त्यसलाई धुरीकोट धन्दा भन्दा धुलीकोट भयो । धुलीकोटमा गर्मि महीनामा हुँवालो नलागी उज्यालो देखिने र त्यहाँ राजाको कोटघर हुनाले डोटेली अछामी भाषिकामा उज्यालोलाई धौल भनिने र कोट पनि हुँदा धौलकोट भयो अनि भन्दा भन्दा धुलीकोट भयो ।
चौकिल्ला
सम्पादन गर्नुहोस्धुलीकोट राज्य अन्तर्गत १२ गाउँ डाँडादरा (खण्ड), १२ वण्डाल। (कर्णाली नदीका दुवैतटवर्ति क्षेत्र) १२ मल्लवारा तथा ८ तप्पा (बर्दिया) पर्दथे । ती ८ तप्पाहरु निम्नानुसार हुन् । ।
- भौरा तप्पाका ११ गाउँ (राजापुर, नङ्गापुर, खरानीपुर, पातापहाड, भीम्पुर, खैरीचन्दनपुर, मनाउँ, पशुपतिनगर, मानपुर, टा, बॉशगढी) ।।
- पटुवातप्पा (सूर्यपटुवा, ठाकुरद्वार, भूरीगाउँ र मनुवाको । केही भाग) ।
- मडेरा तप्पा (शिवपुर, न्यौलापुर, बग्नाहा र ढोढरी) ।
- पदनाहातप्पा (पदनाहा, बनियाबाहाङ, धेदरवार र मगरानदी
- रजहटतप्पा (मोतीपुर, बेलवा, मम्मदपुर, मथुराहरद्वार र खैरापुर
- छितपकरियातप्पा (गुलरिया, मुस्मदपुरको आधा, मटेरिया र कोठिया)
- फेनातप्पा (मगरागढी र बँधवारका आधा आधा खण्ड)
- जहरतप्पा (मोतीपुर, बलेवा, डेउडाकला, मैनापोखर र जमुनी)
धुलीकोट राज्यको विस्तार पूर्वमा सिम्लेपानी, तेलपानी, दामोदराय पाखापानी, बॉसपानी, मुन्नामकाँडा र धनुवाँसे हुँदै डुड्वानदीसम्म । | अजपति राय थियो । त्यसैगरी दक्षिणतर्फ मथुराहरद्वारदेखि भारतका लखिमपुर बॉकविसौनी, बेतान, लगाम र बलाँता (अछाम) सम्म पसारिएको थियो ।
इतिहास
सम्पादन गर्नुहोस्धुलीकोट राज्यको स्थापनाकाल सम्बन्धमा स्पष्टसँग जानकारी पाइएको छैन । माथिकै प्रशंगवश यसको स्थापना बूढीबिस वर्ष पहिले भएको कुरा पुनः सम्झनु पर्ने देखिन्छ । सुदूरपश्चिमाञ्चलीय भाषिका अनुसार बूढीबिस शब्दले २०x२०= ४०० जनाउँछ । तसर्थ वि.सं. १९९०-४०=१५९० ताका धुलीकोट राज्यस्थापना भएको मानिएको छ । लगभग गण्डकी र कर्णाली प्रश्रवण क्षेत्रमा यही घडिमा भूरे राज्यहरूको स्थापना क्रमसँग मिल्दो हुनाले पनि बूढाहरूको करामा सहमति गर्ने ठाउँ रहेको छ । पछि प्राप्त प्रमाणले पठी नगर्दासम्म यही मानक राख्नुपर्ने स्थिति परेको छ।[१]
विलय
सम्पादन गर्नुहोस्नेपालको एकीकरण पूर्व धुलीकोट राज्यमा १६ वटा राजाहरुले राज्य गरेका थिए । राजा उजित रायका राज्यकालमा नेपाली सेना पश्चिमतर्फ बढीरहेको थियो । त्यसैबेला दैलेख, प्यूठान, दाङ, छिल्ली तथा धुलीकोट राज्यहरुले एकमत गरी नेपाली सेनाको मुकाविला गर्ने निर्णय गयो । जुम्लामाथि नेपालको अधिकार भएपछि नेपाली सेनाले दुल्लू तथा दैलेख विजय गर्न हिड्यो । दुल्लूका राजा उत्तम शाही थिए भने दैलेखमा कर्णशाही ।'' दैलेखको विलाशपुरमा ठूलो युद्ध भयो र दैलेखी राजा कर्णशाहीले भागेर ज्यान बचाए । त्यसपछि नेपाली सेना तिर बढ्यो । दुल्लूका राजा उत्तमशाही सहित सारा जनता घर छोडी वनमा लुक्न गए । नेपाली सेनासँग आत्मसमर्पण गरेपनि कुनै हानि नहुने कुरा नेपाली सेनानायकले प्रचार गर्न थाले । त्यसपछि त्यस भेकका मानिस नेपाली सेनासामु आए ।त्यहाँका राजा उत्तिम शाहीले नेपाली सेनालाई सहयोग गर्ने वचनबद्धता देखाई आश्रित सन्धि गरे । वि. सं. १८४६ कार्तिक२१ गते दुल्लू नेपालको अधिनमा आयो । दुल्लू र दैलेखमा नेपालको अधिकार हुनुपूर्व सुरखेत तिर नेपाली सेना बढ्यो । सुरखेतमा दैलेख र धुलीकोटको संयुक्त सेनाले नेपाली सेनाको मुकाविला गयो । कालु पाण्डेको नेतृत्वमा गएको त्यो सेनाले वाइसीको संयुक्त सेनालाई सुरखेतमा पराजीत गयो । धुलीकोट राज्य अन्तर्गत सुरखेत परेकोले धुलीकोट नेपालसँग त्यही पराजीत भएका कारणबाट नेपालमा मिल्न गयो । वि.सं. १८४६ असोजमा धुलीकोट राज्य नेपालमा विलय भएको थियो । [२] धुलीकोटमाथि नेपाल सरकारको अधिकार भएपछि त्यहाँका राजा भारतको भजनी भन्ने ठाउँमा गएर बस्न थाले ।[३]
राजाको वंश
सम्पादन गर्नुहोस्- वंश : चन्द्रवंशी
- गोत्र :कश्यप गोत्र
राजाको वंशावली
सम्पादन गर्नुहोस्धुलीकोट राज्यको राजवंश दुल्लू, दैलेख राजवंशकै शाखा हो ।दुल्लू राज्यको स्थापनाकाल वि.सं. १४५३ मा भएको हो ।त्यहाँका पहिला राजा मनैवम्म हुन् । राजा मलैवम्मका जेठाछोरा ( रौतेला) सुमेरुवम्मले दुल्लू राज्य अंश (आँसो) पाए ।कान्छा संसार वम्मले भने दैलेख । उनै संसारवम्मका छोराहरु श्रीवम्म र जितारी वम्म भए । ती कान्छा जितारी वम्मलाईधुलीकोटमा अंश दिंदा छुट्टै राज्य भयो । तर जितारीवम्म दैलेखमै बसेका हुँदा उनका छोरा प्रभात रायलाई सर्वप्रथम धुलीकोट पठाइयो । त्यसैले उनलाई (राया =राजा) राजा भनियो । त्यसपछि नेपालको एकीकरणसम्मको वंशावली यसप्रकार छ ।"
राजा | अनुमानित | ||
---|---|---|---|
१ | प्रभात राय | (१५९० वि. सं. ) | धुलीकोट राज्य स्थापना गर्ने |
२ | दामोदर राय | ||
३ | धर्मराय | ||
४ | अजपति राय | ||
५ | गजपति राय | ||
६ | जजुपति राय | ||
७ | भूपति राय | ||
८ | नरपति राय | ||
९ | कर्णपति राय | ||
१० | शिउमल राय | ||
११ | भीउमल राय | ||
१२ | देवसिंह राय | ||
१३ | दलजीत राय | ||
१४ | सुर्ति राय | ||
१५ | कुशल राय | ||
१६ | उजित राय | वि.सं. १८४६ |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ धुलीकोट राज्यको ऐतिहासिक सर्वेक्षण:राजाराम सुवेदी
- ↑ धुलीकोटे राजगुरु सन्तति सांसद श्री शिवराज जोशीगुटुबाट प्राप्त जानकारी ।
- ↑ राजाराम सुवेदी, प्रा. डा. (२००४ जुन), "धुलीकोट राज्यको ऐतिहासिक सर्वेक्षण", Ancient Nepal 155: 19।