दोधारा चाँदनी पुल
दोधारा चाँदनी पुल, सामान्यतया महाकाली पुलको रूपमा पनि परिचित, पैदल यात्रीहरूको लागि निर्माण गरिएको एक झोलुङ्गे पुल हो। यो पुल एसियाकै लामो मानिन्छ।[१] यो पुल महाकाली नदी माथि निर्माण गरिएको छ। यसको लम्बाइ १४५२.५ मिटर रहेको छ। [२]
दोधारा चाँदनी पुल | |
---|---|
पार गर्ने | महाकाली नदी कञ्चनपुर जिल्ला, नेपाल |
डिजाइन | नेपाली इन्जिनियर, नेपाल |
जम्मा लम्बाई | १४५२.९६ मिटर |
चौडाई | १.६ मिटर |
लामो स्पान | २२५.४० मिटर |
खोलिएको | सन् २००५ |
निर्देशांक | २८°५५′२१.५२″उ॰ ८०°६′३०.०८″पू॰ / २८.९२२६४४४°N ८०.१०८३५५६°Eनिर्देशाङ्कहरू: २८°५५′२१.५२″उ॰ ८०°६′३०.०८″पू॰ / २८.९२२६४४४°N ८०.१०८३५५६°E |
अवस्थिति
सम्पादन गर्नुहोस्नेपालको सबैभन्दा लामो झोलुङ्गे पैदल यात्री पुलहरू मध्ये एक यो पुल नेपालको सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा अवस्थित छ। यसले कञ्चनपुर जिल्लाको महाकाली नदीले छुट्याएको दोधारा र चाँदनी गाउँलाई जोड्दछ। यसले नदीले कटान गरेको भारत–नेपाल सीमा नजिकको नेपाली भूभागलाई जोडेको छ।
यो पुल भीमदत्त नगरपालिकादेखि करिब १२ किलोमिटर दक्षिणपश्चिम, महाकाली बाँधभन्दा ८ किलोमिटर तल र भारतीय सीमाभन्दा ५.५ किलोमिटर दक्षिण र तल रहेको छ। दक्षिण करिब ११.४ किलोमिटर टाढा भारतीय सीमा रहेको छ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "दोधारा चाँदनी झोलुङ्गे पुल", प्रशासन, अन्तिम पहुँच अगस्ट १३, २०१४।
- ↑ "दोधारा चाँदनी: उहिले विकट, अहिले समृद्ध", शिलापत्र।
विकिमिडिया कमन्समा दोधारा चाँदनी पुल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- [१] दोधारा चाँदनी पुल
- महाकाली पुल