देवहाटा (बङ्गाली: দেবহাটা) बङ्गलादेशको सातखीरा जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ।[]

देवहाट
দেবহাটা
देवहाट is located in बङ्गलादेश
देवहाट
देवहाट
बाङ्लादेशको नक्शामा देवहाट उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २२°३४′उ॰ ८८°५८′पू॰ / २२.५६७°N ८८.९६७°E / 22.567; 88.967निर्देशाङ्कहरू: २२°३४′उ॰ ८८°५८′पू॰ / २२.५६७°N ८८.९६७°E / 22.567; 88.967
देश बङ्गलादेश
विभागखुलना विभाग
जिल्लासातखीरा जिल्ला
क्षेत्रफल
 • जम्मा१७६.३३ किमी (६८.०८ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा१२५,३५८[]
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटदेवहाट उपजिल्लाको आधिकारिक नक्शा

देवहाटा उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २२°३१' देखि २२°४०' उत्तर अक्षांश र ८८°५५' देखि ८९°०१' पूर्वी देशान्तरणमा अवस्थित छ। देवहाटा उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १७६.३३ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई सातखीरा सदर उपजिल्लाले दक्षिण, कालीगञ्ज उपजिल्लाले दक्षिण, आशाशुनीसातखीरा सदर उपजिल्लाले पूर्व र भारतको पश्चिम बङ्गाल राज्यले उपजिल्लाले पश्चिमबाट घेरेको छ। इछामति, खोलपेटुया, सापमारा खाल, लावण्यबती खाल आदि यस उपजिल्लाका नदी तथा नहरहरू हुन्।[]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने अप्रिल १९७१ का दिन पाकिस्तानी सेनाले खुलनाको दाकोप, बटियाघाटा, सातखीराको बडदल, ब्याङ्दह र आशाशुनी जस्ता स्थानहरूबाट भागेर यस उपजिल्लामा आएका लगभग ३०० भन्दा बढी आप्रवासीहरूलाई पाकिस्तानी सेनाले सामूहिक हत्या गरेका थिए। २२ अप्रिलमा पाकिस्तानी सेनाले परुलियाका गाउँलेहरूमा माथि गोली चलाएका थिए। ६ जुन १९७१ का दिन पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच यस उवजिल्लाको श्रीपुरमा प्रत्यक्ष गोली हानाहान तथा युद्ध भएको थियो जहाँ तीन बङ्गलादेशी लडाकुको मृत्यु भएको थियो। १५ अगष्ट १९७१ का दिन पाकिस्तानी सेनाले बारम्बार प्रयोग गर्दै आएको सापमारा नहरको एक पुललाई बङ्गलादेशी लडाकुले ध्वस्त पारिदिएका थिए। अक्टोबर १९७१ का दिन बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकुले कमरपुरमा रहेको पाकिस्तानी सेनाको एक सैनिक किल्लामा आक्रमण गरेका थिए जहाँ कुलिया गाउँका एक लडाकु गोलजार हुसइनक‍ मृत्यु भएको थियो भने दर्जनौँ पाकिस्तानी सेनाको पनि मृत्यु भएको थियो। २१ नोभेम्बर १९७१ का दिन बङ्गलादेशी लडाकुले पाकिस्तानी सेनाको सैनिक किल्लाको कुलिया पुलमा आक्रमण गरेका थिए जहाँ ९ लडाकुको मृत्यु भएको थियो।

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या ११८९४४ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ६१३१५ छ भने महिलाको जनसङ्ख्या ५७६२९ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ९२३२८ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २६५४९, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ४८, इसाई धर्मवलम्बीको जनसङ्ख्या १३ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ६ रहेको छ।[] यस उपजिल्लामा १५० मस्जिद र ८८ मन्दिरहरू रहेका छन्। यस उपजिल्लाका ९५.६२% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने १.३३% ले पोखरी, २.४७% ले टुटी र ०.५८% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये १२% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन।[]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, तोरी, आलु, प्याज लगायत अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, कटहर, भुइँकटर, नरिवल, अम्बा, केरा, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया झिङे माछा, पानको पात, आलुबखडा, आलु लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको जुट र खैनी पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा १६ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ११ दुग्ध सङ्कलन केन्द्र तथा ५० कुखुरापालन केन्द्रहरू रहेका छन्।


यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५३.७२% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ५.१८%, वाणिज्यमा २४.४०%, सञ्चार र यातायातमा ३.६६%, उद्योगमा १.०८% निर्माण क्षेत्रमा १.१९%, सुविधामा ४.८३%, धार्मिक सेवामा ०.३२%, वैदेशिक रोजगारी तथा भाडामा ०.३१% र अन्यमा ५.३१% रहेका छन्।

प्रशासकीय देवहाटा थानाको (हाल उपजिल्ला) स्थापना सन् १९१९ मा भएको थियो। हाल यस उपजिल्लामा ५ सङ्घ परिषद्, ५९ मौजा/महल्ला र १२२ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू प्रकार छन्; कुलिया सङ्घ परिषद्, पारुलिया सङ्घ परिषद्, सखिपुर सङ्घ परिषद्, नवापाडा सङ्घ परिषद् र देवहाटा सङ्घ परिषद्।

यस जिल्लाको कुल साक्षरता दर ४९.९४% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५५.६४% छ भने महिलाको साक्षरता दर ४३.८७%रहेको छ। यस उपजिल्लामा ४ क्याम्पस, १५ माध्यमिक विद्यालय, ५६ प्राथमिक विद्यालय, २ सामुदायिक विद्यालय र ११ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; खान बाहादुर आहछानउल्लाह क्याम्पस (सन् १९८५), हाजी केयामउद्दीन स्मारक महिला क्याम्पस (सन् १९९६), देवहाटा क्याम्पस (सन् २०००), इछामति प्राविधिक शिक्षण संस्था (सन् २००४), टाउन श्रीपुर शरत्तचन्द्र उच्च विद्यालय (सन् १९१६), पारुलिया एमएस उच्च विद्यालय (सन् १९७६), देवहाटा बिबिएमपी शिक्षण संस्था (सन् १९१९), बहेरा एटि माध्यमिक विद्यालय (सन् १९२७) आदि।

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (২৫ ফেব্রুয়ারী ২০১৫), "এক নজরে দেবহাটা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, मूलबाट ২৪ অক্টোবর ২০১৩-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-२४ मिति
  2. "देवहाट उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি, सन् २०१२। 
  3. "Debhata Upazila", Banglapedia, अन्तिम पहुँच २२ मार्च २०१६ 
  4. "Bangladesh Population and Housing Census 2011: Zila Report – Satkhira", Table P01 : Household and Population by Sex and Residence, Table P05 : Population by Religion, Age group and Residence, Table P09 : Literacy of Population 7 Years & Above by Religion, Sex and Residence, Bangladesh Bureau of Statistics (BBS), Ministry of Planning, Government of the People’s Republic of Bangladesh, अन्तिम पहुँच १७ डिसेम्बर २०१८  वेब्याक मेसिन अभिलेखिकरण १८ डिसेम्बर २०१८ मिति
  5. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्