आशाशुनी उपजिल्ला
आशाशुनी (बङ्गाली: আশাশুনি) बङ्गलादेशको सातखीरा जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ।
आशाशुनी
আশাশুনি | |
---|---|
निर्देशाङ्क: २२°३३′उ॰ ८९°१०.०८६′पू॰ / २२.५५०°N ८९.१६८१००°Eनिर्देशाङ्कहरू: २२°३३′उ॰ ८९°१०.०८६′पू॰ / २२.५५०°N ८९.१६८१००°E | |
देश | बङ्गलादेश |
विभाग | खुलना विभाग |
जिल्ला | सातखीरा जिल्ला |
क्षेत्रफल | |
• जम्मा | ४०२.३६ किमी२ (१५५.३५ वर्ग माइल) |
जनसङ्ख्या (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार[१]) | |
• जम्मा | २६८,७५४ |
• घनत्व | ६७०/किमी२ (१७००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी मानक समय) |
वेबसाइट | आशाशुनी उपजिल्लाको आधिकारिक नक्शा |
भूगोल
सम्पादन गर्नुहोस्आशाशुनी उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २२°२१' देखि २२°४०' उत्तर अक्षांश र ८९°०३' देखि ८९°१७' पूर्वी देशान्तरणमा अवस्थित छ। आशाशुनी उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४०२.३६ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई सातखीरा सदर र ताला उपजिल्लाले दक्षिण, श्यामनगर उपजिल्लाले दक्षिण, कयरा र पाइकगाछा उपजिल्लाले पूर्व, कालीगञ्ज र देबहाट उपजिल्लाले पश्चिमबाट घेरेको छ। कपोताक्ष, बेतना, खोलपेटुया, पुइनजाला खाली, चिउती आदि यस उपजिल्लाका नदी तथा नहरहरू हुन्।
इतिहास
सम्पादन गर्नुहोस्बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने १४ अगष्ट १९७१ का दिन बङ्गलादेशक मुक्तिका लागि लडिरहेका लडाकुले मङ्ला बन्दरगाहमा पाकिस्तानी सेनाको हातहतियार सहित भरिएको पानी जहाजलाई ध्वस्त पारिदिएका थिए। १५ अगष्ट १९७१ का दिन बुधहाटममा राजाकारसँगको प्रत्यक्ष गोली हानाहानमा बङ्गलादेशी लडाकुहरू इमददुल हक, मुजिबर रहमान, खलिल र इमान बरीको मृत्यु भएको थियो भने १५ लडाकुहरू घाइते भएका थिए। १६ अगष्टका दिन खोलपिटुवा नदिमा ३ बङ्गलादेशी लडाकुको मृत्यु भएको थियो। १७ सेप्टेम्बर १९७१ का दिन यस उपजिल्लाको गोलदङ्गामा राजाकार र बङ्गलादेशी लडाकु बीचको युद्धमा केही राजाकार सहित बङ्गलादेशी लडाकु मानारञ्जनको मृत्यु भएको थियो भने बङ्गलादेशी लडाकु र राजाकार बीच युद्ध राजाकारको सैनिक किल्लामा चापारामा भएको थियो जहाँ केही बङ्गलादेशी लडाकुहरू घाइते भएका थिए।
जनशाङ्खिकि
सम्पादन गर्नुहोस्जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २४९२४४ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १२६३९९ छ भने महिलाको जनसङ्ख्या १२२८४५ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १७७१९९ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ७०४८३, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या १२९८, इसाई धर्मवलम्बीको जनसङ्ख्या १३३ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १३१ रहेको छ। यस उपजिल्लामा मुण्डा, चाँडाल र पोद आदिवासीजनजातिहरू बसोबास गर्छन्।[२] यस उपजिल्लामा २०० मस्जिद, ७४ मन्दिर, १ चिहानहरू रहेका छन्। बुधहाटा जामे मस्जिद, बडदल गिर्जाघर, शाह आबदुल आजिजको चिहान आदि यस उपजिल्लाका केही उत्कृष्ट धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ८१.८४% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने १३.५६% ले पोखरी, १.०३% ले टुटी र ३.५७% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस जिल्लाका पानीका धाराहरूमा अत्याधिक मात्रामा आर्सनिकको मात्रा रहेको छ। सन् २००१ मा गरिएको एक अनुसन्धानले यस उपजिल्लाका पानीका धाराहरूमा अौषत १३३ माइक्रोग्राम आर्सनिक पाइएको थियो तर यहाँका ६७% पानीका धाराहरूमा मात्र आर्सनिकको मात्रा १५० माइक्रोग्राम रहेको छ। यस उपजिल्लाको कुल घरहरू मध्ये १४.६९% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ उपजिल्ला स्वस्थ्य संस्था, १ ग्रामीण स्वस्थ्य संस्था र ७ परिवार नियोजन केन्द्रहरू रहेका छन्।[३] सन् १७७०, १८८६, १८९८, १९२१, १९४३ र १९७४ मा यस क्षेत्रका विभिन्न स्थानहरूमा अनिकाल लागेको थियो जसका कारण यस उपजिल्लाका हजारौँ मानिसहरूको मृत्यु भएको थियो। सन् १९८८ नोभेम्बर २ का दिन आएको आँधीले यस उपजिल्लामा थुप्रै घर, भवन तथा बालिनालिमा ठूलो मात्रमा क्षति पुर्याएको थियो भने हजारौं मानिसहरू विस्थापित भएका थिए।
अर्थतन्त्र
सम्पादन गर्नुहोस्यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, जुट, तोरी, आलु, प्याज लगायत अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, कटहर, भुइँकटर, आलुबखडा, अम्बा, केरा, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया झिङे माछा, पानको पात, आलुबखडा, आलु लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको आलको तेल, तील, मुङ्दाल र सखरखण्ड पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा केही हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्दै आएका छन्। यस उपजिल्लामा थुप्रै माछापालन केन्द्र, दुग्ध सङ्कलन केन्द्र, कुखुरापालन केन्द्रहरू रहेका छन्।
यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६३.११% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ५.१२%, वाणिज्यमा १६.९८%, सञ्चार र यातायातमा १.७४%, उद्योगमा ०.९६% निर्माण क्षेत्रमा ०.६२%, सुविधामा ३.५६%, धार्मिक सेवामा ०.१४%, वैदेशिक रोजगारी तथा भाडामा ०.१४% र अन्यमा ६.५३% रहेका छन्।
प्रशासन
सम्पादन गर्नुहोस्प्रशासकीय आशाशुनी थानाको स्थापना सन् १८९१ मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा ११ सङ्घ परिषद्, १४३ मौजा/महल्ला र २४२ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू प्रकार छन्; प्रतापनगर सङ्घ परिषद्, आनुलिया सङ्घ परिषद्, खाजरा सङ्घ परिषद्, बडदल सङ्घ परिषद्, कुल्या सङ्घ परिषद्, बुधहाटा सङ्घ परिषद्, श्रीउला सङ्घ परिषद्, कादाकाटि सङ्घ परिषद्, दरगापुर सङ्घ परिषद्, शोभनाली सङ्घ परिषद् र आशाशुनी सङ्घ परिषद्। [४]
शिक्षा
सम्पादन गर्नुहोस्यस जिल्लाको कुल साक्षरता दर ४०.३०% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४७.९७% छ भने महिलाको साक्षरता दर ३२.५१%रहेको छ। यस उपजिल्लामा २ क्याम्पस, ३४ माध्यमिक विद्यालय, १४८ प्राथमिक विद्यालय, ७ सामुदायिक विद्यालय, ३० गैरसरकारी शिक्षण संस्था र १९ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; श्रीउला माध्यमिक विद्यालय (सन् १८८१), बधुहाटम बिबिएस उच्च विद्यालय (सन् १९२५), आशाशुरी माध्यमिक विद्यालय (सन् १९४०), प्रतापनगर एबिएस फाजिल मदरसा (सन् १९५२), आशाशुनी क्याम्पस (सन् १९६९) आदि।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (২৫ ফেব্রুয়ারী ২০১৫), "এক নজরে আশাশুনি", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, मूलबाट ৯ মার্চ ২০১৪-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०३-०९ मिति
- ↑ "Bangladesh Population and Housing Census 2011: Zila Report – Satkhira", Table P01 : Household and Population by Sex and Residence, Table P05 : Population by Religion, Age group and Residence, Table P09 : Literacy of Population 7 Years & Above by Religion, Sex and Residence, Bangladesh Bureau of Statistics (BBS), Ministry of Planning, Government of the People’s Republic of Bangladesh, अन्तिम पहुँच १७ डिसेम्बर २०१८। वेब्याक मेसिन अभिलेखिकरण १८ डिसेम्बर २०१८ मिति
- ↑ "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच १० नोभेम्बर २००६।
- ↑ "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য।